लमजुङमा २८ औं विश्व मुलवासी दिवस कार्यक्रम सभ्य र भव्यरुपमा सम्पन्न ।

Gurkhas Online Tv
Gurkhas Online Tv२५ साउन २०७९, बुधवार

तस्बिर :२८ औं विश्व मुलवासी दिवस कार्यक्रमको केही झलकहरु

मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा लमजुङको आयोजनामा २८ औं विश्व मुलवासी दिवस कार्यक्रम सम्पन्न भएको छ ।
मिति २०७९/०४/२४ तदानुसार अगष्ट  ९,२०२२ का दिन मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा लमजुङका अध्यक्ष विकास गुरुङको सभाध्यक्षतामा र गण्डकी प्रदेश सभाका सदस्य कुलुकुमारी गुरुङको प्रमुख आतिथ्यतामा लमजुङ जिल्लाको बेसिशहरस्थित थोरङ पिक होटलमा उक्त विश्व मुलवासी दिवस कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका अथितिहरुमा मंगोल नेशनल अर्गनाइजेशन दोर्दी गाउँ भरत गुरुङ,मंगोल नेशनल अर्गनाइजेशन सुन्दर बजार नगर सभाका अध्यक्ष कृष्ण  बहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेसन व्यास राइनास न.पा., वडा न.-०६ का अध्यक्ष विर्ख बहादुर गुरुङ हुनुहुन्थ्यो । कार्यक्रमका सम्पुर्ण अतिथिहरु लगायत जिल्ला सभाका पदाधिकारीहरु सुर जङ्ग गुरुङ, खेम बहादुर गुरुङले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
प्रमुख अतिथी गुरुङले ९ अगष्टलाई मुलवासी दिवसको किन मनाउदै  आईरहेको हो र यसको श्रेय कसलाई जान्छ भन्ने बारेमा प्रष्ट्याउनुहुँदै मंसिरमा हुनगइरहेको आसन्न निर्वाचन -संघ र प्रदेश सभाको निर्वाचनमा हामीले आफ्नो पोल्टा फलदायी बनाउन स्थानीय निर्वाचनमा भन्दा धेरै गुणा ऎक्यबद्ध भइ अहोरात्र खट्नुपर्छ भनेर सम्पुर्णलाई विश्व मुलवासी दिवसको शुभकामना दिनुभयो ।साथै सभाक्ष्य गुरुङले पनि सम्पुर्णलाई विश्व मुलवासी दिवसको शुभकामना दिदै ड.गोपाल गुरुङलाई विश्व्व्यापी रुपमा परिचीत गराउन एम.एन.ओ.का नेता तथा कार्यकर्ताहरुके उहाँको दर्शन जस्ताको तस्तै अगाडी बढाउनुपर्छ र मुलवासीलाई सचेत गराउनुपर्छ भन्दै सभा विसर्जन गर्नुभयो।
यसरी उक्त कार्यक्रममा मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा लमजुङको सदस्य आशिष गुरुङले स्वागत मन्तव्य राख्नु भएको थियो र मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा लमजुङका सचिव कमलराज गुरुङले कार्यक्रम संचालन गर्नु भएको थियोे ।

प्रतिक्रिया