एम.एन.ओ.जिल्ला सभा नुवाकोटको आयोजनामा २८ औं विश्व मुलवासी दिवस सम्पन्न

Gurkhas Online Tv
Gurkhas Online Tv२५ साउन २०७९, बुधवार

कार्यक्रम पश्चात लिईएको एक झलक

नुवाकोट/उमा तामाङ

मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा नुवाकोटको आयोजनामा २८ औं विश्व मुलवासी दिवस कार्यक्रम सम्पन्न भएको छ ।
मिति २०७९/०४/२४ तदानुसार अगष्ट  ९,२०२२ का दिन मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा नुवाकोटका अध्यक्ष प्रदिक्षा तामाङको सभाध्यक्षता र केन्द्रिय सदस्य कासिमा तामाङको प्रमुख आतिथ्यतामा बि.न.पा.-4,बट्टारको तामाङ प्लाजा सेमिनार हल स्थित उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका विशिष्ट अथितिमा मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सभा सदस्य धन माया तामाङ र बागमती प्रदेश सभाका स-सचिब कर्म तामाङ हुनुहुन्थ्यो भने अन्य अथितिहरुमा मंगोल नेशनल अर्गनाइजेशन सुर्यगाढी गाउँपलिका सभाका अध्यक्ष मधु तामाङ, मंगोल नेशनल अर्गनाइजेशन लिखु गाउँपलिका सभाका अध्यक्ष राजेश राइ , मंगोल नेशनल अर्गनाइजेसन म्यागङ गाउँपलिका  सभाका अध्यक्ष सुप बहादुर तामाङ, मंगोल नेशनल अर्गनाइजेशन बिदुर नगरपालिका सभाका अध्यक्ष चक्र बहादुर तामाङ  हुनुहुन्थ्यो ।

कार्यक्रमका विशिष्ट अतिथि तामाङले मुलवासी दिवस किन मनाउनु पर्छ कहाँ बाट मान्न सुरु भएको भन्ने विषयमा प्रस्ट्याउनुभयो। आदिवासी जनजति शब्दको अर्थ र असर लाई बेलैमा मंगोलहरुले बुज्झ्नुपर्ने बताएका थिए।त्यसैगरी विशिष्ट अतिथि कर्म तामाङले मंगोल मुक्तिको निमित्त कति पनि निराशा नभइकन इमानदारी पुर्वक हाम्रो अभियानलाई निरन्तरता दिनु पर्ने कुरा बताउनुभएको थियो । अन्त्यमा मुलवासी दिवसको शुभकामना दिनुभयो ।
प्रमुख अतिथी तामाङले भने  विस्तृतरुपमा मुलबासी दिवसको विषयमा प्रस्ट्याउनुहुँदै अब आउने प्रदेश प्रतिनिधि को निर्वाचनमा रिजल्ट हाम्रो पक्षमा आउने गरेर योजनाबद्ध तरिकाले नै तयारी हुनु पर्ने बताउनु भयो र अन्त्यमा  सम्पुर्णलाई विश्व मुलवासी दिवसको शुभकामना दिनुभयो ।
यसरी उक्त कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा नुवाकोटका कोषाधक्ष्य प्रतिना तामाङले  स्वागत मन्तव्य राख्नुभएको थियो र मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा नुवाकोटका सचिव उमा तामाङले कार्यक्रम संचालन गर्नु भएको थियोे ।

प्रतिक्रिया