हिन्दु मात्रको महान चाँड दँशै र टिका लगाउने चलन नेपाल र नेपालबाहिर यत्रतत्र बस्नुपरेको नेपालीहरुमा कसरी पर्न गयो ? र हाल आएर दशै (दशा) र यससंग सम्बन्धित टिकालाई नेपालका मुलबासी अहिन्दू मंगोलले तिलांजली दिनु किन आवश्यकता छ ? यस बिषयमा केही लेख्न मलाई पनि सकसक यसकारण लाग्यो कि कतिपयले सही नाममा र कतिले चाहिँ बर्ण शंकर (nom de plume) नाममा मलाई गाली गर्न बिर्सेका छैनन् केही अप्ता अघि मात्र पनि सुनचरी दैनिकमा प्रकाशित टिका बिषयको चर्चामा ‘गोपाल गुरुङ जस्ताले’ भनेर लेखेका थिए । सही अर्थमा हिन्दूबाद कर्म होइन र हिन्ूबादको माउ बर्णश्रमी प्रथा हो ।
१९२५ मा हिन्दु महासंघको जन्म भए पछि १९२८ देखि यसलाई धर्म भन्न लगाइयो, थालियो र ब्यापक रुपमा प्रचार प्रसार गर्न थालियो र मानिसको मन, मस्तिष्क र जिब्रोमा बसाउने काम द्रुत रुपमा भयो जसरी नेपालमा त्यहाँका शासकबर्गले त्यहाँका मुलबासी अहिन्दू मंगोलहरुलाई मतवाली भन्ने प्रथा कानुनी रुपमा ल्याएर बुद्धमार्गीहरुलाई देश निकाला गर्ने, जेल नेल दिने हिन्दू बनाउने र हिन्दू भनाउने काम राजनैतिक, आर्थिक, सामाजिक हर क्षेत्रबाट गरे । पृथ्वी नारायण शाहाले असली हिन्दूस्थान भनेको यही हो भनेर अराष्ट्रिय बोले । नेपाल साम्राज्यबादी हिन्दू आर्य (बाहुन–क्षेत्री क र ख श्रेणीका हिन्दू) हरुको हातमा परिसकेको थियो भनिन्छ political power is the master key of all locks ( राजनैतिक शक्ति सबै ताला खोल्ने चाबी हो )
हिन्दूबादका मुख्य नाइके बाहुन हुन् । यसकारण बाहुनबाद भनेको हिन्दुबाद र हिन्दुबाद भनेको बाहुनबाद हो । त्यसपछि पालो आउँछ क्षेत्रीको । क्षेत्री राजा हिन्दुबादको संरक्षक हुन् । त्यसैकारण बाहुन श्री ६ हो भने क्षेत्री राजा श्री ५ हुन् । बुद्धिष्ट, क्रिश्चियन मुस्लिम, सिख र जैन अहिन्दु हुन् । हिन्दुबाद ; बाहुनबादी सामाजिक ब्यवस्था (Brahminical Social Order) अन्तर्गत चलेको हुन्छ । बाहुन क्षेत्री बैश्य र शुद्रलाई हिन्दू समाजमा पाप योनीबाट जन्मेको भनिन्छ । अर्थात बाहुन क्षेत्रीको अनैतिक सन्तान । हिन्दू समाजमा शुद्रबाट अति शुद्र बनाइएपछि त्यसको स्थान कुकुरको भन्दा तल पुग्छ ।
