महामानव ड. गोपाल गुरुङका सहयात्रीहरुलाई सम्मान गरौं।-प्रदिक्षा तामाङ

Gurkhas Online Tv
Gurkhas Online Tv१८ साउन २०७९, बुधवार

लेखक : प्रदिक्षा तामाङ, अध्यक्ष, एम.एन.ओ., जिल्ला सभा नुवाकोट

ड.गोपाल गुरुङका सहयात्रीहरुलाई सम्मान गरौं ।

हामीले त्याग भन्ने कुरा झट्ट बाहिर आँखाले हेर्दा नदेखिने रहेछ।जसलाइ देख्नको निम्ति गहिरो चिन्तन अथवा हाम्रो भित्री चेतनाको आँखा खोल्नुपर्छ जस्तो लाग्छ मेरो बुझाइ र भोगाइमा।हामीले असल र महान व्यक्तिहरुलाइ चिन्न समय लगाउँदो रहेछ,यो मानवीय स्वभाव नै होला सायद हामीलाइ नजिकको मान्छे सरल लाग्ने मान्छे सधै देखिरहने मान्छे भनेको बेला उपलब्ध भैरहने मान्छे साधारण लाग्छ खासै मुल्यवान लाग्दैन र उनले खेलिरहेको भुमिकाको हेक्का लिनै बिर्सिदो हो हामीले उसले दिइरहेको समय र उसले गरिरहेको त्याग पनि देखिदैन रहेछ अक्सर महान मान्छेहरुको त्यो हाम्रो ठूलो भुल सावित हुनेछ।
कालान्तरमा लेख्दै जाँदा कताकता बरालिएछु । खासमा मेरो लेखाइको तात्पर्य के हो भने हामीलाइ मंगोल नेशनल अर्गनाइजेसनसम्बन्धि विभिन्न भिडियोहरु हेर्ने समय हुदैन शालिन सकारात्मक एकाग्र शान्त मुद्रामा दिएको भाषणहरु सुन्ने लेखहरु पढ्ने धैर्यता छैन हामीमा, एम एन ओ को विभिन्न कार्यक्रमहरुमा सहभागिता हुने फुर्सद हुदैन हामीमा यो सधैं फुर्सद नहुने भनेको चाहिँ प्राथमिकता नदिएको हो खासमा।
यदि तपाइहरु साँच्चै नै मंगोल नेशनल अर्गनाइजेसनको कार्यकर्ता शुभचिन्तक समर्थक शुभेच्छुक हो भने एम एन ओ को नेता ज्युहरु चिन्नुपर्यो उहाँहरुको हरेक भाषण अन्तरवार्ता,बहस पैरवीहरु सुन्नुपर्यो र एम एन ओ को विभिन्न कार्यक्रमहरुमा सहभागी हुनुपर्यो अथवा कुनै न कुनै माध्यमबाट  संगठनसंग जोडिरहनुपर्यो संगठनलाइ निरन्तर साथ सहयोग दिइरहनुपर्यो र आफ्नो संगठनको नेता ज्युहरुको त्याग तपस्या बलिदानलाई खोज्नुपर्यो आफ्नो नेताको मिसन भिजनलाइ फैलाउनुपर्छ जस्तो लाग्छ मलाइ ।

