यात्रा
जबदेखि कलम चलाउन सिक्यौ, केवल
अ अक्षर का दुई शब्दहरू लेखिए, अस्तित्व र अधिकार ।
जब देखि यी ओठ हरू बोल्न थाले दासत्व को जंजिर चुडाल्दै, स्वतन्त्रताका गित हरु गुन्जिए।।
थाहै थिएन टुक्राटुक्रा थिएछौ, टाढाटाढा बनाइएछौ ।
इतिहास र इतिहासमा लुकाइएका पिडा हरू एउटै हुँदाहुँदै पनि।।
एउटा रोगले ग्रस्तै पारेछ,
टोकरी भित्र को गंगटाे झै आपसमा गरिरहेछौं ,खुट्टा तानातान ।
अपनाउन कहा त्यति सजिलो थियो र?
माटोलाई माया गर्ने विचार महान।।
कसैको मानवता विहिन दौड र प्रतिस्पर्धाको नक्कल होइन।
चोमोलुङमा झै सिद्धान्त मा अटल बनी,
कुनाकन्दरा, पहरा, छ्हरा सँगै सुसेलिदै
आफ्नै एकनासको गति र चालमा बढिरहेछ।
प्रकृतिको परीक्षामा आफ्नो इमान्दारीता र उदारता को परीचय दिँदै,
परिपक्वता को सिंढी चढिरहेछ ।
निराश बनाउने छैनौ,पू्र्खाका ती
न्यायमुखी आसाहरुलाई ।
चखाइ छाड्छाैँ ,धैर्यता को मिठो फल आगामी नयाँ पुस्तालाई ।।