शुद्रको स्तर कुकुर सरह हो । अति शुद्र बनाइए पछि त्यो जाति बन्छ र अछुत हुनुपुग्छ । कामी, दमाई, जनजाति, सार्की, गाइने इत्यादि जाति हुन् । हिन्दु समाजका अछुत हुन् । जनजातिलाई अंग्रेजीमा जिप्सी (Gypsy) भनिन्छ र पहिले पहिले यिनीहरुलाई नेपालमा कुसुन्डा भनिन्थ्यो । जनजातिको सही अर्थमा कुनै देश हुँदैन र यिनीहरु कुनै देशका नागरिक पनि हुँदैनन् । नेपालका जनजाति (जन = कमारा, जाति=अति शुद्र अछुत) । चितौडिया राणाहरु अकबरको आक्रमणमा परी बर्तमान नेपालमा शरणार्थीको रुपमा पस्दा तिनीहरुका भरिया करिया भएर पुगेकाहरु हुन् र कालान्तरमा मुलबासी (Indigenous) मंगोल र शरणर्थी जनजातिका सन्तान हुन् । कालान्तरमा यिनीहरुले आफ्नो सबै कुरा बिर्सेर त्यहाँका मुलबासी (Indigenous) को सिकेका हुन् ।
जसरी नेपाल बाहिर पुगेका मंगोलहरुले आफ्नो धर्म, भाषा, लिपी, संस्कृती सबै थोक बिर्सेर खस भाषालाई आफ्नो भाषा र हिन्दू संस्कृति आफ्नो भन्ने गरेर आफ्नोलाई घृणा गर्ने स्थितिमा पुगेका छन् । नेपालका शाहाहरु पनि राजस्थानको चितौडबाट नै भागेर बर्तमान नेपालमा शरणार्थीको रुपमा पुगेका हुन् जब १३३० मा अलाउदिन खिल्जीले आक्रमण गरे । नेपालका जनजातिहरुको फुर्ति र झुठो प्रचार भनेको तिनीहरुले पाउने गरेका बर्षेनी साडे तीन करोडको फुर्ति हो । १५५९ मा अकबरले चित्तौडमा आक्रमण गरेकै ताका पश्चिमी राज्य गोर्खामा राजाका पुर्खा द्रब्य शाहाले घले राजाको टाउको ठुन्काएपछि र यो काम षडयन्त्रपूर्वक भएपछि मुलबासी अहिन्दु मंगोलहरुको दुर्दिनको शुरुवात हुन्छ ।
सबै प्रकारको षडयन्त्रकारी अत्यन्त गोप्य योजनाको तह मिलेपछि द्रब्य शाहा झण्डै सात किलोको खुकुरी पच्छिलतिर लुकाएर गोर्खा बजारखेखि माथि डाँडामा अवस्थित गोर्खा दरवारमा पुग्छ र राजासंग भेट माग्छ । छलकपटबिहिन राजा माथिल्लो तलाबाट ओर्लेर पल्लोबाट वल्लो कोठामा भित्रिनुको निम्ति मुन्टो निहुराउनुसाथ ठुन्किनु पुग्छ । यसरी दरबार नियन्त्रण हुनसाथ मास्तिरका मगर राजाले सुइकुच्चा ठोक्छन् र भारपाक र वरपरका गुरुङ (तमु) र मगर राज्यहरुमा गुप्त रुपमा तैनाथ फौजहरुबाट जताततै काटमार मच्चिन्छ, रक्तपात आरम्भ हुन्छ । भारपाक घलेहरुको घनागाउँ हो ।
आक्रमणको सुइकोसम्म नपाएका मुलबासी मंगोलहरु हात उठाउँछन् । शान्तिको प्रतिक सेतो टिका लगाएर (हाल सेतो परेवा उडाउने र सेतो झण्डा देखाउने चलन चल्तीमा छ) जताततै देखा परे तापनि रगतले मात्तिएका शाहा र उनका फौजहरुले हाम्रा पुर्खाको रगतले मुछिएको रातो टिका निधारमा टाँसी बिजयको (जितेको) हर्षध्वनी निकाल्छन् । एवं रीतले आज हिन्दू आर्यहरुको निम्ति रातो रंग रगतको रंग शुभ संकेत र शुभ रंग हुन पुगेको छ । जसरी कम्युनिष्टहरुको रातो झण्डा मजदुर, किसानको रातो रगतले मुछिएको प्रतीक मानिन्छ र चन्द्रवंशी अहिन्दु बुद्धिष्टहरु पतन सुर्यवंशीको हातबाट भएको हुन्छ । जुन नेपालकै झण्डाले पनि संकेत गर्दछ । अँग्रेजी फौजमा भर्ती हुन जाँदासम्म जबरजस्ती हिन्दु लेखाउनै पर्ने र टुप्पी पाल्नै पर्ने प्रथाको थालनी गरियो जुन आज पर्यन्त जिउँदै कालान्तरमा हिन्दु शासकहरुले (क र ख श्रेणीका) त्यहाँका मुलबासी अहिन्दु मंगोल (मंगोलहरु चीन र मंगोलियाबाट आएका चाहिँ होइनन्) हरु मर्दा मुर्दालाई सेतो टिका लगाइदिने र मुर्दाको टाउको दक्षिण दिशा र खुट्टा उत्तर दिशातर्फ फर्काइदिने प्रथा प्रचलनमा ल्याए ।
यसो गरिनुको अर्थ शान्तिको प्रतीक सेतो टिका मुर्दा भइसकेको अशुभ भएको झुठो इतिहास मन र मस्तिष्कमा बसाइदिनु हो भने हिन्दुहरु (बाहुन क्षेत्री) दक्षिणतर्फबाट गएकाले तिनीहरुको भुमिपटि टाउको र आफ्नो भुमि उत्तरी भेकपट्टि पैताला फर्काइ लत्याइदिनु हो । यसरी क्रमिक रुपमा हाम्रो राष्ट्रको साथै धर्म, भाषा, संस्कृति, भेषभुषात्यादि निमीट्यान्न पार्दै लैजाने र आर्थिक शोषणले झुत्रे झाम्रे बनाइदिने कुनै पनि कसर बाँकी राखेनन् । तामाङहरुलाई त यस्तो स्थितिमा पुराइदिएका छन् कि सीताराम जनजाति तामाङले नै ‘तामाङहरु छोरी, स्वास्नी बेच्छन्’ भनेर लेखेको छ र केही स्वाभिमानी तामाङहरुले मुद्दा हालेका छन् ।
यिनै जनजाति तामाङहरुले शासकबर्गको एजेन्ट बनी तामाङ कै नाममा कुबाटो डोहो¥याइरहेका छन् र जनजाति बिकास समिती कार्यालयबाट पाउने हन्डी पचाई नेता बनिरहेका छन् । संसारभरका मानिसहरुले नयाँ बर्ष आरम्भको दिन मनाउने गर्छन् र बुद्धिष्टहरुले लोहोसर अर्थात् लोहो सरेको फेरिएको दिनमा हर्ष मनाउँछन् भने सिताराम जनजाति तामाङ, परशुराम जनजाति तामाङ (दाजुभाई) हरुले चाहिँ तामाङ घेदुङ (जनजाति संघ) मार्फत लोहोछार अर्थात छाडिएको बर्ष (लोहो) मनाउने प्रथा बसाएका छन् ।
४५० वर्षको राजनैतिक, आर्थिक हर क्षेत्रको थिचाई, मिचाई र पिसाइको कारणले आज हामी आफैंले आफैलाई चिन्नु नै नसक्ने, चिन्नु चाहनु नै डराउने बनाई सकिइएका छौं, आफ्नै पुर्खा रावण, वाली, कसिपुहरुलाई राक्षस भन्ने बनाइएका र नासकहरुलाई देवता भनि धुप र फुलमाला चढाउने बनाइएका छौं, हाम्रो रगतका नशाहरुमा दासत्वको खोलो बग्छ, गिदीको ठाउँमा लिदि भरिएको छ, काट्न लागिएको बोको बनाइएको छ ।
