स्थानिय तहको निर्वाचनमा मंगोल नेशनल अर्गनाइजेशनले ४४ जिल्लामा उम्मेदवार दिदै

Srijana
Srijana१५ वैशाख २०७९, बिहिवार

स्थानिय तहको निर्वाचनमा मंगोल नेशनल अर्गनाइजेशनले ४४ जिल्लामा उम्मेदवार दिदै

काठमाडौ / मंगोल नेशनल अर्गनाइजेशनले बैशाख ३० हुने स्थानिय तहको चुनाबमा  ४४ जिल्ला बाट आफनो उमेदवार उठाउने भएको छ ।

संगठनका केन्द्रीय सचिब सन्तोष तामाङले दिनु भएको जानकारी अनुसार ४४ जिल्ला भित्र रहेका  महानगर पालिका, उप महानगर पालिका , नगर पालिका र गाउँ पालिकामा एम एनओको तर्फ बाट विभिन्न पदका लागि ३५६९ जना सदस्यहरुले उम्मेद्बारी दिने बताउनु भयो । हामीले प्रान्तीय सभा बाट माग भए बमोजिम संगठनले उमेदवारलाई प्रदान गर्ने उम्मेद्बारी प्रत्र पठाएका छौ । उहाका अनुसार कर्णाली प्रदेश बाहेक ६ वटा प्रदेशमा मंगोल नेशनल अर्गनाइजेशन चुनाबी मैदानमा उत्रदैछ । प्रदेश न १ को १२ जिल्लामा  ९८७ जना ,मधेस प्रदेशको २ जिल्लामा २० , बागमती प्रदेशको ९ जिल्लामा १००० , गण्डकी प्रदेशको ९ जिल्लामा ११५० , लुम्बिनी प्रदेशको  ११ जिल्लामा ४०१ र सुदुर पश्चिम प्रदेशको १ जिल्लामा ११ जनाले  उम्मेद्बारी दिने भएको छ ।

प्रतिक्रिया