गोपाल गुरुङ ईन्टरनेशनल फिगर

Gurkhas Online Tv
Gurkhas Online Tv११ असार २०७९, शनिवार

ड.गोपाल गुरुङ, फाउण्डर प्रेसिडेन्ट, एम.ओ.

ड.गाेपाल गुरूङकाे चर्चित भनाइहरू

मुलवासी मंगाेलहरूकाे नेता २१ अाैं शताब्दीका युगपुरूष ड.गाेपाल गुरूङकाे भाैतिक शरीर नरहेकाे भएतापनि उहाँका चर्चित भनार्इहरू समस्त मुलवासी मंगाेलहरूले पवित्र मन्त्रकाे रूपमा उच्चारण गर्नेछन् । भाैतिक शरीर हुँदा जीवनमा खेप्नुपरेका भाेग्नुपरेका भाेगाइहरू र अप्ठ्यारा चुनाैती बाधाहरूकाे बीच अाफ्नाे मुलवासी समाज साथै राष्ट्रकाे हितमा अमुल्य जीवनलार्इ समर्पण गर्ने एक दुरदर्शी महान् नेताकाे विभिन्न समय र परिस्थितमा दिइएका  अभिव्यक्ति, भनाइहरू प्रेरणाकाे श्राेत बन्न सक्नेछन् । निदाइरहेका मंगाेलहरूलार्इ ब्यूझाउँदा खराे तर प्रेरणादायी भनाइहरू उहाँका मुखारविन्दबाट सुनिन्थ्याे । उहाँका चर्चित र मननयाेग्य अभिव्यक्ति फरक-फरक समयमा विभिन्न पत्र-पत्रिका दिएका अन्तरवार्ता पुस्तक,पर्चा, भाषणबाट संकलन गरिएकाे हाे । उहाँका चर्चित भनाइहरू यसप्रकार रहेका छन् ।    

  • - राजनीतिक शक्ति भनेकाे सबै प्रकारकाे ताला खाेल्ने चावी हाे ।

  • - म अत्यन्त दुखी भए पनि यस धर्तीमा जन्मेकाहरू मान्छेजस्ताे भएर बाँच्न पाउन्, बाँचेकाे मान्छे जस्ताे भएर हाँस्न,खेल्न सकुन्, बसन्त ऋतुकाे फूलझैँ फक्रन पाउन् किनकि, यस बाहेक न उसकाे कुनै जन्म थियाे, न त अर्काे जन्म नै हुनेछ, मेराे निम्ति कुनै र्इश्वर छैन, म न भाग्यमा विश्वास गर्छु, न त स्वर्ग र नर्गमा नै बिश्वबाँस गर्छु । यी सबै काल्पनिक हुन् । लाेभ र डर देखाएर ठगी खाने प्रपञ्च हुन् मेरा निम्ति ।

  • - समस्त मुलवासी मंगाेल हाे, ब्यूँझ,उठ, जुट,अब अस्तित्वकाे निम्ति प्राणकाे बाजी लगाएर अघि बढ । किनकी यहाँ मुट्ठीभर पाखण्डीहरूलार्इ पद र पैसाकाे लाेभ देखाएर सबै अहिन्दु मुलवासी मंगाेललार्इ हिन्दु समाजकाे अतिशुद्र (दलित) बाहुनकाे पैताला देशै नहुने फिरिङ्गे जमात जनजाति बनाउने भनाउने दुष्ट षड्यन्त्र विखालु महाजाल विछ्याइरहेकाे छ । कुमार्इकाे घुमार्इ क्षेत्रीकाे जाल, अायाे बाबै मंगाेलकाे काल भने झैँ भएकाे छ, अब लड्नु परे लड्नुपर्छ तर अघि बढ्नुपर्छ । याे लडाइमा निश्चितरूपमा हामी विजय हुनेछाैँ  र याे लडाइँमा अाफ्नाे भूमिमा अाफ्नाे भावी सन्ततिकाे उज्ज्वल र सुरक्षित भविष्यकाे निम्ति  हुनेछ । हामीले शताब्दीयाैँ लडिदियाैँ, रगत बगाइदियाैँ, मर्याैँ केवल अर्काकाे निम्ति । 

  • - मेराे मृत्युपश्चात कसैले कुनै कर्मकाण्ड गर्नुपर्दैन, म चाहन्छु, म मरेपछि जसरी जुन रूपमा मरेकाे हुन्छु त्यसलार्इ जस्ताकाे तस्तै खाडलमा पुरिदिउन् । मेराे प्रत्येक भेटलार्इ विदाइ भेट सम्झिदिनु। मेराे प्रत्येक विदाइलार्इ सम्झनाकाे विदार्इ सम्झिदिनु । 

