देशको चौथो अंग पत्रकार Watchdogs जस्तो हुनु पर्छ। watchdogs journalist भनेको कुकुरले जस्तो सुंघेर पत्ता लगाउने पत्रकार ।

Buddhalal Meche
Buddhalal Meche८ असार २०७९, बुधवार

बुद्धलाल मेचे, प्रेसिडेन्ट, एम.एन.ओ.

Watch dogs journalist 

एकताका युगपुरुष अमर ड. गोपाल गुरुङ ज्यु कागजात प्रमाणहरुको पोका लिएर मेरो झुप्रोमा आउनु भयो। यो पोका तिमीले सम्भालेर राख है भनेर दिनु भयो। मेरो हातमा थमाई वरी भन्नु भयो, मेरो जिन्दगी भरीको कमाई यही भित्र छ। जसको निम्ति मैले जेलनेल सहनु पर्यो, भुमिगत भइ भागेर जिवन बिताउनु पर्यो, अनेकौं भुक्तमान सहनु पर्‍यो, अनेकौं धाकधम्की सहनु पर्‍यो, सर्वस्वहरण हुनु पर्यो। यो घटना 2064 साल असोज महिना तिरको हो। जुन बेला नेपालमा नयां संविधान निर्माणको निमित्त संविधान सभाको चुनाव मंसिर 6 गते सम्पन्न हुने गरी निर्वाचन आयोगले मिति घोषणा गरेको थियो। निर्वाचन आयोगले एमएनओलाई दर्ता नदिएको हुंदा त्यो पहिलो संविधान सभाको चुनावमा संगठनले भाग लिन नपाउने निश्चित भइसकेको थियो। परन्तु तोकिएको मितिमा संविधानसभाको चुनाव सम्पन्न नभएर 2064 चैत 28 मा सरे पछि भने 2064 साल माघ 15 गतेका दिन निर्वाचन आयोगले एमएनओलाई दर्ता दिन कर लाग्यो। त्यसपश्चात मात्र एमएनओले संविधान सभाको पहिलो चुनावमा भाग लिन पायो। ड. गुरुङ ज्युले मलाई राख्न दिनु भएको पोका भित्र के थियो ? एकवर्ष जति खोलेर हेर्ने मैले हिम्मत गरिन। बडो जतनसंग कुम्ल्याएर राखें। यो पोका तिमीले राख! भनेर तेतिकै भन्नु भएको त होइन होला! पक्कै यो भित्र केही न केही रहस्य लुकेको छ भनेर मलाई सोच्नु  बाध्य गरायो। म सानो छँदा एउटा कथा सुनेको थिएँ। त्यो कथाको झल्झली याद आयो। कथामा एकजना बाबुको तीन जना छोराहरु थिए। तीनै जना छोराहरुले बिहे गरिसकेपछि बाबुले आफनो जिउनी भाग राखेर सबै छोराहरुलाई बराबरी अंशवण्डा गरिदिए। बाबुको जीउनी अंश पाउने आशा र लोभमा तीनै भाइ छोराहरु बीच बाबुलाई आफू संगै राख्ने कुरामा होडबाजी चल्यो। बाबुको मन जित्न र खुशी पार्नको निम्ति तीनै जना छोराहरु बाबुलाई सेवा दिनुमा अहोरात्र खटिन थाले। कुन छोरासंग बस्दा ठीक हुन्छ? बाबुलाई निर्णय गर्न गाह्रो पर्यो। जेठा छोराकोमा बस्दा  माइला र कान्छा छोरा रिसाउने होकी ! कान्छा छोराकोमा बस्दा जेठा, माइलाले चित्त दुखाउने पो होकी ! बाबु सबै छोराहरुको चित्त दुखाउने पक्षमा थिएनन्। सबै छोराहरुलाई चित्त बुझाएर बस्न चाहन्थे। यो जटिल परिस्थितिको समाधान के कसरी गर्न सकिन्छ? बाबु- उपायको खोजीमा थिए। छोराहरुमा बाबुको जीउनी भाग प्रति लोभ-लालच बढेकाले एक-आपसमा खिचातानी शुरु भएको हो भन्ने यथार्थ कुरा बाबुलाई राम्रो संगले थाहा थियो। बाबुले तीन भाइ छोराहरुलाई एकै साथ बोलाएर मेरो शेषपछि कुल-घरानाको इज्जत, मान-सम्मान, संस्कार र संस्कृति जुन छोराले जोगाएर राख्न सक्छ म त्यही छोरासँग बस्छु यसको निम्ति तिमीहरुले एउटा काम गर्नु पर्छ भने।  