महामानव अमर ड. गोपाल गुरुङज्युले यो देशका ८०% अहिन्दु मुलवासीको निम्ति गर्नु भएको त्याग, तपस्या र योगदानलाई सम्मान तथा उहाँले बनाउनुभएको वैचारिक क्रान्तिको पथमा कदम चाल्न सकेनौ भने हाम्रो भविष्य सुनौलो छैन

Gurkhas Online Tv
Gurkhas Online Tv२१ साउन २०७९, शनिवार

प्रमुख अतिथी तामाङले महामानव ड.गोपाल गुरुङ र सिदाहा बुद्धको तस्बिरमा खदा अर्पण गर्दै

तनहुँ/ मंगोल  नेशनल अर्गनाइजेशन,भानु न.पा.वडा -३ वडा सभाको आयोजनामा  एकदिने मुलवासी मंगोल राष्ट्रवाद सम्बन्धि  प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

वि.सं.२०७९ साउन २१ गते तदानुसार 6th August, 2022को दिनमा मंगोल नेशनल अर्गनाइजेशन, भानु न.पा.,वडा-३ वडा सभाका अध्यक्ष नर बहादुर तामाङको सभाधक्ष्यतामा र मंगोल नेशनल अर्गनाइजेसन सर्वोच्च सभाका सदस्य तथा कार्यालय सचीव रिन्चेन तामाङको प्रमुख आतिथ्यततामा भानु न.पा. वडा-३,सिम्ले तनहुँमा अन्य एम.एन.ओ.का नेतागणहरु र  बृहत् लोकसमुदायको  उपस्थितिमा  उक्त कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको हो ।

कार्यक्रमका विशिष्ट अथितिमा मंगोल नेशनल अर्गनाइजेशनका  केन्द्रिय सदस्य प्रविना थापा मगर हुनुहुन्थ्यो। अन्य अथितिहरुमा मंगोल नेशनल अर्गनाइजेशन,गण्डकी प्रदेश सभाका सदस्य भक्त बहादुर  गुरुङ, मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा लमजुङका अध्यक्ष विकास गुरुङ, मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम बहादुर थापा मगर, सदस्य जुन बहादुर थापा मगर,सदस्य यम गुरुङ , मंगोल नेशनल अर्गनाइजेशन शुक्लागण्डकी नगर सभाका अध्यक्ष प्रताप राना मगर, मंगोल नेशनल अर्गनाइजेशन भानु नगर सभाका अध्यक्ष भिम बहादुर तामाङ, मंगोल नेशनल अर्गनाइजेशन,आबुखैरेनी गाउँ सभाका सचिव प्रकाश परियार, मंगोल नेशनल अर्गनाइजेशन भानु नगर सभाका सचिव चन्द्र बहादुर तामाङ र मंगोल नेशनल अर्गनाइजेशन आबुखैरेनी  गाउँपालिका वडा-४, वडा सभाका अध्यक्ष रण बहादुर खवास हुनुहुन्थ्यो ।

कार्यक्रमका प्रमुख अतिथी तथा  प्रशिक्षक तामाङले  उपस्थित स्थानीय लोकसमुदायहरुलाई मानव अस्तित्वबारे बुझाउनु हुँदै  र नेपालमा षड्यन्त्रपुर्वक मुलवासी मंगोलहरुलाई हिन्दु खस आर्यहरुको दास बनाउन लुकाइराखेका असली ईतिहासहरुको बारेमा प्रष्ट पार्नुहुँदै  बाहुनवाद र हिन्दुवादको पराकाष्ठा गरी मंगोल नेशनल अर्गनाइजेसनका फाउन्डर प्रेसिडेन्ट महामानव अमर ड. गोपाल गुरुङज्युले यो देशका ८०% अहिन्दु मुलवासीको निम्ति गर्नु भएको त्याग, तपस्या र योगदानलाई सम्मान तथा उहाँले बनाउनुभएको वैचारिक क्रान्तिको पथमा कदम चाल्न सकेनौ भने हाम्रो भविष्य सुनौलो छैन भन्दै अत्यन्तै प्रभावकारी प्रशिक्षण दिनुभएको थियो । उक्त कार्यक्रममा अन्य अतिथिहरुले पनि मुलवासी मंगोलहरुको मुक्तीको लागि र यो शासन सत्ता र राज्यको बागडोर मंगोलको हातमा ल्याउन चुनाव चिन्ह भालेम भोट हाल्नुपर्छ भन्दै मन्तव्य राख्नुभएका थिए ।
उक्त कार्यक्रममा उपस्थित सम्पुर्णलाई स्वागत गर्दै मंगोल नेशनल अर्गनाइजेशन भानु न.पा., वडा-३ वडा सभाका सचीव ज्योति तामाङले स्वागत मन्तव्य दिनुभएको थियो भने मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका सचीव सुस्मा आले मगरले कार्यक्रम संचालन गर्नु भएको थियोे।

प्रतिक्रिया