नेप्लिज मुलवासी मंगोल कम्युनिटी यु.केको आयोजनामा २८ औं विश्व मुलवासी दिवस कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।

Gurkhas Online Tv
Gurkhas Online Tv२९ साउन २०७९, आइतवार

कार्यक्रमपश्चात् अतिथिहरु र आयोजक टिमको एक ऎतिहासिक तस्बिर

काठमाण्डु/नेप्लिज मुलवासी मंगोल कम्युनिटी यु.केको आयोजनामा २८ औं विश्व मुलवासी दिवस कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको छ ।
मंगोल नेशनल अर्गनाइजेसन प्रवास सभा यु.के.का अध्यक्ष टङ्क बहादुर गुरुङको सभाधक्ष्यतामा र गेसोका संस्थापक अध्यक्ष पदम बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका  विशिष्ट अतिथीमा खड्क बहादुर बुढा मगर रहनुभएको थियो । कार्यक्रमका अन्य अतिथीहरुमा दोहोरो नागरिकता अभियानका संयोजक थर्क राना मगर, सत्याग्रह अभियान्ताद्वय पुष्प घले र धन गुरुङ रहनुभएको थियो । प्रमुख अतिथि लगायत सम्पुर्ण आमन्त्रित अतिथिहरुले २८ औं विश्व मुलवासी दिवसको शुभकामना मन्तव्य राख्नुभएको थियो ।
प्रमुख अतिथी गुरुङले स्वदेश छाडेर परदेशमा काम गर्न, सैनिक भएर गुलामी बन्न र अरुको देशमा बस्न कसैको रहर हुँदैन यो त बाध्यता हो भन्दै आफू नेपालको मुलवासी मंगोल हुनुमा गर्व महसुस भएको अनुभव सुनाउनुहुँदै महामानव ड.गोपाल गुरुङज्युप्रती श्रद्धा व्यक्त गरेर सम्पूर्ण देश तथा विदेशमा रहनुहुनेलाई विश्व मुलवासी दिवसको शुभकामना दिनुभयो ।
त्यस्तै गरि विशिष्ट अतिथि बुढा मगरले भने कसरी नेपालका मुलवासी हामी हौं भन्नेबारेमा महामान ड.गोपाल गुरुङज्युको पुस्तकका दस्तावेजहरु प्रस्तुत गर्दै  प्रष्ट पार्नुका साथै हामीले आफुलाई मुलवासी भइकन पनि आदिवासी जनजाति स्विकार्नु बाहुनवाद र हिन्दुवादलाई प्रसय दिनु हो भन्नू भएको थियो ।

प्रतिक्रिया