पुरानो डायरी पल्टाउंदा
--------------------------
लगभग सांढे 4 सय बर्षदेखि शासनसत्ता चलाउंदै आएका हिन्दुआर्य बिदेशी बाहुनक्षेत्रीहरुले यो मुलुकलाई सदा सदाको लागि आफ्नो पेवा बनाउने/ शासक भइ हजारौं बर्ष सम्म शासन गर्ने भनेर सन् 2001 तिर वार कि पारको अन्तिम युद्ध लडेका थिए। यहाँका अहिन्दु मुलवासी मंगोलहरु सर्बभरा थिए, सर्बहारा बनाइए। हुकुमबासी थिए, सुकुमवासी बनाइए। शासक थिए शासित बनाइए। यति गरिसकेर पनि सबै भन्दा अप्ठ्यारो र चुनौतीपुर्ण एउटा बांकी काम रहेको थियोे । त्यो काम भनेको यहाँका अहिन्दु मुलवासी मंगोलहरुलाई बाहिरबाट आएका आदिवासी र देशै नभएका जनजाति बनाउने/ यहाँका मुलवासी मंगोलहरुले आफनो मुलुक हो भनेर दाबीसमेत गर्न नसक्ने गरि निमिट्यान्न पार्ने किसिमको लडाइँ थियोे हिन्दुआर्य बाहुनक्षेत्रीहरुको निमित्त। यो लडाइँ जिते मुलवासी बनेर शासन गर्ने, हारे बिदेशी आर्य भएर शासित हुने। भारतबाट सन् 1495 मा नेपाल छिरेका शाह खलकले 64 बर्ष पुगेपछि सन् 1559 मा द्रब्य शाहले गोरखामा आक्रमण गरे। छलकपट पुर्ण तरिकाले घले राजालाई ठुन्काए र आफनो शासन सत्ता कायम गरे। तिनै द्रब्य शाहका नाति पृथ्वीनारायण शाहले असली हिन्दुस्तान भनेको यही हो भन्दै दिन्दु साम्राज्यवाद बिस्तार गर्न थाले। पृथ्वीनारायण शाहाका नाति गिर्वाण युद्द शाहाले हिन्दुस्तानको प्रजा सबै हिन्दु हुनुपर्छ भनेर यहाँका अहिन्दु मुलवासी मंगोलहरुलाई गाई,गोरु खानबाट बन्चित गरि रांगा,भैंसी खाने आदेश दिए। त्यसपछि गिर्वाण युद्दको नाति रण बहादुर शाहाले यहाँका अहिन्दु मुलवासी मंगोलहरुलाई कानुनी रुपमै हिन्दुवादको शुद्र तहमा राखेर मतवाली पास गरे। राणाकालमा अझ हिन्दुवादलाई चरमचुलीमा पुरायो। बुद्द गुम्बाहरु भत्कायो। बुद्दिष्ट, कृश्चियन र मुश्लिम धर्मका धर्म गुरुहरुलाई देश निकाला गरे। त्यसपछि जिजु बाजे पृथ्वीनारायण शाहको असली हिन्दुस्तानको सपना पूरा गर्ने काममा महेन्द्र शाहले हिन्दु राष्ट्र घोषणा गरे। कानुनी रुपमा मतवाली शुद्र तहमा राखिएको अहिन्दु मुलवासी मंगोलहरुलाई पदम सुन्दर लावति र दिलमान सिंह थापा मगरलाई ग्रहण गराई लागू गरे।
अहिन्दु मुलवासी मंगोलहरुलाई अस्तित्व बिहिन पशु जस्तो बनाएर राख्ने अन्तिम स्टेप भनेको देशै नभएको जनजाति बनाउनु थियोे। यो अन्तिम लडाइँ भुत राजा बीरेन्द्रको पालामा आएर हिन्दुआर्यहरुले लडे। सबै पढेलेखेका मंगोलहरुलाई पद र पैसा दिएर जनजाति बनाए। खगेन्द्र जंग, भद्रा घले र ड. हर्क गुरुङलाई मन्त्री सहायक मन्त्री बनाए। चैतन्य सुब्बा, नवलकिशोर राईहरुलई राजदुत बनाए। काजीमान कन्दङ्वा आदिलाई अन्चलाधिस बनाए। अहिन्दु मुलवासी मंगोल अनुहारका प्रहरी,सेनाका प्रमुखहरुलाई राणा,ठकुरी,शाहसंग बिहे गर्न लगाएर बढुवा,पद,पैशा दिएर आफनो पकडमा राखे। एमएनओ संस्थापक प्रेसिडेन्ट अमर ड. गोपाल गुरुङलाई पनि राजा महेन्द्र र बीरेन्द्र दुबैले मन्त्री, सिडियो,अन्चलाधिस,राजदुत भएर सहयोग गरिदिन आग्रह गरे। म खानलाई बसेको होइन, बनाउनलाई बसेको भनेर ड. गुरुङले जवाफ दिनु भएपछि जेलमै षड्याउने नियतले दुईवटा राजद्रोही मुद्दाको आरोपमा जेल चलान गरे। अन्तर्राष्ट्रिय चर्को दवाव र जेल भित्रै मंगोल नेशनल अर्गनाइजेसन खोलिए पछि भने ड.गुरुङलाई मार्न र षड्याउन सकेन, परिणाममा बहुदल दिनु पर्यो। एमएनओलाई अन्तरास्ट्रिय स्तरमा चिनिसकेको थिएन। बिदेशीहरु शंका र उपशंका गर्दै रिसर्च गरिरहेका थिए। एमएनओको गन्तव्य के हो? यसै शिलसिलामा अमेरिकाबाट सुजन आई हेगेन माध्यम बनेर आइन र एमएनओ र ड.गुरुङको बिषयमा पिएचडी डक्टरेड गरिन। बहुदल फर्किएको 6 बर्षपछि एमएनओ र यसको बहुमुल्य आवाजहरु मुलवासी, मंगोल,लोकतन्त्र ,धर्मनिरपेक्ष र प्रान्तीता आवाजहरुलाई दबाउनका लागि काठमाडौंको बिश्वबिद्धालय पढाउनेहरु शुरेस आले मगर र देब गुरुङ र रसियामा इन्जिनियर पढ्दै गरेका राम बहादुर थापाहरुलाई माअोवादीको नेता बनाएर पश्चिम बाट शसस्त्र युद्द गर्न पठाए । आतंकवादको बहाना बनाएर एमएनओ मास्ने योजना थियोे त्यो । त्यो लडाइँमा माओवादी असफल भएपछि भुत राजा बीरेन्द्र पनि फेल खाएर बंशनासै हुनु पर्यो। यसरी हामी हाम्रै अनुहारबाट ठगिन्छौं, ठगि माग्दै आएका छौं। र अन्त्यमा यस मुलुकमा लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तीयता घोषणा भइसकेको छ। एमएनओको 80 प्रतिसत लडाइँ पूरा भइसकेको छ। हाम्रा युवा-युवति नबिउंझे सम्म र हामीले आफनो मुलुकमा पुर्ण अधिकार पाउने म्याद (भाका) नआइपुगुन्जेल सम्म अझै थुप्रै फ्रण्टहरुसंग लड्नु पर्ने देखिन्छ। हाम्रो जित निश्चित छ, देर होला अंधेर छैन।
अहिन्दु मुलवासी मंगोलहरुलाई अस्तित्व बिहिन पशु जस्तो बनाएर राख्ने अन्तिम स्टेप भनेको देशै नभएको जनजाति बनाउनु थियोे
Buddhalal Meche१५ असार २०७९, बुधवार
प्रतिक्रिया