इलाम जिल्लाको मंगलबारेमा २८ औं विश्व मुलवासी दिवस कार्यक्रम सम्पन्न ।

Gurkhas Online Tv
Gurkhas Online Tv२५ साउन २०७९, बुधवार

मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रीका

इलाम/ मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा इलामको आयोजनामा देउमाइ नगरपालिका -४ स्थित मंगलबारेमा २८ औँ विश्व मूलबासी दिवस कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम एम.एन.ओ. झापा जिल्ला अध्यक्ष गंगा तामाङको सभाध्यक्षतामा एवं संगठनका वरिष्ठ केन्द्रिय सदस्य दिलिप याङमाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा अतिथिहरु केन्द्रिय सदस्यहरु बगलमान राई, प्रेम जिम्बा, राजन चाम्लिङ, १ नं. प्रान्तीय सभाका सदस्य प्रेम बम्जन रहनुभएको थियो । 
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी याङमाले  नेपालका मूलबासी मंगोलहरुलाई संविधानले नै आदिवासी,जनजाती र दलित भनेर संवैधानिक रुपमा नै विभेद गरेको कुरा जगजाहेर गर्दै अबको समय सम्पूर्ण मूलबासी मंगोलहरु मंगोल नेशनल अर्गनाइजेशनमा आवद्ध हुनुपर्ने कुरामा जोड दिनुभयो ।

 

प्रतिक्रिया