धादिङको धादिङबेशीमा २८ औं विश्व मुलवासी कार्यक्रम सभ्य र भव्यरुपमा सम्पन्न ।

Gurkhas Online Tv
Gurkhas Online Tv२५ साउन २०७९, बुधवार

विश्व मुलवासी दिवस कर्याक्रमका केही झलकहरु

मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा धादिङको आयोजनामा २८ औं विश्व मुलवासी दिवस कार्यक्रम सम्पन्न भएको छ ।
मिति २०७९/०४/२४ तदानुसार अगष्ट  ९,२०२२ का दिन मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा धादिङका अध्यक्ष धर्मराज सेन्देनको सभाध्यक्षतामा र केन्द्रिय सभाका केन्द्रिय सदस्य रिन्चेन तामाङको प्रमुख आतिथ्यतामा धादिङ  जिल्लाको धादिङबेशीस्थित जिल्ला सभा धादिङकै कार्यालयमा उक्त विश्व मुलवासी दिवस कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका अथितिहरुमा मंगोल नेशनल अर्गनाइजेशन बागमती प्रान्तीय सभाका सदस्यहरु सन्तोषकुमार तामाङ र हरि तामाङ रहनुभएको थियो । कार्यक्रममा आमन्त्रित सम्पुर्ण अतिथिहरुले विश्व मुलवासी दिवसको अवसरमा उपस्थित लोकसमुदाय र अन्य अतिथिहरु साथै आयोजक टिमलाई शुभकामना व्यक्त गर्दै मन्तव्य राख्नुभएका थिए ।
प्रमुख अतिथी तामाङले संसारभरी ९ अगष्टलाई मुलवासी दिवसको किन मनाउदै  आईरहेको हो भन्ने विषयलाई प्रष्ट्याउनुहुँदै नेपालमा मंगोल अनुहारकै दाजुभाईहरु केही रकमका लोभमा मुलवासी दिवसलाई आदिवासी भनेर मनाउदै आएतापनि त्यसको कुनै औचित्य नरहेको बताउनु भयो साथै विभिन्न देशहरुकका नजिर प्रस्तुत गर्दै शरणार्थीहरुले मुलवासीलाई जति नै दमन गरेपनी आखिर उनीहरु पतन हुन्छन् त्यसकारण यहि मंसिरमा हुनगइरहेको आसन्न निर्वाचन -संघ र प्रदेश सभाको निर्वाचनमा  हाम्रो पक्षमा राम्रो नतिजा ल्याउन आजैबाट खट्नुपर्ने र हाम्रा मुलवासीलाई भालेमा भोट हाल्न सचेत गरानुपर्छ भनी अन्त्यमा  मुलवासी दिवसको शुभकामना दिनुभयो ।
साथै सभाक्ष्य सेन्देनले पनि सम्पुर्णलाई विश्व मुलवासी दिवसको शुभकामना दिदै हामीलाई मानरा अस्तित्वको लडाइँ लड्नको लागि यो मंगोल दर्शन प्रतिपादन गरेर एम.एन.ओ.स्थापना गर्नुहुने ड.गोपाल गुरुङज्युको दर्शन आत्मसात् गर्दै उहाँले बनाउनुभएको यो वैचारिक क्रान्तिको पथमा कहिलेपनि नथाकिकन हिड्नुपर्छ भन्दै सभा विसर्जन गर्नुभयो।
यसरी उक्त कार्यक्रमको सन्चाल्न चमन तामाङले गर्नु भएको थियोे ।

प्रतिक्रिया