मंगाेल युवा
------------------------------------
ए मंगाेल युवा केहि त बाेल
बाहुनवाद र हिन्दूवादकाे जालाेलाई खाेल।
अधिकार र अस्तित्वकाे निम्ति लड
सुरक्षित भविष्यको निम्ति अघि बढ ।।
मंगाेल र मूलवासी के हाे ? बुझ्ने गर
ड.गाेपाल गुरुङ काे हुन ? चिन्ने गर ।
वैचारिक युद्धमा पाइला अघि चाल
लाेकतन्त्रलाई बचाउन नयाँ क्रान्ति थाल ।।
पूर्खाकाे घाँटी किन रेटिए?
इतिहास खाेजी पढ्ने गर ।
रिदामा राम्लिहाङ किन मारिए?
अग्रजलाई तिमिले साेध्ने गर।।
हनुमान हाेइन शासक बन्ने काेशिस गर
अन्यायसँग हार्ने हाेइन जुध्ने गर।
देशकाे तिमि काे हाे ? आफैलाई तिम्ले चिन्ने गर
मंगाेल हामि मूलवासी देशकाे मालिक भन्ने गर ।।
जै मंगाेल