बुद्ध धर्ममा अठार निकाय
भगवान शाक्यमुनि बुद्ध महापरिनिर्वाण भए पछि अठार निकायको उत्पत्तिक्रम -
बुद्ध परिनिर्वाणको ३१६ वर्ष जतिपछि काश्मीरको पुष्पावती नगरमा धर्मराज अशोक उत्पन्न भएका थिए। त्यसबेला पापी मारले भिक्षुको रूप निर्माण गरेर सङ्घमा महाफूट लगाएपछि सङ्घमा बुद्धवचनका विनय, सूत्र, आपत्ति र शिक्षाको आधारमा मतभेद हुनाले १८ निकायमा विभाजित भएका थिए ।
क) महासाङ्घिक-
सौत्रान्तिक (सूत्र धारण गर्ने) सिद्धान्तका मत राख्ने प्रायजसो साधारण वैदिक युवाकुमारहरू एक महासङ्घमा विभेद हुनेहरू हुन् ।
१. विभाजित महासायिक- सबैभन्दा पहिले विभाजित हुनेहरू हुन् ।
२. एक व्यवहारिक- बुद्धले ज्ञेयधर्म सबै क्षण क्षणमा बोध (ज्ञान) गर्नुभएको भन्ने मत राख्नेहरू हुन् । बुद्धले सांसारिक धर्म धारण गर्नुहुन्न भन्दछन्, त्यसैले निर्वाणवादी हुन् ।
३. लोकोत्तरवादी- बुद्धले लोकधर्म धारण गर्नुहुन्न भन्नेहरू हुन् ।
४. बहुश्रुति- बहुश्रुति आचार्यको अनुशरण गर्नाले ।
५. शाश्वतवादी- संस्कृतधर्म परीक्षण गर्दा भाग परमाणुमा नित्य बताउनेहरू हुन् ।
६. चैत्यवादी-चैत्य भएको पर्वतमा निवास स्थान बनाउनेहरू हुन् ।
७. पूर्वशैल-पुष्पावतीनगरको पूर्वको शिलापर्वतमा निवास गर्नेहरू हुन् ।
८. अपरशैल- उत्तर दिशाको शिलापर्वतमा निवास गर्नेहरू हुन् ।
ख) स्थविरवादी:-
वैभाषिक सिद्धान्तका मत राख्ने केही अल्पमात्रा विनयधर वृद्धहरूको एक समूहमा विभाजन भई विनयको अनुशरण गर्नेहरू हुन् । स्थविरको गोत्र हुनाले स्थविरवाद ।
९. हैमवत्- हिमालय पर्वतमा निवास (विहार) गर्नेहरू हुन् ।
१०. सर्वास्तिवादी- त्रिकाल र पञ्चाधार द्रव्यसत् मान्नेहरू हुन् ।
११. हेतुवादी- उत्पत्ति भएका र हुनेवाला सबै हेतुयुक्त छन् भनी बताउनेहरू हुन् ।
१२. वात्सीपुत्रीय– परिव्राजिका वात्सीयका पुत्र, बुद्धले यता आऊ (भिक्षु हुने एक प्रक्रिया) भनी भिक्षु बनेका, त्रिशरण गएका र अनभिलाप्य आत्मा स्वीकार गर्नाले हो ।
१३. परम धर्मवादी- आचार्य धर्मोत्तमले अनुदेशना गर्नाले ।
१४. भद्दीयमार्गी- आचार्य भद्दीयको अनुशरण गर्ने अनुयायीहरू ।
१५. सर्वसम्मतीय- आचार्य सर्वसम्मतिले परम्परा देशना गर्नाले ।
१६. सम्मतीशास्ता- धेरै प्रजाहरूलाई भव उत्पन्न नहुने देशना गर्नाले ।
१७. धर्मशास्ता- आचार्य धर्मगुप्तले धर्मदेशना गरेको कारण 'धर्मगुप्ता' ।
१८. सुवर्षवादी - सद्धर्मको सुवर्षा गरिएको कारण ।
१८ निकाय बाहेकका अन्यनिकाय-
#विभङ्गवाद— त्रिकालबाट फल उत्पन्न हुने केही कर्म विद्यमान नहुने र फल नदिने केही कर्म विद्यमान हुने बताउनाले ।
#रक्तवस्त्रधारी- रक्तवस्त्रधारीको परम्परा देशना गर्नाले ।
#काश्यपवाद- आचार्य काश्यपको अनुसरण गर्ने कारण।
#गुरुवादी- आचार्य गुरु हुनाले ।
#संक्रान्तिवाद - इहलोकबाट परलोकमा पुद्गलहरू संक्रान्ति हुनाले ।
#जीवित निकाय- वर्तमान जम्बुद्वीपमा १८ स्थविरमध्ये २ निकाय जीवित रहेका छन् ।
तीबाहेक अन्य सबै विलुप्त भएका छन् । धर्मपालबाट परम्परागत धारा निरन्तर फैलिएको स्थविरहरू चीन, जापान, कोरिया आदिमा हालसम्म फैलिरहेका छन्। गेदुन छोफेलको जीवनीमा "सिंहलका स्थविरवादी र हिमालयका सर्वास्तिवादी दुई मात्र जीवित रहेका छन्” भन्नुभएको छ ।
अठार निकायहरूलाई चार वर्गमा समावेश गर्दा-
१)सात मूलसर्वास्तिवादी :- १.मूलसर्वास्तिवादी, २.काश्यपीय, ३.महीशासक, ४.धर्मगुप्त, ५.बहुश्रुती, ६.ताम्रशाटीय एवं ७.विभज्यवादी। भिक्षु शीलसंवरको धारा राहुलबाट परम्परा प्रणयन भएको हो ।
२)पाँच महासाचिक:- ८. पूर्वशैल, ९.अपरशैल, १०.हैमवत्, ११.प्रज्ञप्तिवादी, १२.लोकोत्तरवादी । भिक्षु शीलसंवरको धारा स्थविर काश्यपबाट परम्परा प्रणयन भएको हो ।
३)तीन स्थविरवादी- १३.जेतवनीय, १४.अभयगिरिवासी र १५.महाविहारवासी भिक्षु शीलसंवरको धारा आर्य कात्यायानबाट परम्परा प्रणयन भएको हो ।
४)तीन सम्मतीय:-१६.कौरुकुल्लका, १७.अवन्तक र १८.वात्सीपुत्रीय। भिक्षु शीलसंवरको धारा आर्य उपालीबाट परम्परा प्रणयन भएको हो ।
[स्रोत :- चिन्तामणि कोश:- सिद्धान्तसार ]
बुद्ध धर्ममा अठार निकाय
Gurkhas Online Tv२६ मंसिर २०७९, सोमवार
प्रतिक्रिया