माटो मुनिको जरा र फल

Buddhalal Meche
Buddhalal Meche१२ असार २०७९, आइतवार

बुद्धलाल मेचे, प्रेसिडेन्ट, एम.एन.ओ.

माटो मुनीको जरा र फल 
  
   यस मुलुकमा मेरा दुई पुस्ता बाजे र बुवाले भोगेका, देखेका र अनुभव गरेका यथार्थतालाई उहांहरुकै मुखबाट सुनाउनु हुंदा एकादेशको दन्त्यकथा जस्तो लाग्दथ्यो। बाजे भन्नु हुन्थ्यो हामीले पढ्न खोज्दा जिब्रो काटिन्थ्यो। लेख्न खोज्दा हातै काटिदिन्थे। कुलिन बर्गले किताब पढेको हाम्रो कानले सुन्दा कानमा सिसा पगालेर हालिदिन्थ्यो।ओत लाग्नका लागि झुप्रो बनाउनुलाई रुखको खम्बा काट्दा रुखको ठुटामा लगेर शिर गिडीन्थ्यो। स्री 3 राणा सरकारको आदेश फर्मान भइसके पछि कसैको जवाफ थिएन। बाजेको शेषपछि बाबुले आफना पालामा भोगेका कथा ब्यथाहरु सुनाउनु भयो, स्री 3 राणा सरकार हट्यो स्री 5 शाह सरकार आयो। यो स्री 5 शाहा सरकारले पनि हामीलाई आफनो भाषा, लिपी पढ्न दिएन।आफनो धर्म, संस्कार, संस्कृति मान्न दिएन। आफ्नो चाड पर्व मनाउन दिएन। एक खस भाषा, एक खस लिपी,एक हिन्दु धर्म, एक हिन्दु संस्कार र संस्कृति लादयो। हामीलाई जबर्जस्त हिन्दुकरण गरिइयो। बाजे र बाबुको दिनचर्या काल खण्डहरु कष्टकर भएर जसो तसो बित्यो। बिगतलाई किन कोट्याउने? भनेर बर्तमानमा रम्न खोज्दा स्वयम् आफु नातिको पालामा पनि बाजेको पालाका स्री 3 राणा सरकार हटेर गए पनि र बावुको पालाको स्री 5 शाह सरकार हटे पनि हामी प्रतिको दमन,शोषण र अन्याय, अत्याचार ज्यूँका त्यूँ छ। नातिलाई पनि स्री 6 बाहुने सरकारले हिन्दुहरुको आमा-गाइ, बाउ- गोरु, गोबर-गणेश र मुत-अमृत को लोभ र डर-त्रास देखाएर सताएकै छ। खैर जे होस्! जस्तो काम उस्तै परिणाम भने झैं अर्थात् जस्तो कर्म गर्यो उस्तै फल पाइन्छ भने जस्तै बाजेको पालामा स्री 3 राणा सरकारले जिब्रो नकाटेको थियो भने, कानमा सिसा पगालेर नहालेको थियो भने, हात नकाटेको थियो भने र रुखको ठुटामा राखेर नगिडेको थियो भने मुलुकभित्र राणाहरुको अस्तित्व नामेट भएर जाने नै थिएन। नेपाली इतिहासमा क्रुर जहानियाँ शासकको रुपमा राणाहरु थिए भनेर एकै वाक्यमा पूर्णविराम लाग्ने थिएन। एवमरीतले बापुको पालामा स्री 5 शाहा सरकारले एकतन्त्रीय निरंकुस शासन लादेर यहाँका मुलवासी मंगोलहरुको भाषा, लिपी,धर्म, संस्कार संस्कृति माथी आक्रमण नगरेको थियो भने यति सारो घरको न घाटको भएर, घृणाको पात्रो बनेर भिख माग्दै हिड्नु पर्दैनथ्यो होला सायद! यसोसले नातिको पालामा आइपुग्दा पनि स्री 6 बाहुने सरकारले यहांका मुलवासी मंगोलहरुलाई मनुवादी नीति लाद्ने काम यथावत कायमै राख्छन् भने यसको परिणाम भनेको निश्चित रूपले पनि स्री 3 राणाहरुको र स्री 5 शाहाहरुको स्थिति जस्तो भयो त्यस्तै हुनेछ। यहाँका मुलवासी मंगोलहरुलाई हिन्दु आर्य बाहुनक्षेत्री शासकहरुले माटो मुनी दबाउने काममा कुनै कसर बांकी राखेनन। यधपी बाहुनक्षेत्री शासकहरुले माटो मुनी दबाउने काम नगरेको थियो भने यहाँका मुलबासी मंगोलहरु थारो- रुखो नै भएर बस्थे होला। माटो मुनी नै बिउ - बिरुवा उम्रिन्छ यो प्रकृतिको नियम हो। जति-जति माटो मुनी दबायो, उति-उति झन-झन मैलाएर मुलबासी मंगोलहरु आयो। मौलाए पछि माटो मुनि

प्रतिक्रिया