नारी सशक्तिकरण भन्ने बित्तिकै नारीहरूलार्इ हरेक तवर मानसिक,अार्थिक,शैक्षिक,शारीरिक र्इत्यादि रूपमा सशक्त बनाउनु हाे । वास्तवमा विश्वमा सृष्टि भएका मानव ‘नारी’ वा ‘पुरूष’ दुवैकाे अस्तित्व समान छ तर के साँच्चिकै संसारका सम्पूर्ण राष्ट्रहरूमा नारी र पुरूष बीच समानताकाे विकास भइसकेकाे छ त? भाव विकास भएपनि व्यवहारमा लागु भइसकेकाे छ त? याे विश्वमा पुरूषलार्इ जुन दृष्टिकाेणले हेर्ने गरिन्छ,नारीलार्इ पनि त्यही दृष्टिकाेणले हेरिन्छ त? हामीले यसकाे विश्लेषणकाे लागि धेरै परकाे उदाहरण खाेज्नु पर्दैन, हाम्रै देश नेपाल र छिमेकी राष्ट्र भारतमा नारीहरूप्रति भएकाे विभेद र दमन देख्न सक्छाैँ । विश्वमा त्यस्ता थुप्रै राष्ट्रहरू छन्,जहाँ नारी र पुरूषलार्इ एउटै दर्जामा सिर्फ नाराहरूमा मात्रै सिमित राखिएका छन् ।
नेपाल र भारतकाे सन्दर्भमा कुरा गर्ने हाे भने नेपालका ८०% अहिन्दु मुलवासी मंगाेलहरू अल्पसंख्यक २०% हिन्दु अार्यहरूबाट र भारतका ८५% अहिन्दु मुलवासीहरू अल्पसंख्यक १५% हिन्दु अार्यहरूबाट शताब्दीअाैँ देखि शासित भइरहेका छन् । यसरी मानवहरूबीचमा समानता, स्वतन्त्रता र भातृत्व नभएका मुलुकहरूमा नारी र पुरूषबीचमा समानताकाे कुरा परकाे भएकाे छ तर ‘अाकाशकाे फल अाँखा तरी मर’ भने भएकाे छैन किनभने याे एक्काइसाैँ शताब्दी विज्ञान र प्रविधिकाे युग हाे साथै मंगाेल मुक्तिकाे शताब्दी हाे र मंगाेल युवा,युवतीहरू ब्युँझिसकेका छन्, समान अस्तित्व र अधिकारका अावाज बुलन्द पार्दै क्रान्तिकारी वैचारिक लडार्इँमा सशक्त भएर पाइलाहरू लम्काइसकेका छन् । अब नारी र पुरूषबीचमा मात्रै नभएर याे मुलुकका प्रत्येक मानवहरूमा समान दर्जामा रहने छन् । विशेष गरी नारीहरूलार्इ कम्जाेर ठान्ने र विभेदपुर्ण नितीकाे निर्माण गरेर व्यवहारमा नै भेद नीति लागु गर्ने हिन्दुवादकाे जरा लामाे समयसम्म बाँच्न सक्दैन र सदाका लागि जरा उखेलिनेछ । के लाग्छ स्वस्थानी ब्रत कथामा ८० वर्षकाे वृद्ध र ७ वर्षे बालिकाकाे विवाहके समाजमा राम्राे सन्देश देला त? के यस्तै कथाले बाल विवाह देखि लिएर एउटा बालिकालार्इ बलात्कार गर्न कुनै पुरूषलार्इ प्रसय दिन्न भन्न सकिन्छ त? यस्ता कथाहरूले केवल नारीहरूलार्इ अाफ्नाे व्यक्तित्व विकास गर्न विविध पक्षहरूबाट वञ्चित गरेर केवल सन्तान उत्पादन गर्ने उपकरण र चुलाे चाैकामा सिमित राख्ने खालकाे विचारलार्इ प्रशय दिएकाे हुन्छ । त्यसैगरी त्यस्ता थुप्रै हिन्दु ग्रन्थहरू छन् जहाँ नारीहरूलार्इ दमन गरिराखिने संस्कारलार्इ प्राथमिकता दिइएकाे पाइन्छ । नेपालमा नारी सशक्तिकरणसम्बन्धी शिक्षा पाठ्यक्रममा समावेश गरेपनि, कयाैँ कार्यक्रमहरूकाे अायाेजना गरिएतापनि र अनेकाैँ नियम,कानुनहरूकाे निर्माण भएतापनि समाजमा व्यवहारिक रूपमा लागु भएकाे पाइँदैन किन कि शताब्दीअाैँदेखि जरा गाडेर बसेकाे हिन्दुवाद र बाहुनवादकाे संस्कारले मानिसहरू अत्यन्तै ग्रसित छन् । हिन्दुअनुसार सृष्टिकर्ता मानिने ब्रह्माले अाफ्नै छाेरीलार्इ बलात्कार गरेर स्वास्नी बनाएर पुज्न सिकाएकाे कुरा सम्पुर्णलार्इ अवगत भएकै कुरा हाे । यसरी हिन्दुवादमा त्यस्ताे संस्कार छ जहाँ मान्छेलार्इ मुत ढुङ्गालार्इ दुध खुवाइन्छ । यहाँ एउटी नारी घरकी अामालार्इ वृद्ध अाश्रममा लगेर फ्याँकिन्छ तर हिन्दुहरूकाे अामा भनेर