गोरखामा २८ औं विश्व मुलवासी दिवस कार्यक्रम सम्पन्न ।

Gurkhas Online Tv
Gurkhas Online Tv२५ साउन २०७९, बुधवार

कार्यक्रमपश्चात् एम.एन.ओ.का नेताहरुको एक ऎतिहासिक तस्बिर

गोरखा/नवीन घले

मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा गोरखाको आयोजनामा २८ औं विश्व मुलवासी दिवस कार्यक्रम सम्पन्न भएको छ ।


मिति २०७९/०४/२४ तदानुसार Aug  ९,२०२२ का दिन मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा गोरखाका कोषाधक्ष्य नेम बहादुर गुरुङको सभाध्यक्षतामा र केन्द्रिय सभाका सदस्य तथा आर्थिक विभागका सदस्य सोम बहादुर तमुको प्रमुख आथित्यतामा  गोरखा जिल्ला सदरमुकाम  मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा गोरखाको कार्यलय शक्तिचोकमा सम्पन्न भएको हो । 
कार्यक्रमका विशिष्ट अथितिमा मंगोल नेशनल अर्गनाइजेशन गण्डकी प्रदेश सभाका सल्लाहकार तथा मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रिकाको संवाददाता देव बहादुर थापा मगर हुनुहुन्थ्यो भने अन्य अथितिहरुमा मंगोल नेशनल अर्गनाइजेशन नगर  सभाका अध्यक्ष कृष्ण  तामाङ, मंगोल नेशनल अर्गनाइजेशन अजिरकोट गाउँ सभाका अध्यक्ष इमान सिङ तामाङ,अजिरकोट गाउँ सभाका स्थानीय निर्वाचन गा.पा.उपाध्यक्ष पदका उम्मेदवार अमृता तामाङ शहिद लखन गाउँ सभाका सचिव तथा स्थानीय निर्वाचनको शहिद लखन गाउँ पालिकाको अध्यक्ष पदको ऊम्मेदवार सुनु मगर हुनुहुन्थ्यो । कार्यक्रमका प्रमुख अतिथि तमुले मुलबासीहरुलाई आदिबासी जनजाति बनाउनु हिन्दु आर्य बाहुन,क्षेत्रीहरुको पराजयको संकेत हो, मुलबासी मंगोलहरु विजयको नजिक पुगेको र यो बेला  धेरै षड्यन्त्र हुने र बाहुन, क्षेत्रीका विभिन्न पार्टीहरुले युग पुरूष महामानव मंगोल नेशनल अर्गनाइजेसनको फाउण्डर प्रेसिडेन्ट ड.गोपाल गुरुङज्युले ३६ साल पहिले बोलेका कुराहरु नै बोलेर हिडिरहेको र मुलबासी मंगोलहरुको विरुद्ध हिन्दु आर्य शासकहरुले मंगोलहरुलाई नै तयारी गरिरहेको यसको विरुद्ध हामी मंगोल दर्शन बुझेर अगाडि बढ्नु पर्नेमा जोड दिनु भयो साथै आदिवासी जनजातिको कार्यक्रममा जानु भनेको भेडा हुनु हो भन्नू हुँदै ९ अगष्ट विश्व आदिवासी दिवस नभइ मुलवासी दिवस रहेको प्रष्ट पार्नुभयो ।त्यसैगरी विशिष्ट अतिथी मगरले फेरि मुलवासी झुक्याउन उहीँ नश्ल र विचारधाराका तर फरक अनुहारका व्यक्तिलाई हाइलाईटमा ल्याइरहेको तर हामी उनीहरुको प्रपन्चमा फस्न नहुने बताउनुभयो किन कि उनीहरु सधैं मंगोलको हित विपरीत हुन्छन् र ९ अगष्टलाई मुलवासी दिवसको रुपमा कहिले देखि र किन मनाउदै आईरहेको हो भन्ने बारेमा प्रष्ट्याउनुहुँदै ऎतिहासिक तथ्यहरु राख्नुभयो ।साथै अब संघ र प्रदेश सभाको निर्वाचनमा एउटा राम्रो प्रतिफल प्राप्त गर्ने तरिकाले अभ्यास गर्नुपर्छ भनेर सम्पुर्णलाई विश्व मुलवासी दिवसको शुभकामना दिनुभयो ।


यसरी उक्त कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा बरिष्ठ सदस्य प्रेम बहादुर बरामले स्वागत मन्तव्य राख्नु भएको थियो र मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा गोरखाका प्रचार प्रसार सचिव नबिन घलेले कार्यक्रम संचालन गर्नु भएको थियोे ।

प्रतिक्रिया