रङ्गीविरङ्गी अस्तित्व
आखिर म किन यहाँ?
जबदेखी निलो गगनमा आफ्नो अस्तित्व खोजें
क्षणभरमा रुप बदलिरहने बादलमा पनि खोजें
कलकल बगिरहने स्वच्छ नदीमा खोजें
अनगिन्ती जीवहरुको अस्तित्व स्वीकारी आश्रय दिने त्यो घना जंगललाई पनि सोधेँ
आखिर म किन यहाँ ?
अणु र परमाणुको धम्की अनि आक्रमणले सबै मौन
बारम्बारको विन्रम सोधपछी जवाफ आउँछ
हाम्रै सृष्टिको उप्ज मानवको नकाप धारणा गर्ने केही गोरा दानवहरु हामीलाई नै चुनौती दिन खोज्छन् ।
कहिल्व भ्याटमिनको नाममा त कहिले लिटल ब्वायको नाममा, जसलाई आफू बाहेक कसैको अस्तित्व स्वीकार्य छैन ।
अब त तिमी आएछौ, तिम्रा विनम्रताको भाव बुझ्दा नराम्रोको विरुद्ध राम्रो, खराबको विपरीत असल नकारात्मकको सत्ता सकारात्मकको उपस्थिति नै तिम्रो उपस्थिति हो
एकैछिन सोचेँ, ओहो अनि प्रश्न उतिर मोड्दै
तिमीलाई अन्यको उपस्थिति किन चाहदैनौ? अरुको स्थापित अस्तित्व देख्न
किन तिम्रा हृदयमा ज्वालामुखी विस्फोट हुन्छ? जब हामी स्वतन्त्रताको गीत गाउँछौँ
किन तिन्रा अहंमता छिन्न, भिन्न भएको महसुस गर्छौ ? जब हाम्रा समानता र भातृत्वको माग गर्छौं ।
के तिमीलाई थाहा छैन काला रंगको अनि पहेला रंगको मानव पनि तिमी जस्तै सुन्दर सृष्टि हुन् ।
किन तिमी आफ्नो रंगको सर्वश्रेष्ठ भन्ने भ्रामक मुर्खतामा रमाईरहेका छौ?
अबोध र निर्दोषरुपी हामी एसियन पहेँलाहरु
जब आफ्नो अधिकार र अस्त्को लागि आवज उठाउछौँ तब तिम्रा कानमा बज्रको महसुस किन गर्छौ?
जसरी दिन पछि रातको पनि आफ्नो छुट्टै अस्तित्व कायम छ त्यसरी नै अफ्रिकन कालाहरु अस्तित्व स्थापितको क्रममा हुँदा उसको उपस्थिति फलामको चिउरा चपाएजस्तै महसुस किन गर्छौ?
सोची हेर यश धरतीमा यदि हामी दुईको अनुपस्थिती रहे रङ्गीविरङ्गी फुलको सत्ता एउटै मात्र फुलको बगैंचाको के महत्व?
अझ गज्ज्ब त के छ भने तिम्रा खोक्रो विकासको प्रतीक, गगनचुम्बी भवनको के महत्त्व ? जहाँ तिम्रा सफलतामा प्रशसास्वरुप तालेव बजाउने मानवको सत्ता गैंडा, हात्ती, बाघ, कुकुर, बादर र सुगुर हुन्छ ।
अट्टहास हासो, कहिले सोचेका छौ? जबदेखी मैले आफ्नो अस्तित्व स्विकारे प्रकृतिमा आफ्नो उपस्थितिको महत्व बुझे तबदेखी जसरी मलाई स्वतन्त्रप्रेमी कालाहरु प्यारा छन्, तिमी पनि प्यारा छौ किनभने मलाई थाहा छ, बगैंचामा एउटै फुलको उपस्थिति भन्दा रंगीविरङ्गी सौन्दर्यता धेरै आकर्हुन्छ किनकी म चाहदिन तिन्रै आफ्नो सर्वश्रेष्ठ छु भन्ने अहमताके एकदिन एउटा सानो किराको सिकार भइ आफ्नो अस्तित्व लोप होस्
तिमी र ममा यहि त फरक छ, म सधैं तिम्रो सु-स्वास्म्को कामना गर्छु तिमी भने मेरो अस्तित्व, ईतिहास मेटाउन सदियौदेखि षड्यन्त्र रचिआएका छौ
हो तिमी र ममा यहि त फरक छ ।
लेख र रचनाहरू
'यात्रा' - सिनारा मेचे
Seenara Mongol Meche१२ साउन २०८०, शुक्रवारलेख र रचनाहरू
इमान्दारिता नै मंगोलहरुको गहना हो-सिनरा मेचे
Seenara Mongol Meche१९ असार २०७९, आइतवारलेख र रचनाहरू
'स्मृति' कविता
Seenara Mongol Meche११ असार २०७९, शनिवारलेख र रचनाहरू
रंगीविरङ्गी अस्तित्व
Seenara Mongol Meche९ असार २०७९, बिहिवार