एम.एन.ओ. भद्रपुर नगर सभाको आयोजनामा २८ औं विश्व मुलवासी दिवस कार्यक्रम सम्पन्न

Gurkhas Online Tv
Gurkhas Online Tv२६ साउन २०७९, बिहिवार

भद्रपुरमा सम्पन्न विश्व मुलवासी दिवस कार्यक्रमको झलक

झापा/ बानिरा मेचे

मंगोल नेशनल अर्गनाइजेशन भद्रपुर नगर सभाको आयोजनामा २८ औं विश्व मुलवासी दिवस कार्यक्रम सम्पन्न भएको छ ।
मिति २०७९/०४/२४ तदानुसार अगष्ट  ९,२०२२ का दिन मंगोल नेशनल अर्गनाइजेशन भद्रपुर नगर सभाका अध्यक्ष रावण मंगोलको सभाध्यक्षतामा र एम.एन.ओ. सर्वोच्च सभाका सदस्य श्याम लिम्ब्यको प्रमुख आतिथ्यतामा झापा जिल्लाको भद्रपुर न.पा.स्थित नगर सभाकै कार्यालयमा  भद्रपुर नगरसभाको आयोजना  उक्त विश्व मुलवासी दिवस कार्यक्रम सम्पन्न भएको हो ।उक्त कार्यक्रम पश्चात् ज्ञाने चौकमा खुल्ला सभा गरिएको थियो । 
कार्यक्रमका विशिष्ट अतिथिमा केन्द्रीय सदस्य याम कुमारी लिम्बू हुनुहुन्थ्यो भने अन्य अथितिहरुमा मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा झापाका अध्यक्ष बानिरा मेचे, झापा जिल्लाकै सदस्यहरु क्रमशः  सुवास लिम्बू, सन्तोष लिम्बू, गुन्ज राना मगर र जयन मगर रहनुभएको थियो ।
कार्यक्रममा आमन्त्रित सम्पुर्ण अतिथिहरुले विश्व मुलवासी दिवसको अवसरमा उपस्थित लोकसमुदाय र अन्य अतिथिहरु साथै आयोजक टिमलाई शुभकामना व्यक्त गर्दै मन्तव्य राख्नुभएका थिए ।
प्रमुख अतिथी श्याम  ९ अगष्टलाई विगत देखि मुलवासीहरुको नाउँमा आउने केही डलर पचाउनको लागि आफैले आफू जनजाती ( घुमन्ते,फिरङ्गे ) स्विकार्दै बाहुन क्षेत्रीको हनुमान बन्ने प्रवृत्ति रहेपनी मंगोल नेशनल अर्गनाइजेसनले ९ अगष्ट लाई धेरै वर्षदेखि मुलवासी दिवसको रुपमा नै मनाईरहेको बताउनुहुँदै लोकसमुदायलाई  किन  मुलवासी मनाईन्छ भनेर प्रष्ट्याउनुभयो साथै  नेपालका शरणार्थीहरुले मुलवासीको हितमा कहिले काम नगर्ने र नेपाल लोकतान्त्रिक देश भइसकेपनी अझ नेपालमा संघियता र प्रान्तीयता खारेज गरी राजतन्त्र स्थापित गर्न केही तत्वहरु सल्बलाइ रहेको देखिन्छ भन्नुभयो । त्यसकारण यहि मंसिरमा हुनगइरहेको आसन्न निर्वाचन -संघ र प्रदेश सभाको निर्वाचनमा  हाम्रो पक्षमा राम्रो नतिजा ल्याउन आजैबाट खट्नुपर्ने र हाम्रा मुलवासीलाई भालेमा भोट हाल्न सचेत गरानुपर्छ भनी अन्त्यमा  मुलवासी दिवसको शुभकामना दिनुभयो ।
साथै सभाक्ष्य मंगोलले पनि सम्पुर्णलाई विश्व मुलवासी दिवसको शुभकामना दिदै ड.गोपाल गुरुङलाई विश्व्व्यापी रुपमा परिचीत गराउन एम.एन.ओ.का नेता तथा कार्यकर्ताहरुले उहाँको दर्शन जस्ताको तस्तै अगाडी बढाउनुपर्छ र मुलवासीलाई सचेत गराउनुपर्छ भन्दै सभा विसर्जन गर्नुभयो।
यसरी उक्त कार्यक्रमको सन्चालन भद्रपुर नगर सभाका सचिब रेवत मगरले गर्नुभएको थियो भने  नगर सदस्य श्याम लिम्बुले स्वागत मन्तव्य राख्नु भएको थियोे ।

प्रतिक्रिया