लमजुङमा छैटौ स्मृति दिवस सम्पन्न ।

Gurkhas Online Tv
Gurkhas Online Tv२९ जेठ २०७९, आइतवार

District-Assembly-Lamjung

लमजुङ / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा लमजुङको आयोजनामा मंगोल नेशनल अर्गनाइजेशनका फाउन्डर प्रेसिडेन्ट युगपुरुष अमर ड.गोपाल गुरुङज्युको छैटौ  वार्षिक स्मृति दिवस कार्यक्रम लमजुङ जिल्लाको सदरमुकाम बेसिशहरस्थित एम.एन.ओ.जिल्ला सभा लमजुङको कार्यालयमा सभ्य र भव्यरुपमा सम्पन्न भएको छ ।

१० जुन, २०२२ को दिन एम. एन.ओ. लमजुङ जिल्ला सभाको आयोजनामा जिल्ला सभाका अध्यक्ष विकास गुरुङको सभाध्यक्षतामा र एम.एन.ओ. गण्डकी प्रदेश सभाका सदस्य कुल कुमारी गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका विशिष्ट अतिथिमा गण्डकी प्रदेश सभाकै सदस्य पदम माया गुरुङ हुनुहुन्थ्यो । त्यस्तै गरि अन्य अतिथिहरुमा एम.एन.ओ., सुन्दर बजार नगर सभाका सचिव विष्णु बहादुर गुरुङ र दोर्दी गाउँ सभाका अध्यक्ष भरत बहादुर गुरुङ हुनुहुन्थ्यो । विशिष्ट अतिथि गुरुङले मुलवासी मंगोलहरु यो शताब्दीमा पनि बाहुनको अन्धभक्त भइ जातीय विषय उत्थान गरि तछाड मछाड गर्नु लाजमर्दो कुरो हो भन्नू भयो । त्यसैगरी प्रमुख अतिथी गुरुङले युगपुरुष अमर ड.गोपालप्रती श्रद्धा व्यक्त गर्नुहुँदै उहाँ युगौ युगमा यो देशको आमूल परिवर्तनको लागि जन्मिनुभएका महामान्व हुनुहुन्छ र उहाँको भौतिक शरीर हामी माझ नरहेपनी उहाँको मंगोल दर्शन अजम्बरी रहने छ र हामीले यसको संरक्षण गर्नुपर्छ भन्नुभयो । सभाध्यक्ष गुरुङले भने नेपालको राजनीतिभित्रको कर्तुतलाई प्रष्ट पार्नुहुँदै जिउँदो मानिस सरह बाचौ र अस्तित्वको वैचारिक लडाइँमा सबैजना होमिऔं तबमात्र भावी पुस्ताको भविष्य सुनौलो हुनेछ भन्नुहुदै युगपुरुष ड.गोपाल गुरुङज्युको त्याग, तपस्या र बलिदानको सम्मान गरौं भनेर सभा विसर्जन गर्नुभयो । यसरी लमजुङ जिल्लाका एम.एन.ओ.का शुभचिन्तकहरुको बाक्लो उपस्थितिमा सभ्य र भव्यरुपमा सम्पन्न भएको हो ।

कार्यक्रम सन्चालन एम.एन.ओ.जिल्ला सभा लमजुङका सचिव कमलराज गुरुङले गरेका थिए भने स्वागत मन्तव्य सदस्य आशिष् गुरुङले दिएका थिए ।

 

 

 

प्रतिक्रिया