महामानव ड. गोपाल गुरुङ,फाउण्डर प्रेसिडेन्ट,एम.एन.ओ.
मंगोल नेशनल अर्गनाइजेशन भद्रगोल जेलमा सन् १९८९ ,१ जनवरीको दिनमा स्थापित एक गरिमामय संगठन हो, जसको संस्थापक महामानव ड.गोपाल गुरुङ हुनुहुन्छ। यस संगठन स्थापना हुनुको मुल उदेश्य नै शताब्दीऔं देखि आफ्नै मुलुकुमा सन् १४९५ मा धोती र टोपीमा नेपालमा भित्रीएका ब्राह्मण र क्षेत्रीद्वारा लादिएको ब्राह्मणवादी तथा हिन्दुवादी नीतिको जड उखेलेर लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयतालाई संस्थागत गरेर समानता, स्वतन्त्रता र भातृत्वपुर्ण सभ्य र विकसित नेपाल निर्माण गर्नु हो। ड.गुरुङले आफ्नो र आफ्नो परिवारको लागि मात्रै नभइकन शान्तिका अग्रदुत बुद्ध जन्मिएका प्राकृति सौन्दर्यताले भरिपुर्ण देश नेपालका समस्त मुलवासी मंगोलहरुको भावी पिढीहरुको सुनौलो भविष्य सुनिश्चितताको लागि आफ्नो जीवन नै समर्पण गर्नु भयो। तर नेपाली समाजमा फैलाइएको अफवाह सरह - बाहुन क्षेत्रीलाई लखेटेर एकलाैटी शासन चलाउने र मंगोलको मात्रै वर्चस्व कायम गर्ने उदेश्य भने एम.एन.ओ.को हैन। एम.एन.ओ. यदि राज्यसत्तामा पुगेको खण्डमा २०% हिन्दु आर्य बाहुन क्षेत्रीहरुको कोटा पनि सुनिश्चित हुन्छ किनभने यो एक लोकतान्त्रिक र मानवतावादी संगठन हो र अल्पसंख्यक हिन्दु आर्यको २०% कोटा सुनिश्चित हुने कुरा रहेको छ, जुन अहिलेका अन्य पार्टीहरुमा नभएको दावी यश संगठनका नेताहरुले गर्दै आएका छन्।
उहाँ एक कुशल राजनीतिज्ञ मात्रै नभइ ख्याती प्राप्त साहित्यकार,पत्रकार, सम्पदक तथा प्रकाशक समेत हुनुहुन्थ्यो जसले दर्जनौं कथा,कविता लेखेका थिए भने मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रीका, न्युलाइट, थन्डर बोल्ट साप्ताहिक पत्रीकाको सम्पादक समेत थिए।
उहाँ नेपाल पत्रकार संघका केन्द्रिय सदस्य एवं सल्लाहकार थिए भने प्रेस फाउन्डेसन अफ एसिया, मनिलाका कोओडिनेटर/कन्सुल्ट्यान्ट हुनुहुन्थ्यो।उहाँले सेस यात्रा (उपन्यास), सेस प्रश्न (कथासंग्रह),सेस कविता (कविता संग्रह, 1962) मा प्रकाशन गरेका थिए।
सन् 1985 मा नेपाली राजनितिमा आदेखा संचाई पहिलो संस्करण प्रकाशित गर्नुहुँदा भुमीगत भएर बस्नु परेको थियो भने।दोस्रोपल्ट सन् 1988 मा प्रकाशन गरेको समयमा दुइ वटा राजद्रोही मुद्धामा पक्राउ परी जेल चलान गरिएको थियो। यसैगरी तेस्रो संस्करण सन् 1993 मा र चौथो संस्करण 1998मा अंग्रेजीमा (Hidden Facts in Nepalese Politics) प्रकाशित भएको थियो। उहाँको अर्को महत्त्वपूर्ण राजनैतिक पुस्तक नेपाल र सिकीमे राजनितीमा अछुत जन-जातीको सिर्जना पहिलो पल्ट मे 1998 र दोस्रो पल्ट जुलाइ 1998 तेस्रो संस्करन अक्टोवर 1999. र चौथो पटक 1999 मै अंग्रेजी भाषामा (Compile Parl, Newly Created Untouchable Janjati (nomad, gypsy) Society in Nepalese and Sikimese Politics प्रकाशन गरेका थिए।
