'स्मृति' कविता

Seenara Mongol Meche
Seenara Mongol Meche११ असार २०७९, शनिवार

लेखक : बायाँ- सिनरा मेचे र दायाँ - युगपुरुष अमर ड.गोपाल गुरुङ

युगपुरुष ड.गोपालगुरुङको पाँचौ स्मृति दिवसको अवसरमा उहाँप्रती समर्पित कविता   "स्मृति " 

अाजकाे दिन अँध्याराे दिन 
उनै युगपुरूषले हामीप्रति लगाएकाे ऋण
तिरेर तिरिन सक्नु  छ 
ती अामा बाबुलार्इ काेटि काेटि नमन
जसले याे छाेरा जन्मायाे
हुर्कायाे, बढायाे, यथार्थकाे पाठ पढायाे 
क्रान्तिकाे विगुल फुक्न सिकायाे
तँ जस्ताेलार्इ सिध्याउनुपर्छ भनी धम्कायाे वैरीले
जाे रातदिन मृत्युसँग पैठाे जाेरी खेल्छ उसलार्इ चिनेनछ बबुराले
न डरायाे, न हरायाे बरू ठग र सामन्तकाे निद हरायाे 
न्यायकाे पाठ सिकायाे, जीवनकाे पाठ सिकायाे 
न भुल्याे युगले, न कसैले भुल्ने छ 
बरू त्याग र समर्पण बुझि सुन्दर सपना बुन्ने छन् । 
याे सपुतलार्इ देखेर नव पुस्ताले प्रशंसाकाे गीत गाउने छन् 
अाजकाे दिन अँध्याराे दिन 
उनै युगपुरूषले हामीप्रति लगाएकाे ऋण
तिरेर तिरिन सक्नु  छ

प्रतिक्रिया