'उदाउँदाे शक्ति हाे एम.एन.अाे.'

Anita Thapa Magar
Anita Thapa Magar१७ मंसिर २०८०, आइतवार

एम.एन.अाे.काे सांगठनिक झण्डा

१.यसपाली पनि ढाट्यो

२.उदाउँदाे शक्ति एम.एन.अाे.

 

१. यसपाली पनि ढाट्यो'

आ....यसपाली पनि मज्जैले ढाट्यो

सत्तामा बसी लुछातानी गर्नेले हेर..।

साच्चिकै ढाट्नु सम्म नि ढाट्यो

बेथिति,विसङ्गतिले सीमा काट्यो..।।

 

सिंगापुर बनाउँछौं देश भनी ढाट्यो

तिनले त फेरे वस्त्र जनताको फाट्यो।

नीति नियम सुधार्छौं नि भनी ढाट्यो

'भ्रष्टाचार निर्मुल' नाराले डाँडै काट्यो।।

 

लोकलाई रोजगार दिन्छौं भनी ढाट्यो

उफ्...उल्टै तिनले रेमिट्यान्समा साट्यो।

चुनावमा मात्रै हैन खट्ने भनी ढाट्यो

जनतामारा नेताले आफ्नै नाक काट्यो।।

 

२.उदाउँदो शक्ति एम.एन.ओ.

सर्वहारा,पीडितको आशा हो एम.एन.ओ.

अस्तित्व प्राप्तिको आधार हो एम.एन.ओ.

हे...मुलवासी अब त जाग झुल्के घामसङ्गै

मुलवासी भालेको यो पहिलो डाकोसङ्गै

 

इतिहास रच्न तिम्लाई समयले पर्खिरहेछ

तिम्रो सक्रियताले हिन्दुवादी यी झर्किरहेछ

नआत्ति अघि बढ्नु जीत निश्चय हाम्रो हो

वैचारिक लडाइँ यो हाम्रो अत्यन्तै राम्रो हो

 

अग्रजको कदर गरौं इमान्दार हामी बनौं

अस्तित्व स्वीकारेर अब मंगोल हौं भनौ

हिन्दुवादको हामी अब भण्डाफोर गर्नुपर्छ

योगदान दिई मात्र देशलाई हामी मर्नुपर्छ

 

उदाउँदो शक्ति हो एम.एन.ओ. निउ नखोज

बाहुनवाद हट्दै छ है जुन हो यो देशको बोझ

अब आउने चुनावमा जीत हाम्रो पक्का छ।

सत्तामा पुग्ने साच्चि एउटा सुनौलो मौका छ।

प्रतिक्रिया