मंगोल नेशनल अर्गनाइजेसन जिल्ला सभा काठमाडौं पुनर्गठन कार्यक्रम सम्पन्न

Gurkhas Online Tv
Gurkhas Online Tv२८ साउन २०७९, शनिवार

स्रोत : मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रीका

काठमाडौं  / मंगोल नेशनल अर्गनाइजेशनको काठमाडौ जिल्ला सभा पुर्नगठन कार्यक्रम सम्पन्न  भएको छ ।
उक्त कार्यक्रम काठमाडौको बौद्ध स्थित बौद्ध गाडेनको सभाहलमा  दिनाङ्क २०७९ साउन २८ तदानुसार शनिवार संगठनका केन्द्रीय सचीव सन्तोष तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमका विशिष्ट अतिथिमा संगठनका केन्द्रीय प्रवक्ता दिलिप धिमाल रहनु भएको थियो भने अन्य अतिथीहरुमा केन्द्रीय सदस्य तथा कार्यलय सचीव रिन्चेन तामाङ , केन्द्रिय सदस्यहरु मंगोल भक्त खपाङ्गी , रुबेन श्रेष्ठ , जोनि बि क , बागमती प्रान्तीय सभाका अध्यक्ष राजेन्द्र तामाङ , सचीव  कुमार तामाङ , कोषाध्यक्ष सालिकराम थापा मगर,  नुवाकोट जिल्ला सभाका अध्यक्ष प्रदीक्षा तामाङ , रसुवा जिल्ला सभाका अध्यक्ष बिकास तामाङ , धादिङ जिल्ला सभाका अध्यक्ष धर्मराज स्यादेन , काभ्रे जिल्ला अध्यक्ष कमल तामाङ , लम्जुङ जिल्ला अध्यक्ष विकास गुरुङ , सिन्धुली जिल्ला सभाका अध्यक्ष शान्त वीर लामा , चितवन जिल्ला सभाका अध्यक्ष टेक बहादुर तामाङ र प्रवास सभा साउदीका अध्यक्ष धावा लामा रहनु भएको थियो ।
पुर्नगठन कार्यक्रमले बाबुलाल तामाङको अध्यक्षतामा १३ सदस्य जिल्ला सभा निर्माण गरेको छ । पुर्न गठन जिल्ला सभा को सचिब , कोषाध्यक्ष , सह सचिबमा क्रमश राम कुमार तामाङ ,कुल बहादुर स्याबो , सीता तामाङ रहेका छन भने सदस्यहरुमा कान्छी ह्याल्मो ,  ग्याल्मो ह्याल्मो , सान्ता तामाङ ,लेकगोम घिसिङ ,तेन्जिङ छोमो तामाङ , कान्छीमाया लामा, चन्द्रमाया लामा निर्मला तामाङ रहेका छ । त्यतै जिल्ला सल्लाहकारमा सुरेश कुमार तामाङ रहेका छन । पुर्ब गठित जिल्ला सभाका पदाधिकारीहरु लाई कार्यक्रम प्रमुख अतिथि तामाङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।
पुर्न गठित जिल्ला सभाका सल्लाहकार सुरेश कुमार लामाको सभा अध्यक्षमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी सन्तोष तामाङ , बिशिस्ट अतिथि दिलिप धिमाल केन्द्रिय सदस्य रुबेन श्रेष्ठ , बागमती प्रान्तीय अध्यक्ष राजेन्द्र तामाङ , नुवाकोट जिल्ला अध्यक्ष प्रदीक्षा तामाङ , लम्जुङ जिल्ला अध्यक्ष बिकास गुरुङ , काभ्रे जिल्ला अध्यक्ष कमल तामाङ , सिन्धुली जिल्ला अध्यक्ष शान्तवीर लामा , धादिङ जिल्ला अध्यक्ष धर्म राज स्यादेन , रसुवा जिल्ला अध्यक्ष बिकास तामाङ र  चितवन जिल्ला अध्यक्ष टेक बहादुर तामाङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । सीता तामाङले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम बिनोद तामाङले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया