तनँहुमा छैटौ स्मृति दिवस सम्पन्न ।

Gurkhas Online Tv
Gurkhas Online Tv२८ जेठ २०७९, शनिवार

District-Assembly-Tanahu

तनँहु /
   मंगोल नेसनल अर्गनाइजेसन जिल्ला सभा तनहुँको आयोजनामा मंगोल नेसनल अर्गनाइजेसनका फाउन्डर महा मानव ड.गोपाल गुरुङज्युको छैटौ वाषिर्क स्मृति दिवस कार्यक्रम सम्पन्न भएको छ । मिति २०७९/०२/२७ तदानुसार 10 june 2022  का दिन मंगोल नेसनल अर्गनाइजेसन जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम बहादुर थापा मगरज्युको सभाध्यक्षता र केन्द्रिय सदस्य प्रविना थापा मगर ज्युको प्रमुख आतिथ्यतामा व्यास - २ दमौली, मंगोल नेसनल अर्गनाइजेसन जिल्ला सभा तनहुँको कार्यलयमा कार्यक्रम  सम्पन्न भयो।

 विशिष्ट अथितिमा मंगोल नेसनल अर्गनाइजेसन गण्डकी प्रदेश सभाका सदस्य भक्त गुरुङ हुनुहुन्थ्यो भने अन्य अथितिहरुमा मंगोल नेसनल अर्गनाइजेसन सुक्लागण्डकी नगर सभाका अध्यक्ष प्रतपा राना मगर, मंगोल नेसनल अर्गनाइजेसन व्यास नगर सभाका अध्यक्ष चन्द्र गुरुङ, मंगोल नेसनल अर्गनाइजेसन म्याग्दे गाउँ सभाका अध्यक्ष हुम बहादुर राना,मंगोल नेसनल अर्गनाइजेसन रिसिङ वडा-२ वडा सभाका अध्यक्ष प्रकाश थापा मगर र मंगोल नेसनल अर्गनाइजेसन जिल्ला सभा तनहुँका पुर्व सदस्य सुक बहादुर थापा मगर हुनुहुन्थ्यो ।

 मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा तनहुँका कोषाध्यक्ष ज्ञानि माया थापा मगरज्युले स्वागत मन्तव्य राख्नु भएको थियो भने मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा तनहुँका सचिव सुस्मा आले ज्युले कार्यक्रम संचालन गर्नु भएको थियो।

प्रतिक्रिया