  • - म १९७२ देखि लगातार लड्दै अाएकाे अस्तित्व गुमाएर विश्वभर छरिएर बस्न बाध्य बनाइएका नेपालका अहिन्दु मुलवासी मंगाेलका भावी पीडिकाे उज्ज्वल भविष्य र अस्तित्वकाे निम्ति हाे । चाहे जुनसुकै पार्टी र पेशासँग सम्बन्धित हाेस् । 

  • - म अाफ्नाे अस्तित्वकाे निम्ति लडिरहेकाे छु र लड्छु पनि, मेरा निम्ति पैसा भन्दा ठूलाे कुरा हाे अस्तित्व । 

  • - म सबै सम्प्रदायसँग सद्भावना चाहन्छु तर डराएर अस्तित्व गुमाएर हाेइन । 

  • - बाहुन क्षेत्रीमा भारतमा नेपाली हाेइनन्, यदि उसकाे नागरिकता छैन भने ।

  •    - भानुभक्तलार्इ अादिकवि मान्नु र भन्नु मुर्खता हाे । उ कवि हाेइन, उ त रामायण उल्था गरेर रामलार्इ हिराे बनार्इ प्रचार गर्ने उल्थाकार र प्रचारक मात्र हाे ।

  • - अहिन्दु मुलवासी मंगाेलहरू राष्ट्रभित्रका राष्ट्रहरू हुन् । 

  • - हामीलार्इ पछाैटाइयाे, अशिक्षित बनाइयाे , कमाइ खाने भाँडाे मात्र बनाइयाे, सर्वहारा बनाइयाे, अाफ्नाे मुलुकमा शरणार्थी झैँ बनाइयाे किन कि, राजनैतिक बागडाेर हिन्दु अार्य बाहुन क्षेत्रीहरूकाे हातमा पर्याे । 

  • - सहि अर्थमा र गहिरिएर हेर्ने क्षमता भएकाे खण्डमा नेपालमा काेही पनि कम्युनिष्ट छैन । 

  • - लाेकतन्त्र, धर्मनिरपेक्ष, प्रान्तीय शासन बिनाकाे नेपाल अहिन्दु मूलबासी मंगाेल अहिन्दु बुद्धिष्ट, अहिन्दु सिख, मुसलमान र किस्चियनहरूकाे सामुहिक चिहान हाे। साम्राज्यवादी हिन्दु अार्यहरूकाे निम्ति स्वर्ग हाे। 

  • - जनजाति ( Nomad Gypsy, Horde) भनेकाे भारतकाे चिताैडबाट लखेटिएका शरणार्थी बनी नेपाल पसेका बन्जारा फिरिङ्गे, घुमन्ते अत्यन्त अल्पसंख्यकहरूकाे झुण्ड हाे । जनजाति भनेकाे बाबु हिन्दु, अार्य, अामा मंगाेलबाट जन्मेका वर्णसंकर खच्चड ( Hybrid) सन्तानकाे जमात हाे । मुलवासी मास्ने साम्राज्यवादी बाहुन क्षेत्री हाँस्ने दरबारीया षड्यन्त्र हाे, नक्कली अनुहारकाे सक्कली अनुहारकाे सक्कली किटाणु हाे । 

  • - अब तिमी अाफ्नाे र अाफ्ना सन्तानकाे उन्नति चाहन्छाै, सुरक्षित भविष्य र उज्ज्वल भविष्य चाहन्छाै भने खाटी मंगाेल बन-निर्भिकताका साथ अहिन्दु मूलवासी  मंगाेल बन-मंगाेल भन-ज्यूँदाे सन्तान झैँ बन । ज्यूँदाे मंगाेल जस्तै भएर बाँच । ज्यूँदाे मंगाेल जस्तै भएर बस । 

  • - बुद्ध थारू हुन् । थारू मुलवासी मंगाेल हुन् । (बुद्धकाे नाम सिदाहा हाे । उनलार्इ हिन्दु अार्यनकाे षड्यन्त्रकाे कारण देश निकाला गरिएकाे थियाे । 

  • - म न माअाेवादी, न त कम्युनिष्टवादी हुँ, म त २१ अाैँ शताब्दीकाे क्रान्तिकारी विचार बाेकेकाे मंगाेलवादी हुँ । 

