दयनीय अवस्थामा मुलवासीहरु" बुद्धभुमी अर्थात मंगोलभुमी नेपालमा विदेशी हिन्दुआर्यहरुको आगमन पहिले यहाँका अहिन्दु मुलवासी मंगोलहरु सर्बभरा थिए । समानता, स्वतन्त्रता भातृत्वमा आधारित समुन्नत सुन्दर समाजलाई तहसनहस बनाउने राजनैतिक शक्ति आफ्नो हातमा पारेपछि यस मुलुकका अनार्य भुमिपुत्रहरुको दुर्दिन शुरुभएको ५०० वर्ष मात्र पुग्दैछ । मुलवासी मंगोलहरुको भ्रममा आफ्नो राजनीतिक शक्ती टिकाउने हिन्दु आर्य बाहुनक्षेत्रीलाई यस देशका मुलवासी मंगोलहरुले अब के दिनु बाँकी छ र ? । हिजोका हाम्रा दयावान पुर्खाहरुले भारतबाट अलाउदिन खिल्जी र सम्राट अकबरको लखेटाइमा परि ज्यान जोगाउन नेपाल छिरेका ककसियन हिन्दु आर्यलाई दया गरेर शरण दिए । तर शरणको मरण गरेर आज मंगोलहरुलाई यस्तो दयनीय अवस्थामा पुर्याइ दिए । एक सरो खास्टोमा काठमाडौ छिरेका बाहुनक्ष्त्री युवालाई काठमाडौका मुलवासीले बास बस्ने डेरा मात्र दिएनन् । आफ्नो छोरी चेली समेत सुम्पेर छुल्याहा धुर्त आर्यनहरुलाई टाउको माथी टेकाए । विभिन्न काल खण्डमा कथित फोहोरी राजनैतिक टिकाउन आफ्नो अमुल्य मत दान गरेर पटकपटक सरकारमा पुर्याए । बदलामा के पाए ?? अझै विकासे नारामा काठमाडौका मुलवासीहरुको अस्तित्व बोकेको पुरातात्त्विक धरोहरहरु भत्काउने कार्य भइरहेको छ । त्यै पनि राजधानीका मुलवासीहरु फलानो पार्टी ,ढिस्कानो पार्टी भनेर ,बनेर आफु-आफु लड्ने भिड्ने शैली रोकिएको छैन । शत्रु र मित्र चिन्न, छुट्याउन समयमै सकिएन भने भोली आफ्नो अस्तित्व खोज्नु कठिन हुनेछ भन्ने कुरा बुझ्ने गर्नुपर्छ । हिजो ३० धार्नी नाक कान काट्ने साझा सत्रु , आफु हिड्ने बाटो अपवित्र हुन्छ भनी अगाडि थुक्ने टोकरी र पाइला मेट्ने झाँडु भिरेर हिडेको इतिहास दन्तेकथा होइन भनी मनन गर्न सक्नुपर्छ । राजधानीका मुलवासीहरुले मात्र साझा दुश्मन चिन्न सकेको खण्डमा हिन्दुत्वको जड जरैदेखि उखलीनेछ । डा• गोपाल गुरुङज्युले आफ्नो पुस्तकमा लेख्नुभएको छ "राजनीति चेतना बिनाको मान्छे पशु सरह हुनेछ " पशुले मात्र आफ्नो पेट भरियो भने अरु सोच्दैन ! अत हामी अहिन्दु मुलवासी मंगोलहरु लचकदार बन्ने गरौं , अहंकार ,जिद्दीपन मपाइपन आजैदेखि त्याग्न शुरु गरौं । मुलवासी-मुलवासी बिचमा मंगोलमायाले हेर्ने गरी असली साझा दुश्मन चिन्ने गरौं ।
स्रोत: मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रीका(सम्पादकीय)