मंगोल नेशनल अर्गनाइजेसनद्वारा निर्वाचन प्रयोजनको लागि दल दर्ता कार्य सम्पन्न

Gurkhas Online Tv
Gurkhas Online Tv२६ साउन २०७९, बिहिवार

तस्बिर : एम.एन.ओ.का केन्द्रीय तथा प्रान्तीय सभाका नेतागणहरु निर्वाचन कार्यालय कान्तीपथमा

काठमाडौं  / मंगोल नेशनल अर्गनाइजेशनले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुन दल दर्ता गरेको छ ।
     संगठनका केन्द्रीय मुल सचिब थम्मन बहादुर बुढा मगरको नेतृत्वमा दिनाङ्क २६ साउन , २०७९ तदानुसार 11 अगस्ट, 2022  बिहीवारका दिन काठमाडौ स्थित कान्तिपथमा रहेको निर्बाचन आयोगमा पुगी दल दर्ता गरेको हो । सरकारले प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन आगामी मंसिर ४ गते गर्ने घोषणा गरेपछि आफ्नो  संगठनले पनि  निर्वाचन  प्रयोजनको निम्ति दल दर्ता गरेको केन्द्रीय प्रवक्ता दिलिप धिमालले बताउनु भयो ।  दल दर्ता कार्यक्रममा संगठनका  केन्द्रीय सचिब सन्तोष तामाङ , केन्द्रीय कोषाध्यक्ष आङ दावा शेर्पा , केन्द्रीय प्रवक्ता दिलिप धिमाल , केन्द्रीय प्रचार प्रसार सचिब मणि पापो लिम्बू , केन्द्रीय सदस्यहरु रिन्छेन तामाङ , सोम गुरुङ , धनमाया तामाङ , रुबेन श्रेष्ठ , जोनि बि क , बागमती प्रान्तीय सभा अध्यक्ष राजेन्द्र तामाङ ,सचिव कुमार तामाङ , कोषाध्यक्ष सालिक मगर , सदस्य सन्तोष कुमार तामाङ , काभ्रे जिल्ला अध्यक्ष कमल तामाङ , सिन्धुली जिल्ला सभा अध्यक्ष सान्त वीर लामा,सल्लाहकार बोर्जन लामा , धादिङ जिल्ला सभा अध्यक्ष धर्म राज सेन्दन , प्रचार सचीव मिसाङ  तामाङ , सदस्य  सुनिल तामाङ , लम्जुङ जिल्ला सभा अध्यक्ष विकाकास गुरुङ , गोर्खा जिल्ला सदस्य तेम्बा ग्याल्जेन , काभ्रे जिल्ला सदस्यदय चन्द्र तामाङ , अक्कल तामाङ  र नुवाकोट जिल्ला सदस्य सुरेन्द्र तामाङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया