अल्मल्ल हुँदै सम्झिरहन्थेँ
आफैंले आफैंलाई चिन्दिनथेँ।
खुशी हुन खोज्थेँ खुशी हुदिनथेँ
अन्धो त होइन तर आँखा देख्दिनथेँ।।
सानो जात भनी घृणा गर्थे
के हो सानो जात बुझ्दिनथेँ।
बोली नआउने होइन मेरो
तर जवाफ दिन सक्दिनथेँ।।
धमिलो ईतिहास बुझ्दै गयो
झन धमिलो भेट्थेँ।
जति उज्यालो खोज्छु
झन अन्धकार देख्थेँ।।
मतवाली भनी भन्थ्यो मलाई
गर्वका साथ मदिरा पिउँथेँ।
मतमा लट्ठ परेर म सुन
छाती पिट्दै हिड्थेँ।।
भौतारिरहेको थिएँ म
मंगोल शब्द फ्याट्टै सुनेँ।
त्यो नौलो शब्द मैले
मनमा ट्याप्पै टिपेँ।।
मंगोलको बारे खोजी गरें
मंगोलवाद दर्शन बुझ्दै गएँ।
समय यस्तो आयो जति बुझ्दै गएँ
आँखा भरी आँसु पार्दै गएँ।।
म त लुटिसकेको रहेछु
जब हिन्दु आर्य पसेपछि।
इतिहास सबै जलाको रहेछ
बैरीलाई ईष्र्या लागेपछि।।
जात त संसारमै नहुँदो रहेछ
यो त ब्राह्मणवादको सुत्र पो रहेछ।
म त मतवाली होइन
मंगोल मुलवासी पो रहेछ।।
संसारकै आँखा खोलिदिने
मंगोलको निम्ति बोलिदिने ।
महामानव ड.गोपाल गुरुङ,
मंगोलवादको दर्शनदाता
उनै हुन् मेरो ज्योतिदाता।।