रुप र धनमा लालच नहुनु

Gurkhas Online Tv
Gurkhas Online Tv१८ माघ २०७९, बुधवार

Source:Tapassi Dhamma Bhikkhu's fb wall

मानिस किन र केका लागि गर्छन् धनको घमण्ड?

विश्व प्रसिद्व फेसन डिजाइनर ब्लगर एवम लेखक किर्जिदा रोड्रिग्जदवारा उँहाको क्यान्सरबाट निधन हुनु अगाडी लेखिएका नोट : 

दुनियाँको सबै भन्दा महंगो ब्राण्डको कारहरू मेरो ग्यारेजमा त्यसै थन्किएका छन तर मलाई भने ह्रिवलचेयरको प्रयोग गरिरहनु परेको छ ।

मेरो घरमा हिराका डिजाइनका कपडा जुत्ता महङ्गा सरसामानले  भरिएको छ तर मेरो शरीर भने अस्पतालले दिएको एउटा छोटो पछ्यौरीले मात्र ढाकिएको छ ।

बैंकमा मेरो खाताहरूमा रहेको पैसा मेरो पैसा हुन तर अब त्यो पैसा मेरो कुनै कामको छैन ।

मेरा घर एक महल झैं छ तर म अस्पतालमा एक सानो अाकारको बिस्तारामा पल्टिरहेको छु ।

म एक फाइव स्टार होटलबाट अर्को फाइव स्टार होटलहरूमा जाने गर्थे तर अब म अाफ्नो समय अस्पतालमा एक प्रयोगशाला बाट  दोस्रो प्रयोगशालामा जानका लागि बिताइ रहेकी छु ।

मैले सयौं मानिसलाई अटोग्राफ दिएको छु तर आज डाक्टरहरूको प्रेस्क्रिप्शन नै मेरो लागि अटोग्राफ भएको छ ।

मेरो कपाललाई सजाउनको लागि मसंग सातजना ब्युटीशियनहरू थिए तर आज मेरो टाउकोमा एउटा पनि कपाल छैन ।
म एक निजी जेटमा जहाँ चाहे त्याहाँ उड्न सक्थे तर अब  मलाई अस्पतालको बराण्डामा जानको लागि पनि दुईजना मानिसहरू सहयोग लिनु पर्छ ।

बिश्वमा कयौं प्रकारका खाद्यन्नहरूमा मेरो पहुँच छ तर अहिले मेरो आहार दिनमा दुई गोली र रातमा दुई थोपा तितो औषधी मात्र रहेको  छ 

यो घर, यो कार ,यो जेट,  यो फर्निचर , यति धेरै बैंक खाताहरू , यति धेरै प्रतिष्ठा र प्रसिद्वि , यीनिहरूको अब मेरो लागि कुनै काम छैन यी मध्ये कसैले पनि मलाई थोरै भए पनि आराम दिन सक्दैनन् ।
 त्यसैले त भन्न मन लाग्छ समय सधै एकनाश रहन सक्दैन ।
भवतु सब्ब मंगलम ...

***व्यक्तिको रूपमा जिउनु महत्त्वपूर्ण छैन *तर व्यक्तित्वको रूपमा जिउनु महत्त्वपूर्ण छ* किनकि व्यक्ति समाप्त भयो जान्छ तर...* *व्यक्तित्व सधै जीवित रहन्छ!!!

प्रतिक्रिया