आफ्नो अस्तित्वबोध गर्ने शब्द उच्चारण गर्दा धमनीमा रगत उम्लनु पर्छ, शिर उच्च र छाती चाक्लो पारेर गौरवान्वित महशुस भएको हुनुपर्छ । मनमस्तिष्कमा प्रतिध्वनित भएर उच्च मनोविज्ञान स्थापित भएको हुनुपर्छ तब आफ्नो वास्तविक क्षमता अंकुरण र प्रस्फुटन हुन पाउछ ।बडो श्रृङ्गारिएको , मिठो भाषा र लवजमा चतुर्याइँपुर्बक देशै नभएको फिरङ्गे जमात बनाउदा पनि सहर्ष स्विकार्नु बिडम्बना मात्रै होइन आगामी पुस्तामाथिको ठुलो घात हो भन्ने कुरा हाम्रो अचेत बुद्धिले कहिल्यै ठम्याउनै सकेन । आदिवासी ,कविलाजाती, जंगली अवस्थामा रहेका, खनिखोस्रीखाने, असभ्य जनजाति, घुमन्ते, फिरन्ते, कमारा, खेतालाको रुपमा परिचित गराएको पनि अत्तोपत्तो छैन । हसिलो अनुहारले रसिलोपारामा शब्दजालमा फसाइएको चालै पाइएन । छुट्टै धर्म,भाषा, संस्कार ,संस्कृति ,रितितिथी,चालचलन ,परमपरा,भेषभुसा ,राज्यसत्तामा पहुँच नभएका भनी परिभाषित गर्दै दोस्रो दर्जाको नागरिक बनाइएको पनि थाहा भएन। त्यही अँाखाले आज हामीलाई अल्पसंख्यक देख्छ, गालिको भाषालाई पनि सहर्ष स्विकार्नु पर्ने जाधुमय शब्दजाल बिच्छयाउछ। त्यही अल्झन र बल्झनको बन्दनबाट उन्मुक्ति पाउने र आफ्नो शक्तिको रहस्योद्घाटन गरि शासक बन्ने हुटहुटिलाई जागृत गराउने महाअभियान हो मंगोल मुक्तिको अभियान । मालिक थियौं र इतिहासको त्यो पानालाई पुनर्जागरण गर्छौं भनेर सन्देश प्रबाह गर्ने शब्द हो "मुलबासी " जसको उच्चारणमा शत्रुको मुटु थर्कमान हुन्छ । त्यसलाई बुझ्ने सामर्थ्य नहुनेहरु शब्दमा नअल्झौं भनेर हामीलाई सुगा रटाइ गर्ने भनेर खिसी गर्दैछन् । आदिवासी शब्दमा त्यति वजन छैन जति मूलबासीमा छ त्यसको सुइँको हिन्दु आर्य बुद्धिजीविहरुले पहिल्यै थाहा पाएका छन् तर हाम्राहरु नाक फुलाउदै हामीलाई नै पाठ पढाउन खोज्छन् ।
आदिवासी शब्दमा त्यति वजन छैन जति मूलबासीमा छ त्यसको सुइँको हिन्दु आर्य बुद्धिजीविहरुले पहिल्यै थाहा पाएका छन्
Gurkhas Online Tv२५ साउन २०८०, बिहिवार
प्रतिक्रिया