ब्यालेट पेपरको महत्व कति ?

Buddhalal Meche
Buddhalal Meche१६ वैशाख २०७९, शुक्रवार

ब्यालेट पेपरको महत्व कति ?

  एम.एन.ओ.ले चुनावमा भाग लिंदै आइरहेको कारणले राष्ट्र र अन्तर्राष्ट्रिय जगतमा र बृहत् जनताहरुको माझमा लोकतन्त्रको नारा र वकालत गर्न पायो। धर्मनिरपेक्षको बारेमा ब्याख्या र विश्लेषण गर्न पायो। र प्रान्तीयताको बिषयमा बृहत् नेपाली जनतालाई बिकासको लागि कति महत्वपूर्ण छ भन्ने कुरा अवगत गराउन पायो। अर्थात लोकतन्त्र , धर्मनिरपेक्ष र प्रान्तीयताको DNA बीऊ रोप्न पाइयो ।

 ब्यालेटमा बिश्वास गरेर राजनीति गर्नेहरुको निमित्त चुनाव कति महत्वपुर्ण रहेछ रु भन्ने कुरा स्पष्ट रुपले थाहा पाउनलाई निक्कै गहिरिएर अध्ययन गर्नु पर्ने हुन्छ। यसको निमित्त बिगतमा भएको घटनाहरुलाई पनि निहाल्नु पर्ने हुन्छ।

युगपुरुष अमर ड.गोपाल गुरुङले प्रतिनिधि सभाको पहिलो मध्यावधि चुनाव २०५१मा लड्नु भएको थियोे। त्यसबेला निर्बाचन आयोगले एमएनओलाई साम्प्रदायिक संगठन ठानेर दल दर्ता दिएको थिएन। संगठनको तर्फबाट स्वतन्त्र उम्मेदवार खडा भएर क्षेत्र न १  र  २  बाट चुनाव लड्नु भएको थियो। स्वतन्त्र उम्मेदवार खडा भएको भएता पनि त्यतिखेरको चुनाव चिन्ह इलाम जिल्लामा कुखुराको भाले नै थियो। चुनावमा भाग लिई सकेपछि गाउँ , घर , कुना, कन्दरा पुगेर आफना स्पष्ट  कुराहरु राख्नु पाउनु भयो। चुनावी सभामा एम.एन.ओ.को स्पष्ट लक्ष्य र उद्देश्य बताउने मौका पाउनु भयो। त्यहाँका स्थानीय एफएम र अखबारहरुमा अन्तर्वार्ता दिएर भिजन र मिसन बताउन पाउनु भयो। यो मुलुकमा एम.एन.ओ.को आवश्यकता किन पर्यो र यो देश बन्न र बनाउन नसक्नुमा को दोषी छन् ? को निर्दोष हुन ? जनता सामु छर्लङ्ग्याउने मौका पाउनु भयो। संगठन दर्ता भएपछि मात्र लड्छु अहिले निर्वाचन आयोगले  दल दर्ता दिएन भनेर चुनाव नलडनु भएको थियो भने बृहत जनतालाई एम.एन.ओ. साम्प्रदायिक हो कि ! निर्वाचन आयोग साम्प्रदायिक हो ? कुन चाहिँ साम्प्रदायिक हो ? भन्ने कुरा थाहा हुंदैन थियोे ।१८ बर्षपछि निर्वाचन आयोगले एम.एन.ओ.लाई दल दर्ता दिन कर लग्यो। भने पछि कुन चाहिँ साम्प्रदायिक थिएछ त भन्ने कुरा यही घटनाबाट स्पषट थाहा हुन्छ। यधपी ड. गुरुङले  चुनाव नलडनु भएको थियो भने न उहा र एम.एन.ओ.को बिषयमा बिदेशी  लेखक आएर अनुसन्धाननै गर्थ्यो न त थेसिस लेखेर डक्टरेट नै हुन्थ्यो न सायदै अन्तरास्ट्रिय ब्यापी हुन्थ्यो । एम.एन.ओ.ले चुनावमा भाग लिंदै आइरहेको कारणले राष्ट्र र अन्तर्राष्ट्रिय जगतमा र बृहत् जनताहरुको माझमा लोकतन्त्रको नारा र वकालत गर्न पायो। धर्मनिरपेक्षको बारेमा ब्याख्या र विश्लेषण गर्न पायो। र प्रान्तीयताको बिषयमा बृहत् नेपाली जनतालाई बिकासको लागि कति महत्वपूर्ण छ भन्ने कुरा अवगत गराउन पायो। अर्थात लोकतन्त्र , धर्मनिरपेक्ष र प्रान्तीयताको DNA बीऊ रोप्न पाइयो । जुन बिऊ हुर्केर, बढेर देशब्यापी फैलियो र बृहत् नेपाली जनताको मन मस्तिष्कमा, लोक जिब्रोमा झुण्डिनु पुग्यो। परिणामतस् ड. गुरुङले पहिलो  चुनाव लडेको ११ बर्ष बित्दा नबित्दै मुलुकमा लोकतन्त्र , धर्मनिरपेक्ष र प्रान्तीयता आएर छाड्यो । मुलुकमा जनताका छोराछोरी राष्ट्रपति भएर देखा पर्यो। राजाको छोरा राजा हुने जन्मसिद्ध अधिकारको अन्त्य भयो । यस्तो दुरदर्शिता भएका महान ब्यक्तिको10 जुन 2016 मा देहान्त हुनु पुग्यो। लोकतान्त्रिक भनौंदा बाहुनवादी सरकारले थाहा नपाए जस्तो गर्यो। यसको मुलकारण भनेको ड. गुरुङको अभावलाई मौकाको रुपमा गिद्दे नजरले हेरे र यसमा षड्यन्त्र रचे। यसको ज्वलन्त प्रमाण ड. गुरुङको देहान्त भएको छ महिना बित्दा नबित्दै 2074 असारमा स्नानीय चुनावको घोषणा गरे र एम.एन.ओ.लाई चुनाव चिन्ह नपाउने गरि षड्यन्त्रको गोटी चाले। स्थानीय चुनाव सिद्दिएको छ महिना पुग्दा नपुग्दै 2074 मंसिर 10 र 21 मा प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव गरे। यो प्रदेश सभा  र प्रतिनिधि सभाको चुनावमा भने चर्को बिरोध र लड्न सफल भएकोले मात्र एम.एन.ओ.ले आफनो साविकको चुनाव चिन्ह कुखुराको भाले पाए र  चुनाव लडे। ड. गुरुङको देहान्त पछि जुन रुपले एम.एन.ओ. र ड. गुरुङको नामोनिसान नरहने गरि षड्यन्त्र भएको थियोे, त्यो षड्यन्त्र अन्तिममा नकाम साबित भयो। यो संवेदनशील घडीमा घटेको  घटनालाई एम.एन.ओ.का हित चाहने नेता तथा कार्यकर्ताले कहिल्यै भुल्ने छैनन र इतिहासको पानामा एक कालो धब्बा भएर रहने छ। ब्यालेट पेपरको मार्ग भनेको निकट भविष्यमा सत्ता प्राप्तिका लागि गरिने निर्णायक विशाल आन्दोलनको तयारी पनि हो भन्ने कुरा बुझ्न सक्नु पर्दछ।

प्रतिक्रिया