सन् २०२१ मा अफगानिस्तानसंग पराजितपछि अमेरिकाको महाशक्ती भन्ने उपाधीमा प्रश्न चिन्ह खडा

Gurkhas Online Tv
Gurkhas Online Tv१७ असार २०७९, शुक्रवार

तस्बिर: श्याम लिम्बू

द्वितीय विश्व युद्ध सन् 1939 देखि शुरु भयो । द्वितीय विश्व युद्धमा Axis power को विरूद्धमा Allied power देखा परे । Axis power मा जर्मनी, ईटली र जापान थिए । उनिहरु ब्रीटेन र फ्रान्सको साम्राज्यवाद र उनिहरुको आफ्नो उपनिवेशका देशहरुलाई लुटेर धनी बन्ने नीतिबाट प्रभावित थिए । त्यसैकारण Axis power का  यी देशहरु पनि नयाँ साम्राज्यवादी देश बन्ने होडमा थिए तर पहिला नै विश्वभर ब्रीटेन, फ्रान्स, पोर्चुगल लगायतका देशहरुको उपनिवेश स्थापना भईसकेकोले गर्दा नयाँ उपनिवेशवादी देशहरुले आफ्नो नयाँ उपनिवेश  स्थापना गर्न पुराना उपनिवेशवादी देशहरुसंग बिद्रोह गर्न अनिवार्य थियो ।
          दोस्रो विश्वयुद्ध ताका  Axis power को बिरूद्धमा एकजुट भएका Allied power मा अमेरिका, ब्रीटेन र सोभियत संघ रहेका थिए भने चीन पनि Allied power कै पक्षमा रहेको थियो । अन्ततः दोस्रो विश्वयुद्धमा  Axis power को हार भयो अर्थात अमेरिका, बेलायत र सोभियत संघको जीत भयो । Axis power रहेको देश जापानले अन्तिमसम्म अमेरिकाको बिरूद्धमा युद्ध लडिरह्यो तर सन् 1945 को  अगस्त 6 को दिन अमेरिकाले हिरोसिमामा र अगस्त 9 मा नागासाकीमा  परमाणु आक्रमण गरेपछि जापानले आत्मसमर्पण गर्यो र दोस्रो विश्व युद्ध समाप्त भयो ।
             दोस्रो विश्वयुद्धमा अमेरिका र सोभियत संघ एउटै गुटबाट लडेको भएता पनि उनिहरु बिच पहिला देखि नै विचारधारात्मक रूपमा मतभिन्नताहरु थिए । अमेरिका चाहन्थ्यो कि पूरै विश्वमा पूजीवाद छाओस र सोभियत संघ चाहन्थ्यो कि पूरै विश्वमा साम्यवाद छाओस । दोस्रो विश्वयुद्धपछि अमेरिका र सोभियत संघ बिच अब को साडे बन्ने भन्ने होडलाई शीत युद्ध अर्थात कोल्ड वार भन्ने गर्दछौं । 
              कोल्ड वार अर्थात शीत युद्ध वास्तवमा बिचारधाराको या विचारधारा आफू भन्दा कमजोर देशहरुलाई लाद्नेको लडाई थियो भन्दा फरक नपर्ला । त्यसैकारण यूरोप पनि दुई भागमा बिभक्त हुन पुग्यो । पूर्वी यूरोप साम्यवादी विचारधारामा रह्यो भने पश्चिम यूरोप पूजीवादी बिचारधारामा रह्यो । 
                सन् 1945 पछि अमेरिका मात्र एउटा आणविक हतियार सम्पन्न देश रहेकाले ऊ नै पहिलो शक्तिशाली देश रहेको थियो भने उसले बेला बेला सोभियत संघलाई पनि परमाणु शक्तिको धम्की दिईरहन्थ्यो तर सन् 1949 को अगस्त सम्ममा सोभियत संघले पनि आफ्नो आणविक हतियार बनाईसकेकोले अब विश्वमा शक्ति सन्तुलन कायम भयो र अमेरिकाको आणविक धम्की पनि सकियो । 
                अब दोस्रो विश्वयुद्धपछि साम्यवाद सबैभन्दा लोकप्रीय बिचारधारा बन्यो जसको चपेटामा अब पुरै एसिया आउन सक्ने छाटकाट देखियो । सन् 1949 मा चीनमा साम्यवादलाई सफलता प्राप्त भएपछि अब Domino Effect को रूपमा अब कोरिया, कम्बोडिया, लाओस, भियतनाम हुँदै भारतसम्म आईपुग्न सक्ने सम्भावना देखियो ।
                 त्यही Communist Domino Effect लाई रोक्न अमेरिकाले भियतनाम र कोरियाजस्ता मुलुकहरुमा रहेका पूजीवादी नेताहरुलाई पैसा र हतियार प्रदान गर्न थाले । फलस्वरूप दक्षिण एसियामा कम्युनिस्ट डोमिनो ईफेक्ट पनि रोकियो । त्यही शीत युद्धको चपेटामा परेर भियतनाम तहस नहस भयो । कोरिया पनि तहस नहस भयो तर भियतनाम र कोरिया दुवैमा अमेरिकालाई 1955-1975 अर्थात 20 बर्ष लड्दा पनि जीत भने हासिल भएन बरू अमेरिकाको ईतिहासमा पहिलो पटक हारको ईतिहासको धब्बा लाग्यो । भियतनाम वार वास्तवमा उत्तरी भियतनाम र दक्षिणी भियतनाम बिचको लडाई थिएन र त्यसैगरि उत्तरी र दक्षिणी कोरिया बिचको लडाई पनि थिएन बरू यो अमेरिका  र सोभियत संघको लडाई रहेको थियो । 
                   साम्यवादको नेतृत्व गरिरहेको सोभियत संघलाई परास्त गर्न अमेरिकाले पश्चिम यूरोपका देशहरुसङ मिलेर सन 1949 मा NATO शैन्य संगठनको निर्माण गर्यो र त्यसलाई यूरोपमै प्रतिकार गर्न सोभियत संघले पनि पूर्वी यूरोपका देशहरुसङ मिलेर सन् 1955 मा WARSAW PACT को निर्माण गरे । 
                   अमेरिका र सोभियतसंघ  बिचको द्वन्द्वमा को सुपर पावर हो भन्ने प्रष्ट थिएन तर सोभियत संघको नेता गोर्वाचेभले सन् 1989 मा ल्याएको ग्लासनोस्त र पेरेईस्त्रोईका जस्ता नीतिका कारण सोभियत संघ सन् 1990 मा आएर 15 देशहरुमा विभक्त भए पछि अमेरिका मात्र अब सुपर पावर रहेको सन्देश पुरै विश्वलाई भयो । 
                    सन् 1990 देखि आफ्नो आन्तरिक शक्तिलाई जोड दिदै आएको सोभियत रूसले आफ्नो शक्ति सन्तुलनमा विशेष ध्यान दिईरहेको थियो तर एकाएक सन् 2021 मा अफगानिस्तानमा अमेरिका पराजित भएपछि अमेरिकाको महाशक्ती भन्ने उपाधीमा प्रश्न चिन्ह खडा भएको छ.....।

प्रतिक्रिया