मंगोल नेशनल अर्गनाइजेशन(एम.एन.ओ.)का प्रत्येक प्रान्तीय सभाको आयोजनामा देशैभर एम.एन.ओ.को ३६ औं स्थापना दिवस कार्यक्रम १ जनवरी, २०२५ का दिनमा हर्षोल्लासका साथ सम्पन्न भएको हो।
संगठनका प्रेसिडेन्ट बुद्धलाल मेचेले भने मंगोल मंगोल नेशनल अर्गनाइजेशन कोशी प्रान्तीय सभाको आयोजनामा झापाको पाडाजुङ्गीमा सम्पन्न कार्यक्रममा महत्वपुर्ण सम्बोधन गर्दै एम.एन.ओ. ३५ औं बसन्त पार गरेर ३६ औं बसन्तमा प्रवेश गरेसङ्गै एम.एन.ओ. र यसका नेता तथा कार्यकर्ताहरुको जीत घोषणा गरेका छन् । उनका अनुसार यो संगठन स्पष्ट भिजन लिएर अगाडि बढेको संगठन हो। त्यसैगरी कुनैपनि दर्शन र सिद्धान्त ३६ वर्ष भन्दा बढी टिक्न सकेमा त्यो हजारौं वर्ष सम्म दिर्घायु रहन्छ भनेर ठोकुवा गर्नु हुँदै बुद्ध दर्शन र मंगोल दर्शनको तुलना गरेका छन्।
उनले भने “ बुद्ध पनि २९ वर्षको उमेरमा घर छोडेर गएपछि ६ वर्षको कठिन संघर्षपछि ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरे भने ३६ वर्षको उमेरमा उनले संसार भर बौद्ध दर्शन फैलाए जुन हजारौं वर्ष जीवित छ र त्यसैगरी एम.एन.ओ.का फाउण्डर प्रेसिडेन्ट महामानव ड.गोपाल गुरुङले पनि ३५ वर्षमा मंगोल दर्शन प्रतिपादन गरेर र ३६ वर्षको उमेरबाट मंगोल दर्शन प्रचार गर्न थाल्नु भयो त्यसै क्रममा उहाँ भुमिगत जीवन बिताउनुको साथै जेलनेल समेत भोग्न पर्यो तर उहाँले १ जनवरी ,१९८९ मा जन्माउनुभएको संगठनले आज ३५ औं बसन्त पार गरेको छ त्यसैले यो पनि अब हजारौं वर्षसम्म जीवित रहने छ।”
सम्बोधनकै क्रममा उनले भने “ 36 वर्षमा पाइला टेक्नु अघि जति षड्यन्त्र गर्न सके बाहुन क्षेत्रीले गरे एम.एन.ओ.लाई त विश्वका कुनै शक्तिले रोक्न सक्थेन र सक्दैन तर नेता तथा कार्यकर्तालाई नियम कानुनको डर, धम्की, पद, पैसाको प्रलोभन्ले रोक्न कोसिस गरे र मलाई समेत २ दिन अघि मेसेजमा धम्की आएको थियो तर आज बाट भने तिनको षड्यन्त्र अन्त्य भयो।””
केही वर्ष अघि डेबिड तामाङ भन्ने व्यक्तिको नाममा एम.एन.ओ. को लेटरप्याडबाट अराजकता फैलाउने प्रेस विज्ञप्ती निकालेर एम.एन.ओ.लाई नै आरोप लगाएर विभिन्न प्रशासनले समेत कार्यक्रमहरु गर्न रोक लगाएर लोकलाई एम.एन.ओ. प्रती घृणा फैलाउने काम गरेको तीतो अनुभव समेत भाषणमा जग जाहेर गरे।
एम.एन.ओ.ले हालसम्म चुनाव नजितेपनि अब हुने चुनावमा अवश्य जित हासिल गर्ने र चुनाव नजितेको खण्डमा प्रेसिडेन्ट मेचेले राजनितीबाट नै सन्यास लिने देखि आफुलाई कालो मोसो दलेर देश निकाला गर्न समेत आह्वान गर्दै अब एम.एन.ओ. को भद्रगोल जेलभित्र नै निर्माण भएको चुनावी घोषणा पत्रमा लेखिएको कुरा र एम.एन.ओ.ले उठाउँदै आएको कुरा बाहेक नयाँ नौलो केही यो देशमा आउन सक्दैन भनेर ठोकुवा गरे। उदाहरणका लागि एम.एन.ओ. ले सबै भन्दा पहिला उठाएको मुद्दा लोकतन्त्र, धर्म निरपेक्ष र प्रान्तीयतालाई नै अगाडी सारेर बाहुन नेताहरु सत्ता टिकाएको कुरा प्रष्ट्याए। यसरी नै एम.