  • - मेराे राजनीतिक लडार्इ भनेकाे साम्राज्यवादी हिन्दु अार्य बाहुन क्षेत्रीहरूले ४५० वर्षदेखि नेपालमा अपनाउँदै अाएकाे वर्णभेदी नीतिविरूद्धकाे लडार्इ हाे । अागामी पीडितकाे उज्ज्वल र सुरक्षित भविष्यकाे निम्तिकाे लडार्इ हाे, याे लडार्इमा म बलिदानी हुनु परे पनि हच्कन्न । 

  • - म मंगाेल अस्तित्व र मुक्तिकाे निम्ति पसिना माग्छु पसिना देउ, रग माग्छु रगत देउ, म तिमीलार्इ साम्राज्यवाद हिन्दु अार्यकाे दासत्वबाट मुक्त गरार्इ अाफ्ना भाग्यरेखा अाफैले लेख्न सक्ने ज्यूँदाे मान्छे भएर बाँच्न सक्ने वरदान पाउने लडार्इ लडिदिन्छु । 

  • - अस्तित्व विहीन हुनु भनेकाे िकरा फट्याङ्ग्रा सरह हाे, जसलार्इ न बाँचेकाे थाहा छ, न त मरेकाे । 

  • - मेराे राजनीति र दर्शन बुझ्न भगिरथ तपस्या गर्नुपर्छ ।…...तिनीहरूले बुझेकाे भनेकाे सानाे पद र अलिकति पैसा हाे तर अबकाे युवा पीडिले बुझ्छन् मेराे कुरा र जुट्छन् । संगठनात्मक रूपमा मेराे जित निश्चित हुन्छ, त्याे दिगाे र दिर्घजीवी हुन्छ । 

  • - हिन्दुहरू शक्ति भएका पुरूष र नारी मात्र हाेइन तिनका, लिङ्ग र याेनी समेत पुज्ने जात हुन् । तिनीहरूले ढुङ्गालार्इ पुज्ने गरेर तिनका हृदय समेत ढुङ्गाकाे जस्ताे छ । 

  • -म त्यसै पनि गरिब मान्छे, गरिबकै संघर्ष गर्दै थिएँ र म गरिब नै रहन्छु । 

  • - काेही मान्छेकाे अनुहार मुलवासी मंगाेलकाे भएस पुग्दैन, उसकाे मुटु मुलवासीकाे हुनुपर्दछ । 

  • - साम्राज्यवादी हिन्दु अार्यहरूद्वारा सञ्चालित जुनसुकै पार्टी भए तापनि झण्डा र नारा मात्रै फरक हुन्छ परन्तु तिनीहरूकाे मुल लक्ष्य एउटै हुन्छ हाम अहिन्दु मुलवासी मंगाेललार्इ हनुमान र खेताला बनाउनु, जुझाउनु, फुटाउनु, परस्परमा लडाउनु, हिँडाउनु र हामीलार्इ पतन गराउनु हाे । 

  • - हाम्राे उन्नतिकाे एकमात्र उपाय हाे-मंगाेल नेशनल अर्गनाइजेशनमा जुट्नु साझा शत्रु चिन्नु, चिनाउनु र लड्न सक्नु ।

  • - अस्तित्वविहीन बाँच्नु भनेकाे दासत्व स्वीकार्नु हाे, पशुतुल्य  बाँच्नु हाे ।

  • - हामी दयामा हाेइन, न्यायमा बाँचाैँ, दया हाेइन न्याय खाजाैँ । 

  • - मेरा अघि ठुल्ठुला चुनाैतीहरू छन् । जुन चुनाैतीहरूसँग भावी पीडिकाे सुरक्षित र उज्ज्वल भविष्य गाँसिएकाे छ ।

  • - हिन्दुवाद भनेकाे ढुङ्गालार्इ दुध र मान्छेलार्इ मुत खुवाउने संस्कार बाेकेकाहरूकाे हाे । 

  • - मरेकाे जस्ताे भएर बाँच्नु भन्दा मरेर पनि सदा सदाकाका लागि बाँच्नु नै वास्तविक जिन्दगी हाे । 

  • - डरपाेक मानिस जीवनमा हजाराैँ पटक मर्छ तर निडर एक पटक मर्छ र हजाराैँ वर्ष बाँचिरहन्छ । 

  • -जन्मनुकाे अर्थ मर्नु हाे तसर्थ अर्थपुर्ण मृत्युसँग नडराउ । 

  • - मैले अत्यन्त कष्टपुर्ण जीवन भाेगें तर  म अाफ्नाे मंगाेल समाजलार्इ कष्टपूर्ण जीवनबाट मुक्त गराउँछु । 

  • - मैले अाफ्नाे मंगाेल समाजकाे निम्ति, अाफ्नाे मुलुककाे उज्ज्वल भविष्यकाे निम्ति ठुलाे धैर्य र त्याग गरें । 

