कुटनीति लडाईंको भरपर्दो हतियार संचार माध्यम हो। नेपाल लाई हिन्दु राष्ट्र घोषणा गरेर यहांका मुलवासी मंगोलहरुलाई देश बिहिन र अस्तित्व बिहिन बनाए पछि तत्कालिन पञ्चायती राजाको सरकार बिरुद्द अन्तराष्ट्रिय दवाब आओस् भन्ने हेतुले युगपुरुष अमर ड. गोपाल गुरुङज्युले 2040 सालमा अंग्रेजी साप्ताहिक पत्रिका Thunder bolt दर्ता गरी आफैं सम्पादक र प्रकाशक भई संचालन गर्नु भएको थियो।