बृहत् खुल्ला सभामै एकै साथ १४७ युवाहरु विभिन्न पार्टी परित्याग गरि प्रवेश गरे एम.एन.ओ.मा

Gurkhas Online Tv
Gurkhas Online Tv२९ साउन २०७९, आइतवार

स्रोत :मंगोल भिजन राष्ट्रिय साप्ताहिक पत्रीका

ईलाम/ मंगोल नेशनल अर्गनाइजेशन चुलाचुली गाउँसभा  इलामको आयोजनामा चुलाचुली गाउँपालिका -४ स्थित आइतबारे बजारमा बृहत् मंगोल सभा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम एम.एन.ओ. चुलाचुली गाउँसभाका अध्यक्ष दल बहादुर श्रेष्ठको सभाध्यक्षतामा एवं संगठनका केन्द्रिय प्रचारप्रसार सचिव मणि पापो लिम्बूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विशिष्ट अतिथी केन्द्रिय सर्वोच्च सभाका सदस्य सान मेचे रहनुभएको थियो भने अतिथिहरुमा केन्द्रिय सर्वोच्च सभा सदस्य श्याम लिम्बू, १नं. प्रान्तीय सभा अध्यक्ष भास्कर चाम्लिङ, सदस्यहरु प्रकाश हाङ्खिम, राजेन्द्र चेम्जोङ, लासिमहाङ मंगोल, झापा जिल्ला अध्यक्ष बानिरा मेचे, सचिव सागर दर्जी, सहसचिव भरत राई, प्रचारप्रसार सचिव भानु धिमाल, सदस्यहरु प्रेम लिम्बू, जयेन मगर, सुभाष लिम्बू, अर्जुन लोवा, इलाम जिल्ला सदस्यहरु चन्द्र केरुङ,विराज तामाङ, मान बहादुर गोले, सुवास लोक्ताम, मोरङ जिल्ला सदस्यहरु नारायण विशंखे, सुमन लिङ्देन, भद्रपुर नगरसभा अध्यक्ष रावण लिम्बू, कमल गाउँसभा सदस्य हिजन राई, दमक नगरसभा अध्यक्ष दिपेश राई, विर्तामोड नगरसभा अध्यक्ष याम श्रेष्ठ, इलाम नगरसभा अध्यक्ष कर्ण गोले, मिक्लाजुङ गाउँसभा सचिव लाल बहादुर मगर रहनुभएको थियो ।

कार्यक्रममा उपस्थित उल्लेखीय लोकसमुदायहरुले एम.एन.ओ. को नाराहरु लगाउँदै आइतबारे बजार परिक्रमा गरी औपचारिक रुपमा सुरु भएको कार्यक्रममा विभिन्न पाटी परित्याग गर्दै १४७ जनाले सामुहिक रुपमा मंगोल नेशनल अर्गनाइजेशन संगठनमा प्रवेश गरेका छ्न । प्रवेश गर्ने महानुभावहरुलाई कार्यक्रमका प्रमुख अतिथिको हातबाट खदा लगाई सदस्यता वितरण गरि संगठनमा स्वागत गरिएको छ । कार्यक्रममा अतिथिहरु कर्ण गोले, याम श्रेष्ठ, दिपेश राई, हिजन राई, रावण लिम्बू,सागर दर्जी, बानिरा मेचे, लासिमहाङ मंगोल, भास्कर चाम्लिङ, श्याम लिम्बू,विशिष्ट अतिथी सान बहादुर मेचेले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी मणि पापोले नेपालमा रहेका मूलबासी मंगोलहरुको अधिकार र अस्तित्व संविधानिक रुपमा सरक्षित गर्दै मुलुकको दिगो विकास, सुशासन र समृद्धिको निमित्त एकमात्र विकल्प एम.एन.ओ. रहेकोले सम्पूर्ण मूलबासी मंगोलहरु आफ्नो वास्तविक घर मंगोल नेशनल अर्गनाइजेशनमा आवद्द हुनुपर्ने कुरामा जोड दिनुभयो ।  दिपेन्द्र हाङ्सुरुम्बाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम इलाम जिल्ला सदस्य सुन्दर वजीले सञ्चालन गरेका थिए

प्रतिक्रिया