राजधानी काठमाडौमा एम.एन.ओ., बागमती प्रान्तीय सभाको आयोजनामा २८ औं विश्व मुलवासी दिवस कार्यक्रम सम्पन्न ।

Gurkhas Online Tv
Gurkhas Online Tv२५ साउन २०७९, बुधवार

कार्यक्रम पश्चात् एम.एन.ओ.का नेताहरुको ऎतिहासिक तस्बिर

काठमाडौं/सालिकराम थापा मगर

मंगोल नेशनल अर्गनाइजेशन बाग्मती प्रान्तिय सभाको आयोजनामा २८ औं विश्व मुलवासी दिवस कार्यक्रम सम्पन्न भएको छ ।

मिति २०७९/०४/२४ तदानुसार  ,9th August 2022 (२०७९-०४-२४) का दिन मंगोल नेशनल अर्गनाइजेशन बाग्मती प्रान्तिय सभाका अध्यक्ष राजेन्द्र तामाङको सभाध्यक्षतामा र केन्द्रिय सभाका सदस्य मंगोल भंक्त खपाङ्गी मगरको प्रमुख आथित्यतामा काठमाण्डौको गंगबु स्थित तमु धि  हलमा सम्पन्न भएको हो । 


कार्यक्रमका विशिष्ट अथितिमा मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सभाका सदस्य जोनि बिक , केन्द्रिय सदस्य मोहन मगर हुनुहुन्थ्यो भने अन्य अथितिहरुमा मंगोल नेशनल अर्गनाइजेशन केन्द्रिय सदस्य रुबेन श्रेष्ठ , बैकल्पिक सदस्य प्रेम श्रेष्ठ , १ न प्रदेश सभाका प्रचार सचिब उतम मगर,उदयपुर जिल्ला सभाका सल्लाहकार जंग राना मगर,काभ्रे जिल्ला सभाका अध्यक्ष कमल तामाङ ,सिन्धुली जिल्ला सभाका अध्यक्ष सन्तवीर तामाङ , रामेछाप जिल्ला सभाका अध्यक्ष सिताराम मगर, संखुवासभा सभाका सचिब आयुस्मा गुरुङ, नुवाकोट जिल्ला सभाका सदस्य एबम इन्सुमा अन्लाइन टिभिका संमयोजक सुरेन्द्र तामाङ , मोरङ जिल्ला सभाका सदस्य कुमार मगर हुनुहुन्थ्यो । 
             कार्यक्रमका प्रमुख अतिथि खपाङ्गी मगरले मुलबासी र आदिबासी जनजातिको बिसयमा प्रस्ट पार्नु भएको थियो । विशिष्ट अतिथि ,अतिथिहरुले  मन्तब्यमा संसार भरिका मुल्बासीहरुलाई २८ औ मुलबासी दिबसको शुभकामना दिनु भयो।
यसरी उक्त कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेसन बाग्मती प्रान्तीय सभाका कोषाध्यक्ष सालिकराम थापा मगरले स्वागत मन्तव्य राख्नु भएको थियो भने  मंगोल नेशनल अर्गनाइजेशन बाग्मती प्रान्तीय सभाका सचिव कुमार तामाङले  कार्यक्रम संचालन गर्नु भएको थियोे ।

प्रतिक्रिया