हामी थोत्रो घरमा नांगो झार भएर मालिकवर्गलाई नोकर र कमारो जन्माइ दिने दया–मायामा बाँच्नु पर्ने जन्तु बनाइ सकिएका छौं । जता हेर्यो उतै उराठिलो छ, हाम्रो निम्ति । नेपालको इतिहास भनेको पृथ्वीनारायण र तिनका पुर्खाको बखान, राणा र बाहुनहरुको झुठो प्रसंसाले भरिएका पन्नाहरु हुन् र यहि क्यांटका भानुभक्त—नेपालका मुलवासी अहिन्दुहरु भनेको आँखा भएर अन्धो, कान भएर बहिरो, जिब्रो भएर गोंगा बनाइएका प्राणी हुन् भनेर भनेका थिए । श्री ६ ( बाहुन ) हरुले श्री ५ राजालाई सर्व शक्तिमान बनाएर राख्नुको कारण पनि यही रहस्यमय कारण हो । नेपालको वास्तविकतालाई लिएर १९८५ मा एउटा पुस्तक लेखें नेपालको राजनीतिमा अदेखा सच्चाई (Hidden Facts in Nepalese Politics) नामको ।
यसको देस्रो संस्करण १९८८ मा प्रकाशित भएपछि म पक्रा परे । दुइवटा राजद्रोही मुद्दा लगाएर तीन बर्ष जेल काट्नु प¥यो । बहुदल फिर्ता भएपछि जेल मुक्त भएं, एउटा राजद्रोही मुद्दा थियो राजगद्दी ताक्यो भनेर र अर्को थियो साम्प्रादायिक भावना फैलायो भनेर – साम्प्रादायिक गरिरहेकाहरुले साम्प्रादायिक ग¥यो भन्छन् । कस्तो बिडम्बना यसै बर्षको मार्चतिर अर्को पुस्तक लेखें अस्तित्वको खोज मंगोलको र एमएनओमा पिएचडी (मंगोल नेशनल अर्गनाइजेशन)In Quest of Mongol Entity and PhD on MNO । यो पुस्तक मे महिनामा बजारमा आयो । सेप्टेम्बर ७ तारीक साँझ ५;३० मा पुलिसले यो पुस्तक मात्र होइन मेरो अध्ययन गर्ने कोठाको जम्मै पुस्तक, फायल, फोटो एल्बम लगायत टाइपराइटरसमेत उठाएर लग्यो ।
मेरो अनुपस्थितीमा मेरी बहिनीलाई नै लगेर बन्दगीको रुपमा बन्दी बनाउने काम ग¥यो र मलाई त्यसै दिनदेखि फेरि पनि राज्य विप्लवको मुद्दामा फसाउने षडयन्त्र भएकोले भूमिगत जीवन बिताउनु परेको छ । यसरी नेपालमा ब्यापक रुपमा साम्राज्यवादी नीति अपनाइएको पुग नपुग ४५० बर्ष भइसकेकोले र हामीमा महाभारत र रामायणको नीति अपनाइएकोले र शासकबर्गले हनुमान, सम्भुक, प्रलाद, सुग्रीव, विभीखण, एकलव्य मात्र बनाएकाले यस्ताहरुबाट शासन पद्धतिको र बाहुनबादी सामाजिक ब्यवस्था (हिन्दूबादी समाजिक ब्यवस्था) बुझ्नु नसक्नु नौलो कुरा होइन । त्यसमा पनि आफ्नो ऐतिहासिक तथ्य खोजी गर्ने खोजी गरेर लेख्न सक्ने र शताब्दीऔं पुरानो तगारो नाघ्ने र पर्खाल भत्काउने आंट गर्न सक्ने मान्छे देखिंदैन । यो भन्दा धेरै सजिलो अर्काको हतियार बनेर गाली गर्नु हुन्छ ।
मैले माथि लेखिसकेको छु सेतो टिका, रातो टिका र बिजय दशमीको (जितेको दिनको उत्सवको जन्म) जन्म भएको तथ्य, दशै) हामी अहिन्दू मंगोलहरुको निम्ती गिंडिएको महाकाल, महादशा, दुर्दिनको शुरुवात हो – यसैकारण यसै बर्षदेखि मंगोल नेशनल अर्गनाइजेसनका समस्त कार्यकर्ताहरुले र समर्थकहरुले हिन्दू मात्रको महान् चाडको दिन अहिन्दू मंगोलहरुले आफ्ना पुर्खाको दुर्गति भएको, गर्दन छिनेको र आफ्नो राष्ट्र गुमाउन परेको कालो दिनको बेरमाइलो संझनामा त्यसदिन कालो टिका लगाउने (ध्वासो, मोसोको) र यस कालो टिकाको पछि लुकेको रहस्यमय इतिहास आउँदो पिढीलाई बताइदिने दिनको थालनी गरेको छ ।