उहाँले आफ्नो जीवनकालमा जापान, जर्मनी, चीन, कोरीया, हङकङ, थाइल्यान्ड, म्यानमार (बर्मा), श्रीलंका एवं बंगलादेश जस्ता मुलुकहरु भ्रमण गरेका थिए भने श्रीलंकन राष्ट्रपती जय बर्दने, पुर्व राष्ट्रपती किम इल सुङ उत्तर कोरीया, राजा महेन्द्र (दुइ पटक) राजा वीरेन्द्र (दुइ पटक, स्व. छोग्याल सिकीम) इत्यादिसंग भेटवार्ता गरेका थिए।
यसरी उहाँले नेपालका राजाहरुसङ्ग समेत एम.एन.ओ.को प्रस्तावनाहरु प्रस्तुत गरेर नेपालमा लोकतन्त्र स्थापनाका लागि कसैले साथ नदिदा पनि निडरता र धृतताका साथ एक्लै लडे।उहाँले बडो श्रृङ्गारिएको , मिठो भाषा र लवजमा चतुर्याइँपुर्बक देशै नभएको फिरङ्गे जमात(आदिवासी जनजाति) बनाइएको मुलवासीहरुलाई आफ्नो अस्तित्वबोध गर्ने शब्द ‘मुलवासी मंगोल’ उच्चारण गर्न र छाती चाक्लो पारेर गौरवान्वित महशुस गर्न प्रेरित गर्नुभयो। उहाँले गर्नुभएको यस त्याग,तपस्या र बलिदानको उच्छ कदर गरिएर नै उहाँलाई महामानवको उपाधी दिइएको छ। उहाँको अनुसार "राजनैतिक शक्ति भनेको सम्पुर्ण बन्द ढोकाहरु खोल्ने एक मुलचावी हो। हुन पनि जबसम्म यी देशका मुलवासी मंगोलहरु राजनैतिकरुपमा सचेत हुँदैनन् यी हिन्दुवादी र नश्लवादी शासकहरु सधैं सत्तामा बसेर भत्ता पचाउने र मुलवासी कजाउने भन्दा केही हुँदैन।
महामानव ड.गोपाल गुरुङज्युको केही महत्वपुर्ण भनाइहरु
मेरो प्रत्येक भेटलाई नै विदाई भेट सम्झिदिनु-मेरो प्रत्येक विदाइलाई नै सम्झनाको विदाइ सम्झिदिनु ।
जन्मनुको अर्थ हो मर्नु यसर्थ अर्थपूर्ण मर्नुसँग नडराउ ।
बाँच्नु र मर्नु अर्थपूर्ण होस्-बचाई र मराई जिउँदो मान्छेको जस्तो होस् । यस समय हामी मृत्युको बचाइ वाँचिरहेका छौं ।
यसरी ड.गोपाल गुरुङको मंगोल दर्शनबाट प्रेरित भएर अहिले राष्ट्र अन्तराष्ट्रमा मुलवासी मंगोलहरु जुरमुराउन थालेका छन् र एम.एन.ओ. मा आबद्ध हुने सङ्ख्या दिन दुइगुणा रात चौगुणा हुँदै गएको छ।
मंगोल नेशनल अर्गनाइजेशनका नेताहरुको भनाइ अनुसार “ ५ वर्ष सत्ता टिकाउनको लागि चुनाव जित्नु मात्रै एम.एन.ओ. को लक्ष्य होइन। एम.एन.ओ. ले त सत्तामा खुट्टा नटेक्दै सैद्धान्तिकरुपमा जित हासिल गरिसकेको छ।” वर्तमान समयमा लोकतान्त्रिक संघीय शासन सत्तामा बसेर भत्ता पचाइरहेका नेताहरुले राज गर्न पाएको पनि एम.एन.ओ. कै देन हो।नत्र भने अन्य दलहरुले त कुनै न कुनै रुपमस राजा राख्ने प्रस्ताव राखिएको नजिर पाउन सकिन्छ। यसकारण के मंगोल नेशनल अर्गनाइजेशन स्थापित हुनुको यो राष्ट्र नेपालका मुलवासीको लागि लाभदायिक छैन? के यो स्थापना दिवस केवल संगठनको नेता तथा कार्यकर्ताहरु मात्रै हर्षोलास्सित हुने दिन हो त ?
विगतका वर्षहरुमा जस्तै मंगोल नेशनल अर्गनाइजेशनले यस वर्ष पनि संगठनको ३६औं स्थापना दिवस कार्यक्रम सभ्य र भव्यरूपमा प्रत्येक प्रान्तीय सभाको अायोजनामा मनाउने भएको छ। यस कार्यक्रम साैहार्दपूर्ण वातावरणमा बहुसंख्यक मुलवासीको सहभागी गराई सम्पन्न गराउनको निमित्त संगठनका केन्द्रदेखि टोल सभासम्मका नेता तथा कार्यकर्ताहरु अहोरात्र खटिएका छन्।
प्रचारप्रसारका केही झलकहरु