बाबुले तीनै जना छोराहरुलाई एक-एक वटा मक्कैको घोघा दिंदै भने म एक बर्षको लागि तीर्थ यात्रामा जांदैछु। तीर्थ  यात्रा सकेर एक बर्षमा फर्किन्छु। तेतिन्जेल सम्ममा जुन छोराले मक्कैको घोगा जस्ताको तस्तै जोगाएर मलाई देखाउन सक्छ म त्यही छोरासंग बस्छु। त्यो कुरा सुनेर छोराहरु आ-आफ्नो भागमा परेको मक्कैको घोघा बोकेर खुसी हुँदै घर फर्के। जेठा र कान्छाले चाही मक्कैको घोगालाई कपडाले मोडेर, धागोले बांधेर बडो जतनसंगले बाकसमा लुकाएर राखे। माइला छोरा चाहीं बाबुको कुरामा केही न केही भित्री रहस्य छ भनेर रातभरी घोरिए। उज्यालो भएपछि हत्त न पत्त उठेर खेतबारी खन्न थाले। त्यसपछि मक्कैको घोघा छड्याएर खेतबारीमा रोप्न थाले। एकवर्ष पुग्न लाग्दा -लाग्दै रोपेको मक्कै पनि पाक्यो। बाबुलाई देखाउन एक घोघा मक्कै भाँचेर सुरक्षित राखे। बर्षदिन भएपछि बाबु तीर्थ यात्रा गरी सकेर घर आइपुगे। तीनै जना छोराहरुलाई बोलाएर आ-आफ्नो मक्कैको घोघा देखाउ भने। जेठा र कान्छाले हत्तपत्त मक्कै निकालेर देखाए, मक्कै घुनले खाइसकेको थियो। माइला छोराको मक्कै देखाउने पालो आयो। माइला छोराले मक्कैको घोघा खोलेर देखायो, उसको मक्कै जस्ताको तस्तै थियो। त्यो देखेर यो छोराले मात्र कुलघरानाको इज्जत, मान सम्मान,संस्कार र संस्कृति बचाउन सक्छ भनेर माइला छोरासंगै बाबु बस्न थाल्यो। यो कथाको संझनाले मलाई पोका खोतल्नै पर्ने बाध्य  गरायो र वास्तविक यथार्थता सिकायो। जुन कुरा सबैले बुझ्न र जान्न आवश्यक थियो। यी नै सत्यतथ्य यथार्थ कुराहरुलाई र जिन्दगी भरी गुमाएर आर्जन गर्नु भएका उपलब्धिलाई सुरक्षित र जिवित बनाई राख्नको लागि रिसर्च सेन्टर बनाउनु पर्ने र मंगोल भिजन पत्रिका चलाउनु पर्ने युगपुरुष अमर ड गोपाल गुरुङ ज्युको अधुरो सपना रहेकाले प्रारम्भिक चरणको मंगोल रिसर्च सेन्टर निर्माण कार्य सम्पन्न गरी सुरक्षित राख्न सफल भएका छौं। मंगोल रिसर्च सेन्टरले आफु जस्तै निर्भिक, साहसी , दुरदर्शी मंगोल नेता र मंगोल भिजन पत्रिकाले आफु जस्तो सुंगेर पत्ता लगाउने साहसी पत्रकार जन्माउँदै लैजाने कुरामा युगपुरुष अमर ड. गोपाल गुरुङ ढुक्क हुनु हुनुहुन्थ्यो। 
मंगोल रिसर्च सेन्टर निर्माण र मंगोल भिजन पत्रिका संचालन गर्नुको मुख्य कारणहरु:-
1) ड. गोपाल गुरुङ जस्तै आंटी,साहसी,त्यागी,स्पष्ट भिजन भएका र दुरदर्शी लोकतन्त्रवादी मंगोल नेताहरु तयार पार्दै लैजानु। 2) लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयतालाई संस्थागत गरेर मजबूत बनाउनुको लागि। 3) लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयताका लागि देश भित्र र देश बाहिर लड्नु भएको कुटनैतिक र रणनीतिका प्रमाणहरुलाई सुरक्षित राखेर आउंदो भावीपिंडीहरुलाई रिसर्चका लागि सहज वातावरण बनाइ दिनु। 4) बहुमुखी प्रतिभाका धनी ड. गुरुङका बिभिन्न विधाहरु मध्ये साहित्य विधाहरुमा कथा , कविता, उपन्यास,पत्रकारिता र राजनीति सम्बन्धीका कागजात प्रमाणहरु सुरक्षित राखेर संबन्धित विषयका विधार्थीहरुका लागि रिसर्च गर्न सहज होस भन्ने हेतुले। 