एन.ओ.को घोषणा पत्रमा पश्चिममा लखन थापा मगर र पुर्वमा श्री जंग गुरुङको नाममा विश्व विध्यालय खोल्ने र लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बौद्ध विश्वविध्यालय खोल्ने भनेर वकैदा उल्लेख गरेको कुरा अहिले चीन र नेपाल सरकार मिलेर उक्त विश्वविद्यालय निर्माण गर्ने कुरा स्वागत योग्य भएको बताए। यसरी सबैले आ-आफ्नो घरमा यी महान व्यक्तिहरु संगै श्रीपती गुरुङ, रिदामा राई, राम्लिहाङ राई जस्ता महान व्यक्तित्वहरुलाई पनि श्रद्धा गर्दै विभिन्न युद्धको समयका तस्बिरलाई विस्थापित गर्दै जाने हो भने मुलवासीका सन्तानहरु मानसिक गुलामबाट मुक्त हुँदै विचार फराकिलो हुँदै जाने विश्वास गर्न आव्हान समेत गरे।
उनका अनुसार नेपाललाई अन्य राष्ट्रसंग जोड्ने एक मात्रै पुल भनेको बुद्ध रहेको बताउँदै बाहुन क्षेत्री शासकहरु भने सत्ता र शक्तिको आडमा पद र पैसाको धाक लगाएर जंग बहादुर राणा, पृथ्वीनारायण शाह र हिटलर जस्ता तानाशाही बन्ने सपना देख्दै पतनको बाटोमा लागेको कुरा प्रष्टाए।
यसरी सम्बोधनलाई अझ सार्थकता बनाउँदै मुलवासीहरु शासितबाट शासक बन्नको लागि मुलवासी, मंगोल जस्ता शब्दहरु पचाउन सक्ने हुनुपर्छ भने जुन शब्द यी नदीनाला, वनपाखा, ढुङ्गा माटो, सङ्ग अगाढ सम्बन्ध छ। प्रकृतिले रगत र पसिना बलिदानी मागेको हुन्छ जुन आफ्नै माटोलाई दिएमा सार्थक तुलिन्छ। कहिल्यैपनी आदिवासी जनजाति भएर सत्तामा पुगेपनी मुलवासीको अधिकार दिलाउन सक्दैन जुन मुलवासीले मात्रै दिन सक्छ भने।
धेरै समय अघिबाट २०२५ फल खाने समय भनेर किन भनिएको भनेर पनि प्रष्ट्याउदै महामानव ड.गोपाल गुरुङलाई सबैले साथ छाडेपनि मान बहादुर गुरुङ र विरेन गुरुङले सधैं साथ दिएर हौसला बढाएको कारण उहाँहरुको शालिक निर्माण हुँदै गरेको खुलाए। यसै गरि उक्त समयमा उहाँको आवाज बुलन्द पार्न पत्रकारको रुपमा काम गरेका राजकुमार गुरुङ र दिलिप धिमालको विषयलाई जोडेर केही दिनमा नै दिलिप धिमालको घर निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने तयारी रहेको समेत जाहेर गरे जुन ड.गोपाल गुरुङकै आदेश थियो। यसै गरी त्यस समयमा साथ दिनुहुने जालान्धर पाख्रीनको समेत निवास निर्माण सम्पन्न गरेर हस्तान्तरणको समीप रहेको बताए भने ड.गुरुङलाई त्यस समयमा गीत गाएर घरदैलो तथा प्रचारप्रसारमा महिनौंसम्म साथ दिनुहुने पृथी मुखियालाई पनि आवास निर्माण गर्ने तयारी रहेको बताए।
हजारौं संख्यामा उपस्थित मुलवासी मंगोलहरुलाई निम्न नारामा साथ दिन लगाउँदै आकाश जमिन नै नाराले गुन्जमायन गरेर सदा एम.एन.ओ.मा भोट हाल्न आव्हान गरे।
एम.एन.ओ.- चिरायु रहोस्।
मंगोलवाद दर्शन -दीर्घायु रहोस्।
महामानव ड.गोपाल गुरुङ - अमर रहुन्।
जै मंगोल- जै मंगोल- जै मंगोल।
कार्यक्रमका केही ऐतिहासिक तस्बिरहरु।