तेस्रो ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेसन घिरिङ गाउँ सभाको अधिवेशन सेप्टेम्बरमा

Gurkhas Online Tv
Gurkhas Online Tv३ भदौ २०७९, शुक्रवार

बैठक पश्चात् एम.एन.ओ.का नेताहरु

तनहुँ /दिनाङ्क २०७९ भदौ २५ तदानुसार १० सेप्टेम्बर ,२०२२ को दिनमा  तेस्रो ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेसन घिरिङ गाउँ सभाको अधिवेशनको खुल्ला घोषणा सभा घिरिङ गाउँपालिकाको गबुडाडास्थित कालिका आधारभुत विद्यालयको प्राङ्गणमा सम्पन्न हुन गइरहेको  छ । 
आज दिनाङ्क भदौ ३ गते तदानुसार १९ अगष्ट, २०२२ का दिनमा घिरिङ गाउँपालिकाका पुर्व अध्यक्ष भिम बहादुर थापा मगरको सभाधक्ष्यतामा बसेको बैठकबाट मंगोल नेशनल अर्गनाइजेसन, घिरिङ गाउँ सभा विघटनपश्चात् दिलिप राना मगरको संयोजकतामा तेस्रो ऎतिहासिक मंगोल नेशनल अर्गनाइजेसन,घिरिङ गाउँ सभाको अधिवेशनको मुल आयोजक सभा गठन भएको हो ।गबुडाडामा सम्पन्न हुन गइरहेको  यस अधिवेशन मंगोल नेशनल अर्गनाइजेसनका सर्वोच्च सभाका सदस्य तथा एम.एन.ओ., अनुशासन विभागका संयोजक गणेश चाम्लिङ प्रमुख अतिथीको रुपमा र अन्य विभिन्न तहका मंगोल नेशनल अर्गनाइजेसनका नेताहरु द्वारा सम्बोधन हुँदै छ ।यसरी उक्त अधिवेशन सम्पन्न गर्नको लागि स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्णलाई आयोजक सभाले हार्दिक अपील गरेको छ ।

प्रतिक्रिया