5) नेपाल नबन्नु र बनाउन नसक्नुको मुल कारण यो देश लुटेरा नीति अन्तर्गत चलेकाले हो। राजनीतिक दलको काम र उद्देश्य देश बनाउने नीतिसंग संबन्धित हुनु पर्दछ। यसको निम्ति राजनीतिक दलहरुले जनतालाई जागरुक बनाउने, चेतनशील बनाउने, सजक गराउने र जिम्मेवारी बोध गराउने काम गर्नु पर्दछ। देश हांक्ने नेपालका राजनीतिक दलहरू प्राय: बाहुनक्षेत्रीहरुको कब्जामा छ र ती बाहुनक्षेत्रीहरुले हांकेका राजनीतिक दलहरुको नीति निर्देशन देश बनाउने किसिमको नभएर लुट नीति मात्र छ। जताततै भ्रष्टाचारै भ्रष्टाचार, जताततै लुट्ने र धुत्ने, एकप्रकारले हिन्दुआर्य बाहुनक्षेत्री शासकहरुको निम्ति लुट मच्चाउन छुट छ र उनीहरूको लागि मोजतन्त्र भएको छ। यसोसले मंगोल रिसर्च सेन्टर भवन निर्माण कार्यले लुट नीतिको अन्त्य गरेर उद्दार नीति अर्थात् दिनु सिकाउने नीतिको अभ्यास गर्ने छ। सही ठाउँमा तन मन धन दिंदा कहिल्यै खेर जांदैन। इनारको पानी झिक्दैमा इनारको पानी कहिल्यै रित्तो हुँदैन। जसरी शिशिर ऋतुमा बोट बिरुवाहरु पतझर भएर उदेक लाग्दो उजार रुप लिन्छन् र बसन्त ऋतु आए संगै पालुवाहरु पलाएर फेरि हरियालीमा परिणत हुन्छ। त्यस्तै गरी देश बनाउने सम्बन्ध संग जोडिएको अर्को भरपर्दो कुटनैतिक हतियार भनेको संचार माध्यम हो। यो मुलुक लोकतन्त्र -धर्मनिरपेक्ष-प्रान्तीयताको मुलुक हुनुपर्छ भनेर यी 3 वटा माग र मुद्दा उठाएर युगपुरुष अमर ड. गोपाल गुरुङ ज्युले सन् 1972 देखि लड्दै ,लेख्दै र बोल्दै आउनु भएको थियो। यसको निम्ति उहाँले आफनै प्रकाशन र सम्पादनमा कुटनैतिक हतियारको रुपमा 2027 सालदेखी खस भाषामा छापिने न्युलाइट पत्रिका संचालनमा ल्याउनु भएको थियो। खस भाषामा छापिने न्युलाइट पत्रिकालाई अंग्रेजी भाषामा छाप्नुको निमित्त तत्कालिन पञ्चायती राजाको सरकारलाई दरखास्त लेखेर दिनु भयो तर अंग्रेजी भाषामा न्युलाइट पत्रिका संचालनको निम्ति दर्ता र अनुमति भने दिइएन। त्यसपछि 2040 सालदेखी अंग्रेजी भाषामा थण्डरबोल्ट साप्ताहिक पत्रिका दर्ता गरेर प्रकाशित गर्नु भयो। देश बन्न र बनाउनका लागि देशको चौथो अंग पत्रकारहरु साहसी हुनु अति जरुरी छ। सरकारले गरेका गल्ती र कमीकमजोरीमा  सरकारलाई प्रश्न सोध्नु सक्नु पर्दछ। सरकारलाई जवाफदेही बनाउन सक्नु पर्छ। सरकारलाई प्रश्न सोध्नुको सट्टा उल्टो सरकारको कम्जोरीलाई ढाकछोप गरेर कम्जोर बिपक्षीसंग मात्र प्रश्न गर्ने हो भने देश बन्न सक्दैन। पत्रकारहरुले सेतोलाई सेतो कालोलाई कालो भन्न सक्नु पर्दछ। देशको चौथो अंग पत्रकार  Watchdogs जस्तो हुनु पर्छ। watchdogs journalist भनेको कुकुरले जस्तो सुंघेर पत्ता लगाउने पत्रकार । ‌भ्रष्टाचार,बेभिचार, काला बजारी, तस्करी, देशको हित विपरीत सन्धी, सम्झौता, शिक्षा, स्वास्थ्य, रोजगार, मानव अधिकार, हत्या हिंसा जस्ता कुरामा बहस खडा गरेर न्यायपालिका,कार्यपालिका र ब्यवस्थापिका जस्ता अंगहरु लाई चलायमान बनाउने पत्रकारको कलममा तागत हुन्छ।

प्रतिक्रिया