स्याङ्जा पुतलीबजार न.पा.-१२, पेल्काचौरमा एकदिने मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv१३ माघ २०८०, शनिवार

ऎतिहासिक तस्बिर

सुस्मा आले,स्याङ्जा/27thJan., 2024मा मंगोल नेशनल अर्गनाइजेशन तदर्थ जिल्ला सभा स्याङ्जाका अध्यक्ष तेज बहादुर थापाको सभाध्यक्षतामा र मंगोल नेशनल अर्गनाइजेशन सर्वोच्च सभाका सदस्य सोम बहादुर गुरुङको प्रमुख आतिथ्यतामा पुतलीबजार नगर सभा मंगोल नेशनल अर्गनाइजेशन तथा तदर्थ जिल्ला सभा स्याङ्जाको आयोजनामा स्याङ्जा पुतलीबजार १२,पाल्केचौरमा एक दिने प्रशिक्षण कार्याक्रम सम्पन्न भएको हो।
विशिष्ट अतिथीमा मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय  सभाका सदस्य देव बहादुर थापा हुनुहुन्थ्यो। अतिथीहरुमा मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रान्तीय सभाका अध्यक्ष प्रेम बहादुर थापा, कोषाध्यक्ष सुस्मा आले ,मंगोल नेशनल अर्गनाइजेशन भिर्कोट नगर सभाका संयोजक कमल बहादुर थापा र मंगोल नेशनल अर्गनाइजेशन पुतलीबजार  नगर सभाका अध्यक्ष भक्त बहादुर आले हुनुहुन्थ्यो । कार्यक्रममा सम्पुर्ण अतिथीहरुले मुल घर चिनेर फर्किनु हुने सम्पुर्णलाई स्वागत गर्दै नेबालको असली इतिहास खुलाउनु हुँदै अबको यो देश विकास र ८०% अहिन्दु मुलवासी मंगोल हक अधिकार र अस्तित्व बचाउने एक मात्र विकल्प तथा राजनैतिक संगठन भनेको मंगोल नेशनल अर्गनाइजेशन हो भन्नू हुँदै मन्तव्य राख्नु भएका थिए।
मंगोल नेशनल अर्गनाइजेशन तदर्थ जिल्ला सभा स्याङ्जाका प्रचार प्रसार सचिव हरि कुमार गुरुङले स्वागत मन्तव्य दिनु भएको थियो भने सचीव रेशन गाहा मगरले कार्यक्रम संचालन गर्नु भएको थियो।

प्रतिक्रिया