झापामा महामानब ड.गोपाल गुरुङको छैटौ स्मृति दिवस सम्पन्न

Gurkhas Online Tv
Gurkhas Online Tv२८ जेठ २०७९, शनिवार

MNO's-President

झापा /

मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाको आयोजनामा १० जुन २०२२ का दिन  झापाको मेचिनगर-२ स्थित  मंगोल रिसर्च सेन्टरको प्राङ्गणमा महामानव ड. गोपाल गुरुङ ज्युको छैटौं वार्षिक स्मृती सभा सम्पन्न भएको छ । उक्त कार्यक्रम एम.एन.ओ. झापा जिल्ला अध्यक्ष बानिरा मेचेको सभाध्यक्षतामा एवं संगठनका प्रेसिडेन्ट बुद्धलाल मेचेज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिहरु संगठनका केन्द्रिय सचिव सन्तोष तामाङ, वरिष्ठ केन्द्रिय सदस्यहरु शान्तिलाल धिमाल र दिलिप याङ्माली रहनुभएको थियो । त्यसैगरी अतिथिहरुमा केन्द्रिय सदस्यहरु गणेश चाम्लिङ, टोमराज थाम्सुहाङ, राज कुमार गुरुङ, अक्कल तामाङ, सान बहादुर मेचे, श्याम लिम्बू, जे एम थुलुङ, बगलमान राई, सत्यकला नेम्बाङ, मेलिना तामाङ, दिलवरी राई, केन्द्रिय सल्लाहकारहरु दिल बहादुर लिङखिम, पदम नेम्बाङ, धन बहादुर राई, वैकल्पिक केन्द्रिय सदस्य देवेन्द्र साम्पाङ, लक्ष्मण माक्रेहाङ, १ नं. प्रान्तीय सभा सचिव सागर राई, सदस्यहरु राजेन्द्र चेम्जोङ, प्रकाश हाङ्खिम, खड्ग स्याङ्बो, देव धिमाल, रुद्र राई, लासिमहाङ मंगोल, मंगोल पत्रकारहरु अर्जुन लोवा, विजयहाङ लिम्बू, ओखलढुंगा जिल्ला अध्यक्ष बजेन्द्र अम्बुले, भारत दार्जिलिङका मंगोल शुभचिन्तक खेमलाल साइवो रहनुभएको थियो । 

कार्यक्रममा अतिथिहरु लासिमहाङ मंगोल, देव धिमाल, सागर राई, श्याम लिम्बू, सान मेचे, राज कुमार गुरुङ, गणेश चाम्लिङ, विशिष्ट अतिथिहरु दिलिप याङ्माली, शान्तिलाल धिमाल, सन्तोष तामाङले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रेसिडेन्ट बुद्धलाल मेचेज्युले महामनव ड. गोपाल गुरुङ ज्युको महत्वबारे प्रकाश पार्दै वहाँको दर्शन र सिद्धान्तलाई आत्मसात गरेर अघि बढ्न सके मंगोलहरुको चाँडै मुक्ती र मुलुकको समृद्धि हुने कुरा बताउनुभयो । 
औपचारिक रुपमा कार्यक्रम समुदघाटन भए पश्चात् महामनव ड. गोपाल गुरुङ ज्युको समाधी स्थल समेत रहेको मंगोल रिसर्च सेन्टरमा वहाँको समाधी स्थलमा फूल चढाई श्रद्धा सुमन अर्पण गर्ने मंगोल सुभेच्छुकहरुको लर्को लागेको थियो भने कार्यक्रममा मेचिनगर अध्यक्ष सिनारा मेचेले महामानव ड. गोपाल गुरुङ ज्युप्रती समर्पित गर्दै शेष संघर्ष कविता प्रस्तुत गरेकी थिइन । झापा जिल्ला सदस्य सिखा लिम्बूले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम जिल्ला सचिव सागर मंगोलले सञ्चालन गरेका थिए ।

 

प्रतिक्रिया