सन्दकपुर,इलाम/ मंगोल नेशनल अर्गनाइजेशन सन्दकपुर गाँउ सभाको ऐतिहासिक कार्यालय निर्माण साथै MNO फाउन्डर महामानव ड.गोपाल गुरुङ लगायत ऐतिहासिक व्याक्तित्त्व विरेन गुरुङ र मान ब.राई कोे पूर्ण कदको शालिक निर्माण शिलान्यास कार्यक्रम, संगठनका श्रद्धेय प्रेसिडेण्ट बुद्धलाल मेचे ज्यूको प्रमुख आथित्यतामा, मुलसचिव सन्तोष तामाङकोे विशिष्ट आथित्यतामा र केन्द्रीय नेताहरुको विशेष उपस्थितिमा आज शुक्रबार सम्पन्न भएको छ।
विशिष्ट एम.एन.ओका केन्द्रीय मुलसचिव सन्तोष तामाङकोे हातबाट भवन तथा शालिक निर्माण शिलान्यास कार्यक्रम सम्पन्न भएको थियो । आजको उक्त कार्यक्रममा केन्द्रीय पूर्व मूल सचिव शान्तिलाल धिमाल ,कोषाध्यक्ष धन प्रकाश राई, केन्द्रीय सहसचिव सान मेचे,केन्द्रीय सर्वोच्च सभा सदस्य गणेश चाम्लिङ राई,केन्द्रीय सर्वोच्च सभा सदस्य प्रबिना थापा मगर, क्रमशः केन्द्रीय सभा सदस्य लक्ष्मण माक्रीहाङ राई , चन्द्रमान बुङछेन् राई ,लाशिम हाङ लिम्बु र गण्डकी प्रान्तिय सभा सचिव नवीन घले र एमएनओ कोशी प्रान्तिय सभा सदस्य बानिरा मेचे र जिल्ला सभा मोरङका प्रचारप्रसार सचिव मंगोल विश्व राईकोे उपस्थिति रहेको थियो ।