एम.एन.ओ चापाकोट नगर सभा पुनर्गठन तथा एक दिने मंगोल प्रशिक्षण कार्यक्रम सम्पन्न।

Gurkhas Online Tv
Gurkhas Online Tv१२ माघ २०८०, शुक्रवार

ऎतिहासिक सामुहिक तस्बिर

सुस्मा आले,स्याङ्जा/26th Jan.,2024मा मंगोल नेशनल अर्गनाइजेशन तदर्थ जिल्ला सभा स्याङ्जाका अध्यक्ष तेज बहादुर थापाको सभाध्यक्षतामा र मंगोल नेशनल अर्गनाइजेशन सर्वोच्च सभाका सदस्य सोम बहादुर गुरुङको प्रमुख आथित्यतामा चापाकोट-०९मा मंगोल नेशनल अर्गनाइजेशन तदर्थ जिल्ला सभा स्याङ्जाको आयोजनामा एम.एन.ओ चापाकोट नगर सभा पुनर्गठन तथा एकदिने प्रशिक्षण कार्याक्रम सम्पन्न भएको हो।विशिष्ट अतिथीमा मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सभाका सदस्य देव बहादुर थापा थिए भने अन्य अतिथीहरुमा मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रान्तीय सभाका अध्यक्ष प्रेम बहादुर थापा, कोषाध्यक्ष सुस्मा आले र मंगोल नेशनल अर्गनाइजेशन भिर्कोट नगर सभाका संयोजक कमल बहादुर थापा रहेका थिए । कार्यक्रममा सम्पुर्ण अतिथीहरुले मुलघर चिनेर फर्किनु हुने सम्पुर्णलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना मन्तव्य राख्नुभएका थिए।कार्यक्रमपश्चात् नर बहादुर राना मगरको अध्यक्षतामा ३० सदस्ययी मंगोल नेशनल अर्गनाइजेशन चापाकोट नगर सभा पुनर्गठन भएको छ।क्रमशः सचिवमा रन बहादुर रिङ्जाली, कोषाध्यक्षमा धन बहादुर सारु, स-सचिवमा माया कुमाल, प्रचार प्रसार सचीवमा श्याम बहादुर सिङ्जाली र अन्य सदस्य मित्र कुमारी घर्ती मगर, सदस्य विष्णु बहादुर राना, सदस्य चेत बहादुर फाल मगर, सदस्य धन बहादुर कुमाल, सदस्य चेत बहादुर आले, सदस्य प्रेम दमाई, सदस्य गालु थापा, सदस्य जै बहादुर हिस्की, सदस्य याम प्रसाद कुमाल, सदस्य पुर्ण बहादुर थापा, सदस्य चम्द्र बहादुर थापा, सदस्य लिला कुमारी आले, सदस्य शिव बहादुर थापा, सदस्य सोम बहादुर थापा, सदस्य ओम बहादुर थापा, सदस्य कृष्ण बहादुर फाल, सदस्य प्रेम बहादुर सिङ्जाली, सदस्य लाल बहादुर फाल, सदस्य गम बहादुर थापा, सदस्य रुप बहादुर आले, सदस्य माया कुमाल, सदस्य दम्बर बहादुर सोतिमगर, सदस्य कमला सारु, सदस्य धन बहादुर थापा, सदस्य मुक्त बहादुर थापा र सदस्य तारा कुमारी आले रहेका छन्।मंगोल नेशनल अर्गनाइजेशन तदर्थ जिल्ला सभा स्याङ्जाका सदस्य प्रेम बहादुर थापा मगरले स्वागत मन्तव्य दिनु भएको थियो भने सचीव रेशन गाहा मगरले कार्यक्रम संचालन गर्नु भएको थियो।
प्रतिक्रिया