झापाको मेचीनगरमा एम.एन.ओ.का प्रेसिडेन्ट बुद्धलाल मेचेको प्रमुख आतिथ्यतामा विश्व मुलवासी दिवस कार्यक्रम सम्पन्न ।

Seenara Mongol Meche
Seenara Mongol Meche२५ साउन २०७९, बुधवार

मेचीनगरमा सम्पन्न विश्व मुलवासी दिवस कार्यक्रमको एक झलक

झापा/ सिनरा मेचे

हिजो दिनाङ्क 9अगष्ट  2022 मंगलबार को दिन मंगोल नेशनल अर्गनाइजेशन मेचिनगर नगरसभाको आयोजनामा मेचिनगर-१०स्थित धुलाबारीमा २८ औं विश्व मुलवासी दिवस सम्पन्न भएको छ।

मेचिनगर सभाका अध्यक्ष सिनारा मेचेको सभाध्यक्षतामा र संगठनका केन्द्रिय प्रेसिडेन्ट बुद्धलाल मेचेज्युको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। विशिष्ट अतिथिमा शान्तिलाल धिमाल रहनु भएको थियो। अन्य अतिथीहरु झापा जिल्ला सभा सदस्य सिखा लिम्बू, अर्जुन लोवा रहनुभएको कार्यक्रममा वडा सभा र नगरसभा का पदाधिकारीहरुले शुभकामना मन्तव्य राख्नु भएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथीले अब चाडै नै मुलुकको शासनसत्ताको बागडोर नेपालको मुलवासी मंगोलहरु को हातमा आउने बताउनु भयो। अबको हरेक निर्वाचनमा नेपालका मंगोलहरुले एम.एन.ओ.लाई साथ दिए मुलवासी को अधिकार लिन धेरै समय नलाग्ने बताउनु भयो। साथै संसारभरी मुलवासी दिवस को हर्षउल्लासका मनाइरहेका मुलवासीहरुलाई शुभकामना दिनुभएको छ। कार्यक्रममा  विशिष्ट अतिथी र अतिथीद्वयले शुभकामना मन्तब्य राख्नु भएका थिए।

नगरसभा काेषाध्यक्ष नर बहादुर राईले स्वागत मन्तव्य राखेका थिए भने  कार्यक्रम सचिव किशोर धिमालले संचालन गर्नुभएको थियो।

प्रतिक्रिया