  • - मलार्इ संसारले चिन्याे तर नेपाली जनताहरूले चिन्न सकिरहेकाे छैन जसकाे निम्ति मैले मेराे जीवन समर्पण गरें, उनीहरूकाे दुर्दिन त्यसैकाे परिणाम हाे । 

  • - मेराे विचार र दर्शन एड्भान्स भएकाेले तिमीहरू जस्ताे नयाँ पीडिहरूले मात्र बुझ्न सक्छ । 

  • - मैले मेराे जस्ताे चेतनाविहिन समाजलार्इ गाली गर्नु व्यर्थ छ, याे लडार्इ, गालीगलाैँजले मात्र पुरा हुँदैन, चेतना छर्नुपर्छ । 

  • -मेरा दाजुभार्इ, छाेराछाेरी, नाता नातिना सब तिमी कार्यकर्ताहरू हाै । 

  • - मलार्इ महेन्द्रले, हेर्दा टाेपी खस्ने भवनकाे लालच देखाए तर मैले थुकिदिएँ । 

  • - म मात्र माेटाएर के गर्ने तिमीहरू उस्ताकाे उस्तै हुन्थ्याे । 

  • -मैले दरबारमा बसेर चाैरासी व्यञ्जन पनि खाएकाे छु, त्यसैले मलार्इ िमठाे खाने चाहना छैन । 

  • - मैले राजासँग एक्लै लडेर फालिदिएँ, तिमीहरूकाे क्षमताभन्दा माथिकाे कुरा भएरै मैले तिमीहरूलार्इ भनिँन । 

  • - पाँचवटा सिगरेट पिएर मात्रै गणेशमानले मेराे ‘नेपाली राजनीतिमा अदेखा सचार्इ’ किन्नुभयाे । 

  • - मैले राजा, मन्त्रीहरू ढालेकाे पनि छु र बनाएकाे पनि छु । भण्डारी, चाम्लिङ र ज्ञानेन्द्रकाे परिवेशमा । 

  • -म बन्नकाे लागि हाेइन तिमीहरूलार्इ बनाउनकाे लागि हाे ।

  • - मसँग डरले काेही पनि बाेल्दैनथे । 

  • - मलार्इ जेलभित्रै मार्न खाेज्याे तर अन्तर्राष्ट्रिय दबाब थेग्न सकेन । 

  • - अन्ततः राजाले मेराे झामट थाम्न सकेन र ढल्याे । 

  • - म जतिकाे साहसी र अाँटी भएर लेख्न र बाेल्न न हिजाे कसैले सक्थ्याे न अाज नै सकेकाे छ । 

  • - मैले जनताकाे छाेराछाेरीलार्इ राष्ट्रपति बनाएरै छाडें अब मंगाेलकाे छाेराछाेरी पनि बन्नेछन् । 

  • - मेराे संगठनमा म नातावाद र कृपावाद हुन दिन्नँ । 

  • -म र मेराे संगठनलार्इ अन्तर्राष्ट्रिय स्तरबाटै खाेट लाउन सकेन र दर्ता पायाे ।

  • -मैले लाेकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीय सरकारकारकाे कुरा लेख्दा र बाेल्दा सबैले पागल भने तिनीहरू अाज लाेकतान्त्रिक मुलुकका मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति छन् ।

  • -मैले जेलमा एक महिनामा एक छाक खाना खाए तर बाहुन क्षेत्रीहरूकाे अघि शिर झुकाइँन । कारण मेराे शिर ८० प्रतिशत मंगाेलकाे शिर थियाे । 

  • -मैले ९५% लडार्इ लडिदिएँ अब  ५% लडार्इ तिमीहरूले लड्ने हाे । 

  • -मेरा लडार्इमा मलार्इ मेरै छाेरा र श्रीमतीले पनि साथ दिएन, दाजुभाइकाे त के कुरा । 

  • -बुद्ध जतिकाे विद्वान अर्काे जन्मेकाे छैन । 

  • -इन्सपेक्टर साब मलार्इ केरकार नै गर्ने हाे भने, मेराेजस्ताे दिमाग भएकाे व्यक्तिलार्इ ल्याएर उभ्याउनु ।                                                                                                                                          

        नोट : थाम्सुहाङले भारत दार्जीलिङको महानदी मा सन २०१६ मा एम एनओका संस्थापक डा गोपाल गुरुङ ज्युको स्मृति सभा कार्यक्रममा बाचन गर्नु भएको वाक्यश जस्ता को त्यस्तै ।

प्रतिक्रिया