पेटको राजनीति गर्ने हो कि अस्तित्वको?
नेपालका अहिन्दु मुलवासी मंगोलहरुले अब देश हाँक्नको लागि महान उद्देश्य लिएर ठूलो सपना देख्न सक्नु पर्दछ। स-साना उद्देश्य र सानो सपना बोकेर हिंडदा त्यो सपना पुरा भएपछि अगाडी जाने कि पछाडि फर्किने हो दोधारमा परेर अलमलिनु पर्ने हुन्छ। यो स्थिति ठ्याक्कै आज आएर नेपालका मुलवासी मंगोलहरुमा देखा परेको छ। पेटको लागि राजनीति गर्ने होकि ! मंगोल अस्तित्वको लागि गर्ने हो ? कठोर निर्णय लिन नसकेर यो दोबाटोमा आइपुगे पछि मंगोल अस्तित्व प्राप्तिको अभियान अड्किएको जस्तो देखिन्छ । यस्तै गरी एम एनओ संस्थापक अमर ड.गोपाल गुरुङको जिन्दगीमा पनि दुईवटा बाटाहरु देखा परेका थिए । 3 जना बाबुहरु ( टिबी गुरुङ, डम्बरसिंह गुरुङ र अरि बहादुर गुरुङ ) हिंडेको बाटोलाई ठीक मान्ने कि ! हिन्दु आर्य शासकहरुले हिंडेको बाटोलाई सही मान्ने ! बुबाहरुले हिंडेको बाटोमा हिंडदा भोको पेट बस्नु पर्ने थियो भने हिन्दुआर्यले हिंडेको बाटोमा हिंडदा चौरासी ब्यन्जन खान पाइने बाटो थियो। यस बिषयमा कुन बाटो रोज्ने हो ? कठोर निर्णय लिनु पर्ने भइसकेको थियो । यसको निमित्त नेपालमा ड.गुरुङले 52 बर्ष सम्म रिसर्च गर्नु पर्यो । तब मात्र वास्तविक रोग पत्ता लाग्यो र बाबुहरुले हिंडेको बाटो नै ठीक ठहरिए । त्यसपश्चात कठोर संघर्ष, जेलनेल र भुमिगत जिवन भोगिसकेपछि मात्र महान बने। एवं रीतले नेल्सन मण्डेलाको जिन्दगीमा पनि दुइवटा बाटाहरु देखा परेका थिए। बाबु गोरा आर्य साम्राज्यवादीहरुको पिच्छलग्गु भएर हिंडेका थिए। यसकारण बाबुले अंगालेको बाटो ठीक हो या आफुले हिंडेको बाटो ठीक हो ? यस बिषयमा गहिरो खोज-अनुसन्धान पछिको निर्णय र लामो समय सम्मको संघर्ष र यातना पछि मात्र उनी महान बन्न पुगे। सिदाहाको जिन्दगीमा पनि बाबू सुद्धोधान हिन्दुआर्यहरुको चंगुलमा फसेका थिए।अन्तिम परिक्षणको रुपमा बाबुले हिंडेको बाटो र आफुले हिंडेको बाटोमा कुन बाटो ठीक हो ? यसबारेमा निर्णयमा पुग्न रिसर्च गर्नु पर्यो। 6 बर्षको कठोर खोज-अनुसन्धान पछि मात्र तथ्य फेला परेर उनी महामानव बुद्ध बन्न सफल भए। एवम् प्रकारले नेपालका मुलवासी मंगोलहरुका सामुने पनि यसबेला दुइवटा बाटाहरु देखा परेका छन्। एउटा कठोर बाटो छ, जुन बाटोले मालिक बनाउँछ। अर्को बाटो सजिलो छ तर त्यो बाटोले कमारा बनाउँदैछ। यसकारण मुलवासी मंगोल भन्ने कि ! आदिवासी, जनजाति भन्ने ! यस बारेमा युगपुरुष अमर ड.गोपाल गुरुङ ज्युले राजनीतिक चेतनशील बन, मुलवासी मंगोल भन ! एम एनओमा आबद्द भएर उठ, जुट, जुझ आफ्नो देशको आफैं मालिक हुन्छौ, हरा भरा भएर फल्छौ, फुल्छौ भन्नु भएको थियो। यसको निमित्त लडिदिएर जानु भएको हो। यो अर्तीको रुपमा आएको सन्देश हाम्रा लागि कतिको उपयोगी छ ? यो अर्तिलाई कसरी ग्रहण गर्न सकिन्छ यसै बिषयमा अहिले हामी एम एनओमा आबद्द भएर रिसर्च गर्दैछौं। यसर्थ ड.गुरुङ ज्युले देखेको र भविष्य वाणी गरेर जानु भएको सपना पुरा गर्नको एम एनओमा आबद्ध हुने नेता तथा कार्यकर्ताहरुले 5 बर्ष जति एम एनओको लागि समय समर्पण गरेर कठोर परिश्रम र संघर्ष गरेर चुनौतिको रुपमा हाम्रो सामु आएको यो अग्नि परिक्षामा खरो उत्रिनुको बिकल्प छैन। यसो गर्न सकेको खण्डमा एम एनओ प्रतिको गहिरो खोज-अनुसन्धान पुरा भएर अवश्य पनि उपाधी हात पर्नेछ।