तनहुँ जिल्लामा २८ औं विश्व मुलवासी दिवस सभ्य र भव्यरुपमा समपन्न ।

Gurkhas Online Tv
Gurkhas Online Tv२५ साउन २०७९, बुधवार

तस्बिर : कार्यक्रम पश्चात् एम.एन.ओ.का नेता तथा कार्यकर्ताहरु

मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँको आयोजनामा २८ औं विश्व मुलवासी दिवस कार्यक्रम सम्पन्न भएको छ ।
मिति २०७९/०४/२४ तदानुसार अगष्ट  ९,२०२२ का दिन मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका अध्यक्ष प्रेम बहादुर थापा मगरको सभाध्यक्षता र केन्द्रिय सदस्य प्रविना थापा मगरको प्रमुख आतिथ्यतामा व्यास-२ दमौली, मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँको कार्यलयमा सम्पन्न भएको हो।
कार्यक्रमका विशिष्ट अथितिमा मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभाका स- सचिव अनिता थापा मगर र  सदस्य भक्त गुरुङ हुनुहुन्थ्यो भने अन्य अथितिहरुमा मंगोल नेशनल अर्गनाइजेशन रिसिङ गाउँ सभाका अध्यक्ष भिम बहादुर आले, मंगोल नेशनल अर्गनाइजेशन शुक्लागण्डकी नगर सभाका अध्यक्ष प्रतपा राना मगर, मंगोल नेशनल अर्गनाइजेसन व्यास नगर सभाका अध्यक्ष चन्द्र बहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशन आबुखैरेनी  गाउँ सभाका सचिव प्रकाश परियार र मंगोल नेशनल अर्गनाइजेशन, आबुखैरेनी वडा-४ वडा सभाका अध्यक्ष रण बहादुर खवास मगर हुनुहुन्थ्यो । कार्यक्रमका विशिष्ट अतिथि गुरुङले हामी मंगोल दर्शन बुझेर पनि आदिवासी जनजातिको कार्यक्रममा जानू भनेको भेडा हुनु हो भन्नू हुँदै ९ अगष्ट विश्व आदिवासी दिवस नभइ मुलवासी दिवस रहेको प्रष्ट पार्नुभयो ।त्यसैगरी विशिष्ट अतिथी मगरले फेरि मुलवासी झुक्याउन उहीँ नश्ल र विचारधाराका तर फरक अनुहारका व्यक्तिलाई हाइलाईटमा ल्याइरहेको तर हामी उनीहरुको प्रपन्चमा फस्न नहुने बताउनुभयो किन कि उनीहरु सधैं मंगोलको हित विपरीत हुन्छन् भनी अन्त्यमा मुलवासी दिवसको शुभकामना दिनुभयो ।
प्रमुख अतिथी थापाले भने ९ अगष्टलाई मुलवासी दिवसको रुपमा कहिले 
देखि र किन मनाउदै आईरहेको हो भन्ने बारेमा प्रष्ट्याउनुहुँदै ऎतिहासिक तथ्यहरु राख्नुभयो र अब संघ र प्रदेश सभाको निर्वाचनमा एउटा राम्रो प्रतिफल प्राप्त गर्ने तरिकाले अभ्यास गर्नुपर्छ भनेर सम्पुर्णलाई विश्व मुलवासी दिवसको शुभकामना दिनुभयो ।
यसरी उक्त कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा तनहुँका प्रचार प्रसार सचीव विष्णु माया आले मगरले स्वागत मन्तव्य राख्नु भएको थियो र मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा तनहुँका सचिव सुस्मा आलेले कार्यक्रम संचालन गर्नु भएको थियोे ।

प्रतिक्रिया