देश चलाउदै छ शासकहरु सामन्तको भेषमा

Gurkhas Online Tv
Gurkhas Online Tv१ भदौ २०७९, बुधवार

लेखक : सीता घिसिङ मंगोल

मेरो कविताको शिर्षक रहेको छ
         'देश चलाउदै छ शासकहरु सामन्तको भेषमा'

लोकतन्त्र गणतन्त्र संघियता हाम्रो यो देशमा 
जनतामाथि अझै शोषण हुन्छ सामन्तको भेषमा...! 

सिद्धान्तको राजनीति छोडी व्यक्तिवादी राजनीति गर्नेहरु 
देशको ढुकुटी रित्याएर आफ्नो गोजि भर्ने नेता छ देशमा...!

बहुभाषी संस्कृति , धर्मनिरपेक्ष मुलवासीको यो देशमा
हिन्दु राज्य चाहियो अरे,एकधिकारिवादी सोचको भेषमा...!

सर्वहाराकै सत्ता ल्याउछु भन्दै हिजो सत्तामा पुगेकाहरु
नातावाद, कृपावाद ,भोलेवाद भन्दै सरकार चल्छ यो देशमा...!

ठुलोलाई चयन  सानोलाई ऐन कानुन लागु हुने देशमा
कानुनको धज्जी उडाउदै सोझासाझ फसाउने झुटो केशमा ..!

बेरोजगारी धेरै भो बाध्यता युवावर्ग सबै विदेशिए पछि,
विदेशीको ईसारामा बुढन्तेहरु देश चलाउने मगन्ते भेषमा..।

लोकतन्त्र,गणतन्त्र,संघियता हाम्रो यो देशमा 
जनतामाथि अझै शोषण हुन्छ सामन्तको भेषमा...! !

प्रतिक्रिया