बिजयदशमी बाहुन क्षेत्रीको निम्ती रगतको प्रतीक रातो टिका लगाउने खुशीको दिन भएको भए तापनि हाम्रो निम्ति भने कालो दिन हो । हाम्रो पतनको दिन हो । बुद्धले अहिंसा भातृत्व र समानता छाडेर गएको छ र त्यसैको निम्ति सिदाहालाई देश निकाला गरिएको थियो । बुद्ध धर्मावलम्बीहरुलाई एकताका बर्तमान भारतको एउटा राज्यमा मृत्युदण्ड दिइएको थियो । भारतमा नै पनि जहाँ धर्म निरपेक्ष भनिन्छ र सम्राट् अशोकको (बुद्धिष्ट सम्राट्) स्तम्भको महत्वपुर्ण स्थान छ तर सेनामा बुद्ध धर्म बिषयमा मौनता छ । सायद सेनाको काम मर्ने र मार्ने भएकोले बिजय दशमीले त्यसैलाई प्रतिनिधित्व गरेकोले र बुद्धधर्मको प्रतिनिधित्व अहिंसाले गरेकोले पनि हुनसक्छ ।
यसपल्ट दोर्जेलिङे दशैंको टिका बिषयमा अखिल भारतीय बुद्धिष्ट संघले (All India Budhist Association) गरेको निर्णय स्वागतयोग्य छ र यो सही दिशातर्फ लम्केको छ भने सुनचरीमा निस्केको आजसम्म टिका र दशैंको लेखहरुमा सुबेदार मेजर वाइडी लामाको लेख सत्यताको धेरै नजदीक छ । लामाज्यूले एउटा स्पष्ट के बुझ्नु पर्छ भने जनजाति भनेको हिन्दू समाजकै अछुत जाति हुन् र मैले माथि पनि उल्लेख गरेको छु र यिनीहरुलाई भारतमा बनजारा (nomad) र फिरिंगे पनि भनिन्छ भने आदिबासी भनेको बसाई सरेर आएका (migrate ) हुन् ।
राई लिम्बुहरु पनि नेपालमा हिन्दू शासकको अधीनमा नपरुञ्जेल बुद्धिष्ट थिए र गोरुको मासु खान्थे । गोर्खाका घलेहरुले गोरुको मासुको कर तिर्नुपरेको (खानु नपाए पनि) मर्दापर्दा घले लामा नै लगाउने गरेको त आज पनि पाइन्छ । एवं रीतले काठमाण्डुमा बुद्धिष्टहरुमा गोर्मा खाने चलन बाँचेकै छ भने खम्बुवानमा गुम्बाहरु भत्किसकेको छैन । लिम्बुवानमा टोड्के राजा (भोटे) को दरवार गुम्बा र मानेको भग्नावशेष आज पनि छँदैछ । लिम्बुहरुले स्थापित गरेको अग्ला अग्ला ढुंगाको मौलो र बाछाबाछी काट्ने चाहिं केही होचा मौलाहरु आज पनि गर्वले ठडिएकै पाइन्छन् । हिन्दू साम्राज्यवादी शासनको कारण आफुले कुनै पनि बस्तु र संस्कार आफ्नो भन्नु नपाएर हिन्दुत्व स्वीकार्नु परे तापनि गोरुको मासु खाएको (खानु नपाए तापनि) तिते माछा र भीर मौरीको चाकाको कर तिरी नै रहनुपथ्र्यो ।
