इलाममा छैटौ स्मृति दिवस सम्पन्न ।

Gurkhas Online Tv
Gurkhas Online Tv३० जेठ २०७९, सोमवार

इलाममा छैटौ स्मृति दिवस सम्पन्न ।

इलाम / मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा इलामको देउमाइ नगरसभाको  आयोजनामा मंगोल नेशनल अर्गनाइजेशनका फाउन्डर प्रेसिडेन्ट युगपुरुष अमर ड.गोपाल गुरुङज्युको छैटौ  वार्षिक स्मृति दिवस कार्यक्रम साथै १ दिने मंगोल राष्ट्ववाद सम्बन्धी प्रशिक्षण कार्यक्रम एम.एन.ओ. देउमाइ नगरसभाको कार्यालय इलाममा  सभ्य र भव्यरुपमा सम्पन्न भएको छ ।

१० जुन, २०२२ को दिन एम.एन.ओ. देउमाइ नगरसभाको आयोजनामा नगर सभाका अध्यक्ष कर्ण गोले तामाङको  सभाध्यक्षतामा र एम.एन.ओ. केन्द्रिय सभाका सदस्य साथै प्रकाशन बिभाग सदस्य प्रेम जिम्बाज्युको  प्रमुख आतिथ्यतामा  र बिशेष अतिथिमा केन्द्रिय सदस्य सुरज फम्बो लिम्बुज्यु र  विशिष्ट अतिथिमा केन्द्रिय सदस्य राजन चाम्लिङज्युको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै गरि अन्य अतिथिहरुमा एम.एन.ओ. जिल्ला अध्यक्ष गंगा योङजन तामाङ , जिल्ला सचिब सुमन लोक्ताम लिम्बु ,जिल्ला सदस्य बिराज तामाङ हुनुहुन्थ्यो । यसरी इलाम  जिल्लाका एम.एन.ओ.का शुभचिन्तकहरुको बाक्लो उपस्थितिमा सभ्य र भव्यरुपमा कार्यक्रम  सम्पन्न भएको हो भने उक्त्त कार्यक्रमा कार्यक्रमका प्रशिक्षक सुरज लिम्बुज्युले उपस्थित महानुभाबहरुलाइ एम.एन.ओ को दर्शन, भिजनको बारेमा प्रस्ट पारिदिनु भएको थियो ।

कार्यक्रम सन्चालन एम.एन.ओ नगर  सभाका सदस्य बिशाल लिम्बुले गरेका थिए भने स्वागत मन्तव्य नगर सदस्य शान्त लिम्बुले दिएका थिए

प्रतिक्रिया