आजको आवश्यकता राजनैतिक चेतनशील परिवार र मंगोल नेता

Gurkhas Online Tv
Gurkhas Online Tv२ पुष २०७९, शनिवार

स्रोत: मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रीकाको वेबसाईट(सम्पादकीय)

आजको आवश्यकता राजनैनिक चेतनशील परिवार र मंगोल नेता

1 जनवरी 1989 को दिन मंगोल नेशनल अर्गनाइजेशन नाम जुराएर यसको घोषणापत्र, स्यालुट र झण्डा तयार गरेर काठमाडौंको भद्रगोल जेल भित्र युगपुरुष ड गोपाल गुरुङले एमएनओ जन्माउनु भएको थियो। त्यहाँ रहेका सबै कैदीहरु लगायत कर्मचारीहरुलाई समेत भेला पारेर धुपवाती गरेर मिठाई बांडेर यो मेरो संगठनले निरंकुश पंचायती राजतन्त्रात्मक ब्यवस्था ढालेर छाड्नेछ भनेर वहांले उद्घोष समेत गर्नु भएको थियोे। नभन्दै एमएनओ खोलेको लगभग बर्षदिन पुग्दा नपुग्दै सन् 1990 मा निरंकुश पंचायती ब्यवस्था ढलेर बहुदलिय ब्यवस्था फर्किएको थियो। शुरु-शुरुमा ड गोपाल गुरुङले यो मुलुकमा लोकतन्त्र,धर्मनिरपेक्ष र प्रान्तीयता ल्याउने भनेर लड्नु भएको लडाइँ र देख्नु भएको सपना कहिल्यै पूरा नहुने र हुनै नसक्ने भन्नेहरु मात्र थिए । साथ र सहयोग गर्नु त कता हो कता? असम्भव देख्नेहरु मात्र थिए। आफुले देखेको सपना पूरा गर्ने अभियानमा कैयौं पटक हण्डर र ठक्कर खानु पर्यो। जेलनेल सहनु परयो, भुमिगत भएर बांच्नु पर्यो, सर्बस्व हुने गरि लुटि माग्नु पर्यो, अनेकौं धाक धम्की र भुक्तमानहरु सहनु परयो। देशका मंगोल युवापिंडीहरुमा मंगोल दर्शनका कुरा नसरुन्जेल सम्म कैयौं निरासाका दिन र रातहरु बिताउनु पर्यो। युवाकाल देखि राजनीतिक जीवन शुरु गरेर बृद्धअबश्थामा प्रबेश गरेर कपाल सेताम्य हुन्जेल सम्म मंगोल अस्तित्वको लागि लड्नु परयो। तर पनि हतास हुने र हरेश खाने काम वहांबाट कहिल्यै भएन। निरन्तरताको लडाइँ र दिर्घकालिन प्रतिक्षा पछि सुषुप्त अवस्थामा चेतना बिहिन भएर सुतेको मंगोल समाज ब्युंझन थाल्यो। एवमरीतले चारै तिर मंगोल अस्तित्वको आवाज र लोकतन्त्र, धर्मनिरपेक्ष,प्रान्तीयताको नाराहरु घन्किन थाल्यो। तिनै नारा र आवाजहरु बुलन्द भएर 062/063 को जनआन्दोलनमा परिणत भयो। फलस्वरूप जनआन्दोलन सफल भएर मुलुकले लोकतन्त्र -धर्मनिरपेक्ष प्रान्तीयता पायो। मुलुकमा राजनीति परिवर्तन आए संगै 18 बर्ष पछि एमएनओले पनि 2064 मा निर्वाचन आयोगबाट दर्ता पायो। अब यो मुलुकमा लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयतालाई मजबूत बनाउन र संस्थागत गर्नका लागि पनि दरिलो पाइलो टेक्नु आवश्यक भएको छ। यसको निम्ति देशका मुलवासी मंगोल युवापिंडीहरुको कांधमा ठूलो जिम्मेवारी आइसकेको छ। यस मुलुकमा लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयता बिरोधी तत्वहरुलाई जरैदेखि उन्मुलन गर्नको निम्ति ड गुरुङको क्रान्तिकारी रगत मंगोल युवापिंडीहरुको नसा नसामा बग्न,तातिन र उम्लिन आवश्यक छ। त्यसपछि मात्र गाउंवस्ति,कुना कन्दराहरुबाट मंगोल राष्ट्रवादका अग्नि ज्वाला र लाभाहरु निस्केर आउनेछ। तब मात्र यश मुलुकमा हामीले सोचेको र देखेको सपनाहरु पूरा हुँदै जानेछ। यसोसले अब प्रत्येक मुलवासी मंगोलको घरलाई राजनीतिक चेतनशील घर बनाउंदै लैजानु आवश्यक छ। प्रत्येक घरबाट मंगोल नेता जन्माउने उद्देश्य लिइएर हिंडनु जरुरी छ। जुनसुकै चुनावहरुमा मुलवासी मंगोलहरुले भाग लिने गरेर मात्र होइन पुरै तन मन धन र शारा साधन शक्तिको श्रोत लगाएर अप्रत्याशित नतिजा ल्याउने बेला भइ सकेको छ। चुनाव जितेर गई सकेपछि बारम्बार देश र जनता प्रति धोका दिने दल र नेतालाई चुनावमा गाउँ गाउंबाटै पत्तासाफ गराउनु आवश्यक छ नत्र यिनीहरुलाई फेरि पनि जिताउने काम भने मुलुकले कांचुली फेर्नुे होइन,मुलुकको समस्या ज्युंका त्युं रहिरहन्छ। यसकारणले पनि अब एमएनओ पोलिसी बनाउने ठाउंमा पुग्न आवश्यक छ। शक्तिमा पुगि सकेपछि मात्र राष्ट्र अन्तरास्ट्रिय जगतमा नेपालका मुलवासी मंगोलहरुको इज्जत र मान सम्मान हुन थाल्छ। मंगोललाई हेर्ने, खोज्ने र सोध्ने बाध्यता पर्न थाल्छ। अबको चुनावमा पहिला पहिलाको जस्तो पैसामा र दुईचार चोक्टा मासु र रक्सीमा बिकेर निम्नकोटीको परिचय दिन मंगोलहरुले सुहाउँदैन। अब पनि चुक्यौं र आफुले आफुलाई चिन्न सकेनौं भने हामीलाई हाम्रा छोराछोरी हरुले धिक्कार्ने छन। हनुमाने गिताङे पुच्छरे भनेर हाम्रो कठालो समाउने छन्। थुक्नेछन् त्यसै छाड्ने वाला छैनन्। यो एक्कईसौं शताब्दी हो। टेक्नोलोजी र संचारको युग हो, एकै छिनमा दुधको दूध पानीको पानी छुट्याउने सामर्थ्य राख्दछ। मंगोलहरुको हक हित अधिकार र अस्तित्वको बिषयमा बहस गर्न र मंगोल, अहिन्दु, मुलवासी शब्दहरूको ब्याख्या र बिश्लेषण गर्नका लागि एमएनओलाई जिताएर संसदमा पठाउनुको बिकल्प छैन।

प्रतिक्रिया