"मंगोल भन्नमा गर्व गरौं विलम्ब नगरौं"

Gurkhas Online Tv
Gurkhas Online Tv२८ मंसिर २०७९, बुधवार

स्रोत: मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रीकाको वेबसाईट (सम्पादकीय )

मंगोल भन्नमा गर्व गरौं विलम्ब नगरौं।

नेपाली राजनीतिमा अदेखा सच्चाई नामक बिद्रोही पुस्तक लेखेकै कारण राजगद्दी ताक्यो-साम्प्रदायिकता फैलायो भन्ने आरोपमा एम एनओ संस्थापक ड.गोपाल गुरुङलाई पक्राउ गरेका थिए । तात्कालीन पंचायती राजाको सरकारले सन् १९८८ अगष्ट ३० का दिन तीन बर्षको जेल चलान गरेको थियो । जेल चलान भएको ठीक ४ महिनामा सन् १९८९ जनवरी १ मा भद्रगोल जेलभित्र एम एनओ जन्माउनु भएको थियो । एम एनओ जन्मेको ठीक १ वर्षपछि बहुदल फर्कियो । बहुदल त नेपालमा २००७ सालमै आएको थियोे तर २०१७ सालमा तात्कालीन राजा महेन्द्र शाहले बहुदल खाइदिएको थियोे । बहुदल फर्किसकेपछि सबै राजनीति दल र नेताहरु फुकुवा भए । जेलमा रहेका नेताहरु पनि रिहा भए । नेताहरु रिहा हुने क्रममा ठीक २०४६ चैत्र ३१ गते अर्थात तद्नुसार सन् १९९० अप्रिल १३ मा एमएनओ संस्थापक ड.गोपाल गुरुङ जेलमुक्त हुनु भएको थियोे । यो एउटा ठुलो उपलब्धि भएको र जित भएको दिन थियोे ।

यसकारण हामीले यस तीथिलाई स्मरण गर्दै उत्सवको रुपमा मनाउँदै जानू पर्छ ताकि आउने पींडीहरुलाई संस्थापक ड.गुरुङले देश, समाज र भावि सन्ततिहरुका लागि गर्नु भएको संघर्ष, त्याग र समर्पणको बिषयमा थप जानकारी हुनेछ। जो ब्यक्ति आफूले जित्नका लागि नभएर अरुलाई जिताउने प्रकारको लडाइँ लडेको हुन्छ । त्यस्तो लडाइँ लड्ने ब्यक्तिले कहिल्यै लडाइँ हारेको हुँदैन । उसले लडाइँ हमेसा जितेकै हुन्छ। त्यस्तो लडाइँ लड्ने महापुरुषहरुको शुचि हेर्ने हो भने उदाहरणको रुपमा हामीले अमर ड.गुरुङलाई पाउन सक्छौं । लडाइँमा हराउनका लागि सिडियो, अञ्चलाधिस र राजदुत जस्ता पद र पैसा दिएर उनलाई हराउनु खोजियो । तर उहाँको स्पष्ट लक्ष्य र स्पष्ट उद्देश्य थियो, म खानलाई र बन्नलाई राजनीति गरेर बसेको होइन, म बनाउनलाई राजनीति गरेर बसेको हो भन्ने थियो । यसकाण यो लडाइँमा ड.गुरुङको ८० प्रतिशत जित भयो । अब रहेको २० प्रतिशत लडाइँ यहाँका मुलवासी मंगोलले जित्नका लागि अन्तिम निर्णय गर्नु पर्ने बेला भइसकेको छ । अन्तिम निर्णय गर्नु सकिएन भने लडाइँ जित्नुको सट्टा हिन्दु आर्यहरुको दासत्व स्वीकारेर पहिलाको जस्तै दु:ख, पीडा, आँसु रोदन, बेदना, भेदभाव र थिचो मिचो सहेर जिन्दगी बिताउनु पर्ने हुन्छ ।

यसोसले अब यहाँका मुलवासी मंगोलले एकपटक दुई कान बीचको सर्बोच्च शक्तिशाली दिमागलाई छोएर अर्थात साक्षी राखेर प्रण गर्नु पर्ने समय आइसकेको छ। हामी आफ्नै देशमा किन अस्तित्व बिहिन छौं ।, हामीले दिमागलाई प्रयोग नगरेर हो । हामी किन अधिकार बिहिन छौं ? दिमाग प्रयोग नगरेर । हामी किन मूल्य विहिन प्राणी जस्तो छौं, दिमाग प्रयोग नगरेर हो । अब अस्तित्वमा बाँच्नलाई दिमाग प्रयोग गर्छु, अधिकारमा बाँच्न र बचाउन दिमाग प्रयोग गर्छु । मुल्यवान प्राणी भएर बाँच्नलाई दिमाग प्रयोग गर्छु। कसैको वहकाउ र लहै लहैमा लाग्दिन अमर ड.गोपाल गुरुङले देखाउनु भएको बाटोमा हिंड्छु भनेर प्रण गर्ने कुरामा यहाँका मुलवासी मंगोलले किन ढिला सुस्ति गर्ने ?

प्रतिक्रिया