मंगोल नेशनल अर्गनाइजेसनलाई आज यहाँसम्म ल्याउनको निम्ति महामानव ड गोपाल गुरुङ ज्युलाइ हरतरहले साथ र सहयोग गर्नुहुने महत्वपूर्ण व्यक्तित्वहरु अझै पर्दा पछाडी नै छन नेपाली जनताले विशेषगरि मानव अधिकार चाहने लोकतन्त्र प्रेमी सबैले चिन्नै पर्छ उहाँहरुलाइ खोज्नै पर्छ हामीले उहाँहरुलाइ समय छदै खोज्नुभयो भने उहाँहरु संग प्रत्यक्ष रुपमै भेट्न पाइन्छ कुराकानी गर्न सकिएला तर ढिला गर्नुभयो भने मेरो जसरी ड गोपाल गुरुङ ज्युलाइ देखभेट गर्न नपाइएकोमा मनको एककुनामा खेद छ त्यसैगरी रहिरहन्छ जस्तो लाग्छ।
एम एन ओ लाई बढाउन हुर्काउन मलजल गर्ने यहाँसम्म ल्याउनको निम्ति रगतपसिना बगाउने तन मन धनले साथ दिने दानी ग्यानी महान हस्तीहरु नेपालको सुदुर पुर्व इलाम झापा पाँचथर तप्लेजुङ लगायतका जिल्लाहरुमा हुनुहुन्छ भलै उहाँहरुसंग डाक्टरेट PHD master degree को प्रमाणपत्रहरु नहोला तर उहाँहरु हामी मुलबासी मंगोलहरुको निमित्त ती कागजी प्रमाणपत्रका विद्वानहरु भन्दा कयौं गुणा विद्वान र महान लाग्छ किनकि नेपालमा धेरै विषयमा PHD गरेको भन्ने खुबै विद्वान कहलिने बाबुराम भट्टराईको राजनीतिक दुरदर्शिता हेर्नुस् न कता पुग्यो?आखिर नेपालको मुलबासी मंगोलहरु काट्न मार्न मात्रै काम लाग्यो होइन त उसको प्रमाणपत्र ?केही गरेनन नेपाली जनताको हितको लागि बरु ड गोपाल गुरुङ ज्युलाई साथ दिनुहुने सहयोग गरिदिनुहुने उहाँहरुले नेपाली जनताले तिरी नसक्ने गुण लगाइदिनुभयो सधैंको लागि हामी पछिल्लो मंगोल पुस्ताहरु ॠणी भयौ ।उहाँहरुप्रती यहीँ लेख मार्फत शब्दहरुले सायदै पुर्ण रुपमा अभिव्यक्त गर्न त नसकेला भएपनी अन्तरहृदय देखिन सम्मान भाव छ भनेर सुनाइदिनुहोस कसैले ता कि उहाँहरुले पनि आफुले आफ्नो लगानीको थोरै भए पनि प्रतिफल पाएको महसुस गरियोस् ।ड गोपाल गुरुङले टेक्नुभएको पाइलाका डोबहरु खोज्दै खोज्दै आउँदा तपाईं सहयोगी मनकारी मनहरुसंग अन्तरंग भालाकुसारी गर्न पाइयोस् त्यतिन्जेलसम्म यहाँहरुको सुस्वस्थ्य र दीर्घायुको कामना त्यही लेखबाटै गरे मैले।

माथिका यी सबै कुराहरु गरिरहदा म शैक्षिक प्रमाणपत्रहरुको खिलाफ जस्तो पनि देखिन सक्छ त्यसो त होइन अबका भाइ बहिनीहरुले देश बनाउने खालको शिक्षाहरु लिनुपर्छ त्यही हिसाबले तयारी भएर आउँनुपर्छ भनेर वर्तमान प्रेसिडेन्ट श्रद्देय दाइ बुद्धलाल मेचे ज्यु ले बारबार भनिरहनु हुँदा अझै पढ्नुपर्ने रहेछ भन्ने छाप मेरो मानसपटलमा पनि परेको छ।मैले भन्न खोजेको अहिलेको जति नै प्रमाणपत्रधारीहरु आए पनि हिजो संगठनलाई बचाउने जोगाउने व्यक्तित्वहरु संग तुलना गर्न मिल्दैन भनेको हो उहाँहरुले रचेको इतिहासलाइ धुवाँ धुलो लाग्न नदिइकन सुरक्षित रुपमा राख्न सकिए पो त्यो प्रमाणपत्र पनि सार्थकता हुन्थ्यो भन्ने चाहिँ पक्कै हो फेरि।

अन्त्यमा मंगोल नेशनल अर्गनाइजेसन सबै मुलबासी मंगोलहरुको साझा घर हो र यहाँ भित्रका सबै सदस्यहरुले आफ्नो अधिकार मात्रै नहेरी आ आफ्नो कर्तव्य पनि बोध गरिदिनुभयो भने पक्कै पनि संगठन र संगठन भित्रका सदस्यहरुले निर्धारित समयमा लक्षित उद्देश्य हासिल गर्न सकिन्छ जस्तो लाग्छ ।

प्रतिक्रिया