गार्इलार्इ पुज्ने गर्दछ । यहाँबाट घाम जतिकै छर्लङ्ग हुन्छ कि जबसम्म नेपालमा हिन्दुवादी र मनुवादी शिक्षाले प्राथमिकता पाउने गर्दछ ,मानव भएरै पनि याे देशका ८०% अहिन्दु मुलवासी मंगाेल र नारीहरू पशुकै दर्जामा रहनेछन् । राष्ट्रकाे प्रमुख पदमा नारी नै हुँदा पनि देशमा नारी हिंसा,हत्या र बलत्कार जस्ता दुष्कर्महरू न त हटे न त ती कार्यहरू विरूद्ध निर्माण भएका निती तथा नियमहरू नै कार्यन्वयन नै भएर अपराधीहरू कारबाहीमा परेका छन् । यसरी अपराधीहरूलार्इ कारबाही नभएकै कारण उनीहरू यस्ता गतिविधिमा झन् सक्रिय भएकाे देखिन्छ । याे देशमा असली लाेकतन्त्र संस्थागत नभएकाे कारणले पनि समानता, स्वतन्त्रता र भातृत्वकाे स्थापना हुन सकेकाे छैन र ‘नारी र पुरूषबीचमा समानता’ नारामा मात्रै छ । यसकाे लागि याे देशका क, ख, ग इत्यादि जे जे नाम गरेका राजनैतिक दलहरू तथा अन्य संस्थाहरू भएतापनि कुनै खालकाे परिवर्तन र कार्यन्वयन हुन सक्दैन । किनभने याे देशमा असली लाेकतन्त्रकाे हिमायती भनेकाे मंगाेल नेशनल अर्गनाइजेशन मात्रै हाे र अन्य सबै दलहरू काेही लाेकतन्त्र बचाएजस्तै र काेही लाेकतन्त्र खत्तम पार्न लागि पार्न कसिने नाटक गर्ने मात्रै हुन् । ती बाहुन टाउकामा भएका सबै पार्टीहरू कदापि लाेकतन्त्रकाे असली पक्षधर हुनै सक्दैनन् । उनीहरू केवल खाेक्राे राष्ट्रवादकाे नारा लगाएर लाेकतन्त्रलार्इ सिध्याउन लागिपर्ने झुण्डहरू हुन् ।तर मंगाेल नेशनल अर्गनाइजेशनले याे देशका समस्त नागरिकहरूकाे समान हक, अधिकार र अस्तित्वकाे लागि वैचारिक लडार्इँ लड्दै अाएकाे छ । मंगाेल नेशनल अर्गनाइजेशनले हिन्दुवाद र बाहुनवादलार्इ समाजबाट निर्मुल पारेर नारी र पुरूष दुवैलार्इ समान रूपमा राजनैतिक हिसाबले चेतनशील बनार्इ अगाडि बढाउँदछ ।
तसर्थ परम्परागत हिन्दुवादी, रूढीवादी साेँचलार्इ मस्तिष्कबाट हटाएर नारीहरूलार्इ संवेगात्मक, शारीरिक, अार्थिक, शैक्षिक रूपमा सबल बनाउनकाे लागि खाेक्राे भाषण हैन व्यवहारमा नै समानताकाे सिद्धान्त लागु गर्नुपर्छ नत्र भने नेपालमा नारी दिवस भनेर हर्ष उल्लास मनाउनुकाे कुनै अाैचित्य नै छैन जब कि नारी र पुरूष बीच अझै समाजले अाकाश र पातालकाे भिन्नता गरि नै राख्दछ । नारी वास्तवमा कमजाेर हैन, नारीलार्इ कमजाेर दख्ने रूढीवादी समाजले गर्दा कयाैँ नारीले अाफुलार्इ साँच्चि नै असक्षम र कमजाेर ठान्ने गर्छन् र सधैँ पुरूष प्रधान समाजमा एउटा निश्चित दायरा भित्र नै बस्न बाध्य छन् । प्राकृतिक रूपमा हुने रजस्वालालार्इ लिएर पनि यहाँ नारीलार्इ अछुत बनाएर छाउपडी राख्ने चलनले कति नारीहरू काेही बलात्कारी त काेही जंगली जनावरहरूकाे सिकार भएर अकालमा नै ज्यान गुमाउन बाध्य छन् । याे सबै हिन्दुवादी परम्पराकाे पराकाष्ठा हाे किनभने हिन्दुवादअनुसार नै रजस्वाला भएकी नारीले पुजाअाजा हुँदा भान्सा, चुलामा र पुजाअाजामा छाेइ छिताे नचल्ने चलन छ । यसकारण नारीलार्इ दुर्बल हाेइन पुरूष समान सक्षम र सबल ठानाैँ । नारी र पुरूषलार्इ एउटै तराजुमा राखेर हेराैँ किनभने नारी र पुरूष एक रथका दुर्इ पाङ्ग्रा हुन् । देश विकास र अामुल परिवर्तनकाे लागि नारी र पुरूषकाे बराबर भूमिका हुन्छ । यसकारण नारी सशक्तिकरणप्रति ध्यान पुर्याअाैँ र अाजैबाट नारी,पुरूष बराबरी भन्ने कथनलार्इ व्यवहारमा उताराैँ ।