के यी सब तथ्य हिन्दुहरुको बेहद सोसन र निर्ममतापूर्वक अपनाइएको शासन होइन र अहिन्दू मंगोलमाथिको ? यी सब वास्तविकताहरु बीन लादेनको भन्दा कम छ ? नेपालमा हामी माथि भएको शोषण र दुर्गुणहरुले नेपाल बाहिर हामी के हौं हामीलाई थाहा छैन । यो रोग एचआइभी जस्तै भएर सरिसकेको छ र एडस पनि भइसकेको छ । नेपालमा साम्राज्यबादी हिन्दू शासक भएकाले नेपाल हिन्दू राष्ट्र बनाइएकाले तिनीहरुका हनुमानहरुलाई खेल्न सजिलो भएको छ र हाम्रोपट्टि चाहिं गहिरो अध्यान शुन्य डिग्रीमा र बुद्धि र बिचार दयनीय भएकोले पनि यसो भएको हो ।
नेपालबाहिरको नेपाली भनिने मंगोल जमातको राई र लिम्बु जमातले ओबिसी (Not other backward class but other than Bahun and Chettri) प्राप्तीको निम्ती आनन्द मनाएको पाइन्छ । ओबिसी भनेको हिन्दू समाजकै तल्लो श्रेणीका हुन् र बैश्य र शुद्रहरु हुन् । यस्तो श्रेणी बिभाजन हिन्दूबादमा बाहेक अरु धर्ममा हुँदैन तमु (गुरुङ) समाज र तामाङ समाजमा एक जमात (बगाल) छुट्टिएर हिन्दूबादकै एउटै शाखाको रुपमा शुद्र (कुकुर स्तरको पाप योनीको जात) भएर बस्नु चाख देखाउने र दशैं मनाउने, टिका लगाउन गर्व गर्ने पनि देखिएका छन् भने बुद्ध धर्मावलम्बीहरुलाई भोटे, बिदेशी, टिबेटबाट ओर्लेका लोहोसारे भनेर घृनात्मक दृष्टिले हेर्ने रे आफुलाई उपल्लो तहको ठान्ने ।
आपितु हिन्दू समाजमा आफ्नो सामाजिक स्थान खुट्याउनै नसक्ने स्तरमा पुगिसकेको जमात पाइन्छ भने अर्कोतिर ट्राइबलको लोभ छ र आफ्नोपनामा गर्व गर्ने हो भने बुद्धिष्ट भन्नुमा र भोटे भन्नुमा हच्कनुभएन । हिन्दू चाडबाड मानेर हिन्दू मन्दिर धाउनुमा गर्व गर्नुमा बडपन छैन । परन्तु भोटे, बुद्धिष्ट ट्राइबल, मंगोल भनेर आफुलाई आफ्नोत्वको परिचय दिंदा सानो केही नजान्ने बुद्धि विवेक नै नभएको पशु स्तरको चाहिँ होइन र हिन्दु भनेर आफु गदगद हुने, फुरुङ्ग हुने गर्दा साँच्चै जान्ने, ठुलो मान्छे होइने चाहिँ होइन ।
कसैले त्यस्तो सोच्दछ भने त्यो दासताको छाप हो र छाड्न सक्तैन भने डर बोकेको मानसिक्ता हो । एउटा सत्य कुरा के हो भने यी अहिन्दू अनार्यहरुले रातदिन हिन्दूको गुणगान गाएर हिन्दूकै देवदेवीको मन्दिरमा घण्टी बजाउँदै लम्पसार परे पनि उसको स्थान बैश्य, शुद्र (पाप योनीबाट जन्मेका) र जाति नै हो, ब्रम्हाको मुखबाट जन्मेका बाहुन र पाखुराबाट जन्मेका क्षेत्री चाहिँ होइन । रामको चाकरीमा ज्यान दिने हनुमानले पाएको तोक्मा पुच्छर नै हो ।
Note : डा गुरुङको यो लेख भारतको सिलगढीबाट प्रकाशीत हुने आजभोली दैनिकमा २६ जनवरी, २००३ प्रकाशीत साथै हिमालयन दर्पणमा पनि प्रकाशीत भएको थियो ।