धेरैको आरोप रहेको छ की, जेलेन्स्की अमेरिकाको खुट्टाले उभेको छ । उसङ अनुभव छैन, ज्ञान छैन, नेतृत्वदायी भूमिका छैन तसर्थ ऊ अरुको निर्देशनमा चल्ने गर्दछ भन्ने आरोप रहेको छ ।

Gurkhas Online Tv
Gurkhas Online Tv१४ असार २०७९, मङ्गलवार

बायाँ -श्याम लिम्बू, सर्वोच्च सभा सदस्य एम.एन.ओ. र दायाँ -जेलेन्स्की,राष्ट्रपती,युक्रेन

युक्रेनको एउटा स्वतन्त्र राष्ट्रपतिको उम्मेदवार जसले २०१९ को निर्वाचनमा यो नै आफ्नो पहिलो र अन्तिम उम्मेद्वारी हुने बताएका थिए । उनले यूक्रेनको ईतिहासमै पहिलो पटक एकल बहूमत ल्याएका थिए । उनले लगभग ७३% चुनावी मत परिणाम ल्याएका थिए ।
             हास्य कलाकारबाट चर्चा कमाएका उनी एकाएक राजनीतिमा आएका थिए । स्वतन्त्र उम्मेदवार रहेकाले उनका कुनै राजनैतिक ज्ञान र अनुभवहरु थिएनन् । शुरुवातको समयमा उनको सबैले प्रसङ्शा गरे, वाह! वाह गरे । उनको राष्ट्रवादिताको तारिफ गरे तर उनको गलत निर्णय र अनुभवहीनताको कारण आज यूक्रेन ध्वस्त भएको छ । उनको नेतृत्व असफल साबित भएको छ ।
             धेरैको आरोप रहेको छ की, जेलेन्स्की अमेरिकाको खुट्टाले उभेको छ । उसङ अनुभव छैन, ज्ञान छैन, नेतृत्वदायी भूमिका छैन तसर्थ ऊ अरुको निर्देशनमा चल्ने गर्दछ भन्ने आरोप रहेको छ ।
            हुन पनि हो, उसले रूससंग एक्लै लड्ने हिम्मत कसेन बरु युद्धको दौरान अमेरिका र नाटोलाई गुहारी हिड्यो तर उनको हार गुहार कसैले सुनेन, त्यहाँबाट पनि प्रष्ट हुन्छ कि जेलेन्स्की स्वतन्त्रको नाममा अरु कसैको दास रहेछ ।
            नेपालमा पनि स्वतन्त्र उम्मेदवारको चर्चै चर्चा रहेको छ । स्थानीय  चुनावमा पनि केही ठाउँहरुबाट राम्रै नतिजा ल्याएका हुन् तर यिनीहरु जति नै आफूलाई स्वतन्त्र उम्मेदवार भनेता पनि यिनिहरु पनि तिनैका दास हुन् जसको दास जेलेन्स्की बनेका छन् ।
            नेपालमा यी कथित स्वतन्त्र नामका उम्मेदवारहरुले यदि आक्कल झुक्कलमा सरकार बनाएको खण्डमा यिनीहरु कोही कलाकार होलान्, कोही धार्मिक दास होलान् कोही के कोही के तर यिनीहरुसङ देश र माटोप्रतिको गाम्भिर्यता छैन जसले गर्दा नेपाल यूक्रेन बन्न सक्ने प्रबल सम्भावना रहेको छ । आज हामीले हेर्ने हो भने देखि जेलेन्स्कीको प्रोफाईलमा पनि स्वतन्त्र उम्मेदवार भन्ने पाउछौ तर के ऊ साच्चिकै स्वतन्त्र रहेछ त ? या कसैको दास ?
           तसर्थ नेपाली जनताले बेलैमा विवेक पुर्याउने समय आएको छ कि हाम्रो मुलुक, हाम्रो माटो बिदेशीको भकूण्डो नबनोस र भोलि हात फिजाएर संसारभर हार गुहार माग्दा पनि सबैले कानमा तेल हालेर बसेको होस् , हामी त्यस्तो अन्धो र विवेकहीन नबनौ ।

स्रोत: श्याम लिम्बुको फेसबुक बाल 

प्रतिक्रिया